विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँगको सम्झौतापछि उनी जेल मुक्त हुने भएका छन् । अमेरिकी गोप्य कागजातहरूको प्रकाशनमा केन्द्रित लामो समयदेखि चलिरहेको कानुनी लडाइँलाई समाधान गर्न भएको सम्झौता अनुसार असान्जले आफू दोषी रहेको मान्ने भएपछि उनी जेलबाट मुक्त भई स्वतन्त्र हुन पाउने भएका छन् ।
असान्जले सोमबार बेलायती जेल छोडेका छन् र पश्चिमी प्रशान्त क्षेत्रमा रहेको अमेरिकी उत्तरी मारियाना टापुस्थित अमेरिकी सङ्घीय अदालतमा यस हप्ताको अन्त्यमा उनी उपस्थित हुनेछन् । उनले गैर कानुनी रूपमा वर्गीकृत राष्ट्रिय प्रतिरक्षा जानकारी प्राप्त गर्ने र फैलाउने षड्यन्त्र गरेको आरोपमा दोषी स्वीकार गर्ने अपेक्षा गरिएको छ, न्याय विभागले अदालतमा दर्ता गरेको पत्रमा भनेको छ ।
यसले अमेरिकी सरकारको एक आपराधिक मामला र प्रकाशकको अन्तर्राष्ट्रिय षड्यन्त्रको लागी वर्षौँ लामो सङ्घर्षलाई निष्कर्ष ल्याउँछ । स्वतन्त्र अधिवक्ताहरूका अनुसार अमेरिकी सेनाको गलत कामलाई उजागर गर्न असान्जले पत्रकारको रूपमा काम गरेको बताउँदै आएका छन् । यसको विपरीत अनुसन्धानकर्ताहरुलेले बारम्बार असान्जको कार्यले संवेदनशील सूचनाको सुरक्षा गर्न र देशको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने कानुन तोडेको दाबी गर्दै आएका छन् ।
बुधवार बिहान स्थानीय समय अनुसार मारियाना टापुको सबैभन्दा ठुलो टापु साइपानमा तय भएको यस आदालती प्रक्रियामा असान्ज आफ्नो निवेदन पेश गरेर र सजाय पाए पछि अस्ट्रेलिया फर्कने अपेक्षा गरिएको छ । असान्जले मुख्यभूमि अमेरिका नजाने भनेपछि र अमेरिकाको यस टापुको अस्ट्रेलियासँगको निकटताका कारण अदालतको सुनुवाइ यस टापुमा भइरहेको छ ।
विकिलिक्सको सामाजिक संजाल एक्समा प्रकाशितबिज्ञप्ति पोस्ट अनुसार असान्जले बेलायती जेल छोडेर सोमबार बेलायतबाट प्रस्थान गरेका छन्। विकिलिक्सले यो सम्झौताको घोषणाको प्रशंसा गर्दै आफ्नो साथमा उभिने, हाम्रो लागि लड्ने र आफ्नो स्वतन्त्रताको लडाइमा पूर्ण रूपमा प्रतिबद्ध रहने सबैका लागि कृतज्ञ पनि जनाएको छ ।
विकिलिक्सले भनेको छ – “शक्तिशालीहरूलाई उनिहरूको कार्यप्रति जबाफदेही बनाउँदै विकिलीक्सले सरकारी भ्रष्टाचार र मानवअधिकार हननका आधारभूत कथाहरू प्रकाशित गर्यो । प्रधान सम्पादकको रूपमा जुलियनले यी सिद्धान्तहरू र जनताको सूचनाको हकको अधिकारको लागि धेरै ठुलो मूल्य तिरेका छन्” ।
सम्झौताले असान्जले अपराध स्वीकार गर्ने र कुनै पनि अतिरिक्त जेल समयबाट बच्ने कुरा सुनिश्चित गर्दछ। बेलायतमा बन्दी हुनुअघि उनले लन्डनस्थित इक्वेडरको दूतावासमा लुकेर वर्षौँ बिताएका थिए ।
असान्जलाई पाँच वर्षको सजाय सुनाइने अपेक्षा गरिएको छ जुन उनले पहिले नै बेलायतको उच्च सुरक्षा जेलमा बिताइसकेका छन् । असान्जका वकिलहरूले अमेरिकी सरकारले उसलाई बेलायतबाट सुपुर्दगी गरिएको खण्डमा अमेरिकी नागरिकको जस्तै स्वतन्त्र अभिव्यक्ति संरक्षण हुने कुराको “स्पष्ट रूपमा पर्याप्त” आश्वासन प्रदान नगरेको दाबी गरेपछि गत महिना उनले सुपुर्दगी आदेशको अपिल जितेका थिए ।
असान्जलाई विश्वभरका धेरैले इराक र अफगानिस्तानमा अमेरिकी सैन्य अपराधलाई उजागर गर्ने नायकको रूपमा हेरेका छन् । विकिलिक्सद्वारा प्रकाशित फाइलहरू ईराकको राजधानी बगदादमा अमेरिकी सेनाले सन् २००७ को अपाचे हेलिकप्टर आक्रमणको भिडियो थियो, जसमा दुई रोयटर्स पत्रकार सहित ११ व्यक्तिको मृत्यु भएको थियो । तर उनको प्रतिष्ठा बलात्कारको आरोपले कलङ्कित भएको थियो जसलाई उनले सधैँ अस्वीकार गरेका छन् ।
अमेरिकी न्याय विभागको २०१९ अभियोग अनुसार असान्जले गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई अमेरिकी सेनाको विकिलिक्सले २०१० मा प्रकाशित कूटनीतिक सुचना र अन्य सैन्य फाइलहरू चोरी गर्न प्रोत्साहन र मद्दत गरेको आरोप लगाएको थियो। सरकारी पक्षले असान्जलाई आफ्ना सबै सैन्य फाइलहरू प्रकाशन गरेर अमेरिकाको राष्ट्रिय सुरक्षालाई हानि पुर्याएको र अमेरिका र उसका विरोधीहरूलाई सहयोग गरेको आरोप लगाएका थिए ।
प्रेस अधिवक्ताहरू र असान्जका समर्थकहरूले यसको आलोचना गरेका थिए। अमेरिकी सङ्घीय सरकारी वकिलहरूले यसलाई पत्रकारले जानकारी सङ्कलन गर्नेभन्दा बाहिर गएर सरकारी कागजातहरू माग्ने, चोर्ने र अन्धाधुन्ध रूपमा प्रकाशित गर्ने प्रयासको नमुना भनेका थिए ।
राष्ट्रपति जो बाइडेनले असान्जलाई मुद्दा चलाउने अमेरिकाको दबाब फिर्ता लिन अस्ट्रेलियाको अनुरोधलाई विचार गरिरहेको बताएको महिनौँपछि यो सम्झौता भएको हो । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस असान्जको मुद्दा सुल्झाउने निर्णयमा संलग्न नभएको ह्वाइट हाउसका एक अधिकारीले नाम नबताउने सर्तमा एसोसिएटेड प्रेसलाई जानकारी दिए ।
म्यानिङलाई जासुसी ऐन उल्लङ्घन र विकिलिक्सलाई गोप्य सरकारी र सैन्य कागजातहरू दिएको आरोपमा दोषी ठहरिएपछि ३५ वर्षको जेल सजाय सुनाइएको थियो । राष्ट्रपति बराक ओबामाले २०१७ मा उनको सजाय घटाएपछि लगभग सात वर्ष जेल बसाई पछि रिहा गर्न अनुमति दिएका थिए ।
२०१६ मा रुसी गुप्तचरले चोरेको बताइएको अमेरिकी डेमोक्र्याटिक पार्टीको इमेलहरू विकिलिक्स वेबसाइटले प्रकाशित गरेपछि असान्ज फेरी समाचारको पात्र बनेका थिए । उनलाई यसमा भने आरोप लगाइएको थिएन । तर अनुसन्धान पछि आएको प्रतिवेदनले तत्कालीन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको तर्फबाट त्यो वर्षको चुनावमा हस्तक्षेप गर्न ह्याकिंग अपरेसनले खेलेको भूमिकाको विस्तृत विवरण उल्लेख गरेको छ ।
न्याय विभागका अधिकारीहरूले २०१० को कागजातहरू प्रकाशन पछि असान्जको लागि आरोपहरू विचार गरे पनि अदालतमा मुद्दा चल्ने निश्चित थिएन । असान्जलाई परम्परागत पत्रकारको जस्तै कार्यहरूको लागि अभियोग चलाउन गाह्रो हुन सक्छ भन्ने कुरामा उनीहरू अनिश्चित थिए ।
असान्जको परिवार र समर्थकहरूले उनको शारीरिक र मानसिक स्वास्थ्यमा एक दशकभन्दा बढी कानुनी लडाइँले पीडित भएको बताएका छन्, जसमा लन्डनस्थित इक्वेडरको दूतावासभित्र बिताएको सात वर्ष पनि छन् ।
बेलायतको अदालतले उनलाई स्क्यान्डिनेभियाको देशमा भएको बलात्कार अनुसन्धानको एक भागको रूपमा स्वीडेनमा सुपुर्दगी गर्नुपर्ने फैसला गरेपछि असान्जले सन् २०१२ मा लन्डनस्थित इक्वेडोरको दूतावासमा शरण लिएका थिए र राजनीतिक शरण दिइएको थियो। इक्वेडर सरकारले २०१९ मा असान्जको शरणार्थी फिर्ता लिएपछि उनलाई बेलायती प्रहरीले पक्राउ गरेको थियो ।
यद्यपि स्विडेनले धेरै समय बितिसकेकोले अन्ततः आफ्नो यौन अपराध अनुसन्धान छोडेको भए पनि, असान्ज अमेरिकासँग सुपुर्दगी मुद्दाको क्रममा लन्डनको उच्च-सुरक्षा बेलमार्श जेलमा रहेका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा