अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले आक्रमणमा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।
हिंसाको बारेमा कुरा गर्दै बाइडेनले भने- ‘हामी यो बाटोमा जान सक्दैनौं । यसमा हामी पनि जानु हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौं ।’
ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिए ।
यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन् । धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पविरूद्ध विभाजनकारी भाषणलाई बढावा दिएको आरोप लगाएका छन् ।
एक बन्दुकधारीले आइतबार ट्रम्पमाथि गोली प्रहार गरेका थिए । गोली ट्रम्पको धेरै नजिक पुगेको थियो । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर