ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीय बेपत्ता भएका छन् । सोमबार एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो ।
जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो । ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ ।
जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् । जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका छन् ।
सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य शुरू गरिएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भँगेराको सङख्या बर्सेनि घट्दो
- रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान
- शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
- नाइजेरियामा सङ्कटकाल घोषणा
- आजदेखि शुक्र अस्त: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?
- मुआब्जाको सहमतिपछि पुनःसञ्चालनमा जलविद्युत् आयोजना
- अन्तत: नौ महिनापछि अन्तरिक्षबाट फर्किए सुनिता र बुच
- दुई सय ३६ ह्याचरी उद्योग बन्द
- अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
- आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
