कोलकाता: आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली

कोलकाता नाइट राइडर्स भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।

यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्सविरुद्ध जीत निकाल्दै प्ले अफको स्थान सुरक्षित गरेको हो ।

कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको ११ खेलबाट १६ अंक रहेको छ । पराजित भएको मुम्बई भने पहिला नै प्लेअफ होडबाट बाहिर थियो । शनिबार कोलकातामा वर्षाका कारण यो खेल १६–१६ ओभरको खेलाइएको थियो ।

वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । पहिला ब्याटिङ गर्दा कोलकाताको सुरुआत राम्रो भएन ।

ओपनर फिल साल्ट पहिलो ओभरको अन्तिम बलमा व्यक्तिगत ६ रन बनाएर आउट भएका थिए । त्यसपछि दोस्रो ओभरको पहिलो बलमै सुनिल नारायण जसप्रित बुमराहको बलमा बोल्ड भए । दुवै ओपनर आउट भएपछि बेंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले पारि सम्हाल्न खोजेका थिए तर, पाँचौँ ओभरको पहिलो बलमै श्रेयस अयर रन बनाएर आउट हुँदा कोलकाताले ४० रनको स्कोरमा तेस्रो विकेट गुमाएको थियो ।

 

त्यसपछि बेंकटेश र नितिश राणाले पारि अघि बढाए । ७७ रनको स्कोरमा बेंकटेश २१ बलमा ४२ रनको पारि खेल्दै विदा भए । नितिशले आन्द्रे रसेलसँग मिलेर टिमको स्कोर ११५ प्लस बनाए । ११६ रनको स्कोरमा नितिश रानाले २३ बलमा ३३ रनको पारि खेलेर विदा भएका थिए । आन्द्रे रसेल छैटौं विकेटको रुपमा टिमको स्कोर १२५ हुँदा आउट भएका थिए । रसेलले १४ बलमा २४ रन जोडे ।

रिंकु सिंहले १२ बलमा २० रन जोडेर आउट हुँदा कोलकाताको स्कोर ७–१४८ थियो । रमनदीप सिंहले ८ बलमा १७ रन बनाएर नटआउट पारि खेल्दा मिचेल स्टार्कले २ बलमा २ रन बनाए ।

यस्तै नितिश राणाले ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे । मुम्बईका लागि जसप्रित बुमराह र पियुष चावलाले सर्वाधिक २–२ विकेट लिए ।

जवाफमा मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर इशन किशनले २२ बलमा सर्वाधिक ४० रन बनाए भने तिलक वर्माले ३२ रन जोडे । यस्तै पूर्वकप्तान रोहित शर्माले १९ तथा नमन धीरले १७ रन बनाए ।

आईपीएलमा आज २ खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे शुरू हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल भिड्नेछन् । यस्तै बेलुका ७ः४५ बजे रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्स आमनेसामने हुनेछन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link