“विशेषरूपमा पछिल्ला केही सातामा हामीले केही गति देखेका छौँ तर दुर्भाग्यवश चिजहरू सही दिशामा बढेनन् र अहिले हामी लगभग गतिरोधको अवस्थामा छौँ”, प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीले कतार आर्थिक मञ्चलाई भन्नुभयो, “निस्सन्देह रफाहमा जे भएको छ त्यसले हामीलाई पछाडि धकेलेको छ ।”
सन् २०१२ मा दोहामा हमासको राजनीतिक कार्यालयको आतिथ्यता प्रदान गरेको कतार इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको महिनौँदेखि पर्दापछाडिको मध्यस्थतामा संलग्न छ ।
“इजराइली पक्षको तर्फबाट युद्ध रोक्नेबारे कुनै स्पष्टता छैन, हामीले सम्झौताका बारेमा कुरा गरिरहँदा र सम्भावित युद्धविरामतर्फ अगाडि बढिरहँदा पनि उनीहरूले यसलाई एउटा विकल्पका रूपमा विचार गरिरहेका छन् भन्ने मलाई लाग्दैन”, शेख मोहम्मदले भन्नुभयो, “इजराइली राजनीतिज्ञहरूले उनीहरू त्यहीँ रहने र युद्ध जारी राख्ने सङ्केत दिइरहेका छन्, यसपछि गाजा कस्तो हुनेछ भन्नेबारे कुनै स्पष्टता छैन ।”
विस्थापित प्यालेस्टिनीले भरिएको दक्षिणी गाजा सहर रफाहमा पूर्णस्तरको आक्रमणविरुद्ध अमेरिकी चेतावनीका बावजुद इजराइलले सोमबार रफाहमा हमाससँग लडाइँ जारी राखेको छ ।
मे ९ देखि इजराइलले रफाहमा घुसपैठ गरी मुख्य सहायता क्रसिङ बन्द गरेपछि गाजाका जनतासम्म मानवीय सहयाता पुग्न नसकेको अर्को पत्रकार सम्मेलनमा कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो । “गाजा पट्टीमा हाम्रा भाइहरूले मे ९ देखि कुनै सहायता पाएका छैनन र यो गाजा पट्टीमा मानवीय विपत्तिको निरन्तरताको सङ्केत हो”, प्रवक्ता माजिद अल–अन्सारीले भन्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
