गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।
इराकमा इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्ध बढ्ने सम्भावना रहेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको उल्लेख गरे ।
यसैबीच इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएका छन् ।
‘इराक र यसका सशस्त्र समूहहरू द्वन्द्वमा प्रवेश गर्नेछन् । उनीहरू आफ्ना सहयोगीहरूप्रति क्षमतामात्र नभई आफ्नो वफादारी पनि देखाउन चाहन्छन्,’ उनले भने, ‘प्यालेस्टिनीसँग एकता व्यक्त गर्ने र गाजामा इजरायली आक्रमणको अन्त्यको माग गर्दै धेरै इरान समर्थक सशस्त्र समूहलाई संलग्न गराउन द्वन्द्व चाँडै फराकिलो भयो ।
गठबन्धनमा लेबनानको हेजबुल्लाह र यमनको हुथी विद्रोही समावेश छन् । हालैका हप्ताहरूमा इराकमा इस्लामिक प्रतिरोधले हुथीहरूसँगको सहकार्यमा इजरायलविरुद्ध ड्रोन हमलाको जिम्मेवारी लिएको छ ।
इजरायली सेनाले आक्रमणकारीको नाम उल्लेख नगरी अप्रिलदेखि पूर्वबाट थुप्रै हवाई आक्रमण भएको तर ती सबैलाई हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै रोकिएको पुष्टि गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
- खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
- जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …
- अमेरिकाः मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन
- २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता, आपको हार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
- हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
- केजरीवालले हारे चुनाव, भाजपाका प्रवेश वर्माको जित
- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
- कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
- तीस किलोको खुकुरी !
