शुक्रबार गएको पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीको सरकारले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घले मानवीय क्षतिको सङ्ख्या ६ सय ७० भएको अनुमान गरेको थियो । तर पपुवा न्यू गिनी सरकारले आज सार्वजनिक गरेको मानवीय क्षतिको सङ्ख्या २ हजार माथि पुष्टि भैसकेको बताएको समाचार एजेन्सी एपीले जानकारी दिएको छ ।
देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका छन् ।
मुङ्गालो पर्वतको एउटा ठूलो भाग भत्किँदा सयौं घरहरू पुरिएपछि ठ्रलो सङ्ख्यामा स्थानीयको मृत्यु भएको हो । पहिरोले भवन, खाद्यान्न बगैँचामा ठूलो क्षति पु¥याएको र यसले मुलुकको अर्थतन्त्रलाई नै ठूलो असर पारेको विपद् कार्यालयले जनाएको छ ।
पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग ‘पूर्ण रूपमा अवरुद्ध’ भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख गरिएको छ ।
“भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका लागि निरन्तर खतरा उत्पन्न गरेको छ,” उहाँले भन्नुभयो ।
पत्रमा पपुवा न्युगिनीका विकास साझेदार र अन्य अन्तर्राष्ट्रिय मित्रलाई पछिल्लो अवस्थाबारे जानकारी दिन संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरिएको छ ।विपद् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन आग्रह गरिएको छ ।
दक्षिण प्रसान्त क्षेत्रमा रहेको सानो टापु राष्ट्र पपुवा न्यू गिनीमा भएको सो पहिरो ग्रस्त विकट पहाडी क्षेत्रमा उद्दार र राहतका लागि सहयोग गर्न अष्ट्रेलिया सरकारले हवाई जहाज, हेलिकप्टर र अन्य उपकरण पठाएको जानकारी एशोसियट प्रेसले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
