उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने हुनुभएको छ ।
फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने हुनुभएको हो । त्यहाँ उहाँले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्नुहुने द वासिङ्टन पोस्ट र सिएनएनले जनाएको छ ।
उहाँको अभियान कार्यक्रम निर्धारित गरिएको छैन तर मतदाताहरूसँग अनौपचारिक बैठकहरूमा भाग लिने अपेक्षा गरिएको छ ।
छ हप्ताअघि राष्ट्रपतिको दौडमा ह्यारिसको प्रवेशले बाइडेनको ट्रम्पविरुद्ध जितको न्यून सम्भावनाले निराश भएका डेमोक्रेटहरूबीच उत्साह छरेको छ । हाल दुवै दलले नोभेम्बर ५ मा हुने चुनावका लागि तयारी गरिरहेका छन् ।
अमेरिकी निर्वाचनमा पेन्सिलभेनिया, जर्जिया र अन्य स्विङ राज्यहरू निर्णायक हुने अपेक्षा गरिएको छ । आगामी हप्ता हुने बहसले निर्वाचन अभियानको सबैभन्दा गहन चरणको सुरुआतलाई चिह्नित गर्नेछ भने यो ह्यारिस र ट्रम्प बीचको पहिलो भेट हुनेछ ।
ह्यारिसको पेन्सिलभेनियामा हुन लागेको तयारीले मेरिल्यान्डको क्याम्प डेभिडमा ट्रम्पसँगको जुन २७ को बहसका लागि बाइडेनको एक हप्ता लामो तयारीलाई प्रतिबिम्बित गर्दछ । यसले उहाँको राष्ट्रपति अभियानलाई प्रभावकारी रूपमा समाप्त गरेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
