पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउन बिहीबार कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको दुई लाख १० हजार सिमकार्ड ब्लक गरेको छ । सन् २०२२ मा २४ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुलुकमा ५२ लाखले मात्र आयकर रिटर्न दाखिला गरेका थिए ।
सङ्घीय राजस्व बोर्ड (एफबीआर) को आँकडाअनुसार बोर्डले अप्रिलमा अध्यादेश पारित गरेपछि दूरसञ्चार प्राधिकरणलाई दुई लाख १० हजार सिमकार्डको जडान ब्लक गर्न आदेश पठाएको थियो । तीमध्ये ६२ हजारलाई पछि पुनःस्थापना गरिएको थियो ।
‘हामीले आफ्नो कर भुक्तानी गर्ने मानिसहरूको सिम अनब्लक गरेका छौँ,’ एफबीआरका जनसम्पर्क अधिकारी बख्तियार मुहम्मदले भने, ‘कसैले स्वेच्छाले अगाडि आएर कर तिर्दैनन्, हामीले मानिसलाई कर तिर्ने मार्ग बनाउनुपर्छ ।’
दूरसञ्चार प्राधिकरणका अनुसार पाकिस्तानमा १९ करोड २० लाखभन्दा धेरै सेलफोन ग्राहक र चार दूरसञ्चार सेवाप्रदायक छन् । पाकिस्तानीहरूले आफ्नो राष्ट्रिय परिचय नम्बरका साथ सिमकार्ड दर्ता गर्नुपर्छ । यसको उपयोग प्राय धेरै ‘कनेक्सन’का लागि गरिन्छ ।
पाकिस्तानले आफ्नो दयनीय न्यून राजस्वको आधार बढाउन सङ्घर्ष गरिरहेको छ तर ठूलो मात्रामा कागजविहीन अर्थतन्त्रका कारण यसमा अवरोध भइरहेको छ ।
सरकारले आफ्नो खाता सन्तुलनमा राख्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग थप ऋण लिन जोड दिइरहेको छ तर आइएमएफ इस्लामाबादले आफ्नै स्रोत जुटाउन थप प्रयास गरोस् भन्ने चाहन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
