रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ । पहिलो इलिमिनेटर खेलमा गएराति राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी आईपीएलको उपाधि रेसबाट बाहिरिएको हो । आरसीबी राजस्थानसँग ४ विकेटले पराजित भएको हो ।
लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो । विजयी भएको कोलकाता भने फाइनल पुगिसकेको छ ।इलिमिनेटर खेलमा बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमै भेटाएको हो ।
योसँगै आरसीबी प्लेअफमा सबैभन्दा धेरै खेल हार्ने टोली बनेको छ । टोलीले कुल १६ प्लेअफ खेल खेलेको छ जसमा १० खेलमा हार बेहोरेको छ । यसमा ३ वटा फाइनल पनि समावेश छन् ।
राजस्थानका लागि ययश्वी जैसवालले ४५ सर्वाधिक ४५ रन बनाए। उनले ३० बलमा ८ चौका प्रहार गरे। त्यस्तै रियान परागले २६ बलमा २ चौका र २ छक्का प्रहार गरी ३६ रन जोडे। रोभमन पवेलले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १६ रन जोडेर नट आउट रहे।
त्यसअघि शिम्रोन हेटमायरले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए। ओपनर टम कोलर क्याडमोरले २०, कप्तान सञ्जु सामसनले १७ र ध्रुव जुरेलले ८ रनको योगदान गरे।
बेंगलुरका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एक/एक विकेट दिलाए ।
पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । रजत पतिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए ।
राजस्थानका आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एक/एक विकेट लिए ।
राजस्थान रोयल्स र हैदराबादको दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ । यो खेल जित्ने टोलीले आइतबार कोलकातासँग फाइनल खेल्नेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
