धनुषामा एक महिलाको हत्या गरेको आरोपमा उनका श्रीमान् र जेठाजु पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ।
सात महिनाअघि श्रीमतीको हत्या गरी सुदीप आफ्ना दाइ उदितसँगै फरार थिए। दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
गत कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो। विवादकै क्रममा सुदीपले टाउकोमा बञ्चरो प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए। उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक (डिएसपी) अवालेले बताए।
‘घटनापछि दुवै दाजु–भाइ भारत भागेका थिए,’ डिएसपी अवाले भने। कात्तिक ३० गते घर फर्किएका दाजुभाइले खाल्डोबाट रेखादेवीको शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ।
हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा रेखादेवीका छोराले प्रहरीलाई खबर गरेको डिएसपी अवालेले बताए। अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए।
डिएसपी अवाका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो पनि प्रहरीले बरामद गरेको छ। शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको डिएसपी अवाले जानकारी दिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
