द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३४
अम्बाले यति धेरै तप गरिन्,यति कडा तपस्या गरिन् कि शिवजी प्रसन्न भएर उनलाई वरदान दिनु भयो —तिमीले शन्तनुनन्दन भीष्मको वध गर्न सक्नेछ्यौँ । अनि ती राजकन्याले शंका व्यक्त गरिन्, म स्त्रीले कसरी हत्या गर्न सकूँला र ? अनि शिवजीले भन्नुभयो —मेरो वरदान खेर जाँदैन…..
देवाधिदेव शिवजीले वर दिने कुरा पनि यसरी विकसित भएको थियो कि महाबली भीष्म र भगवान परशुरामका बिचमा भएको युद्धमा जब भीष्मले अष्टवसुहरुबाट प्राप्त प्रस्वपास्त्र प्रयोग गर्न आँट्दा त्यसको प्रयोग गर्न भीष्मकी माता गङ्गा र परशुुरामका पिता जमदग्निले युद्ध अन्त गरी हारजितको विषयभन्दा जनतालाई दुःख नदिन दबाब दिएपछि भीष्मले जितेको मान्नु पर्ने भयो । त्यसको कारण थियो , समाज कल्याणका अनेक काम छोडेर परशुराम र भीष्म , उनीहरुका बिचारमा अनुत्पादक युद्धमा बरालिएका थिए । त्यसले मान्नुपर्छ , राजकन्या अम्बाका पक्षमा यो युद्धले कुनै सकारात्मक परिणाम दृश्यमा देखिएन । अर्थात् युद्ध परशुरामले चिताए जस्तो पनि भएन, भीष्मले चाहेजस्तो निरापद अवस्था पनि रहेन ।
परशुरामले भीष्मलाई नियन्त्रण गरेर जे अह्राए पनि गर्न गराउन सकेनन् । भीष्मलाई त परशुरामलाई जित्नु नै पर्ने आवश्यक थिएन किनभने यो स्वयंवर घटना र अपहरण गरेर काशीराजका तीन कन्याहरु अम्बा, अम्बिका र अम्बालिका ल्याउने विषयमा परशुरामको कतै न प्रतिस्पर्धा थियो , न त भीष्मले गुरुसँग कुनै सहयोग या विरोध गरेका थिए । राजर्षि होत्रवाहनका अनुरोधमा अन्यायका विरुद्ध न्याय दिलाउन भनेर प्रिय शिष्यसँग सामान्य छलफल गर्ने र अम्बाको जिम्मा भीष्मलाई दिने भन्ने आशयले वार्ता सुरु भएको हो ।
जब भीषण युद्धले पनि अम्बाको समस्या ज्युँकात्युँ रह्यो, आफ्नो मृत्यु चिताएको समयमा मात्र , त्यो पनि उत्तरायणमा मात्र हुन सक्ने हस्तिनापुरका सेनापति या भनौँ सर्बेसर्बा देवब्रत अम्बा घाँटीमा अड्केको हाड भइन्। न निल्न सकिने, न ओकल्न सकिने । घाँटीमा अड्केको अवस्थामा बाँच्नु परेको जस्तो भयो । भीष्मको शरणमा जानका लागि भृगुनन्दनको सल्लाहले पनि काम गरेन र कडा तप गर्ने र गङ्गाको किनारामा कहिले पन्ध्रदिनमा , कहिले महिना दिनमा तर कहिले पानीमा उभिएर तपस्या गर्न थालिन् । तर मनको भित्री इच्छा भने भीष्मको मृत्यु थियो, भीष्मको अन्त्य थियो , त्यो पनि अम्बाकै हातबाट हुनुपर्ने । यो कुरा आफ्नो प्रवाहमा उभिएर कुनै तपस्वीले गरेको कल्पना गरेको कुरा गङ्गाबाट छुपेको थिएन ।
एकदिन गङ्गालृ पनि सल्लाह दिइन्—हे रुपसी काशीराजकी सुपुत्री अम्बा, तिमी यति राम्री र गुणवती छ्या, काशीराजको दरबारमा गएर कुनै योग्य पुरुषको खोजी गर । यसरी आफूलाई कष्ट पनि नदेऊ, यो यौवनलाई अपूर्णरुपमा दुरुपयोग पनि नगर । गङ्गाको जलप्रवाहमा कठिन तपस्या गरेर फाइदा नभएको कुरा बताउँदै देवी गङ्गाले भनिन्— बडो कठिन तपस्या गरेकी छ्यौ, तर यो तिम्रो तपस्याको परिणामविहीन हुनेछ किनभने राजकुमार देवब्रतको एकातिर इच्छामृत्यृ छ भने अर्कोतिर परशुरामजस्ता विश्व विजेताले पनि जित्न नसकेको राजकुमार देवब्रतलाई तिमीले मार्न सक्दिनौ । चुपचाप काशीराजको दरबारमा जाऊ र यदि विवाह नै नगर्ने हो भने भगवत् भजन गरेर आफ्नो यो कमजोर शरीरको रक्षा गर । न तिमीले भीष्मलाई जित्न सक्छ्यौ, न त तिमीले उसको हत्या गर्न सक्छ्यौ । देखी हाल्यौ, विश्वप्रसिद्ध अडाकु भगवान परशुरामसमेत देवब्रतको युद्ध क्षमताबाट हायल कायल भएर अन्ततः हारको सामना गर्नुप¥यो अर्थात् तिमीलाई हस्तिनापुरमा विवाह गराउन सक्नु भएन नि ।
अनि अम्बा पनि रिसाइन् भनिन्—म कुनै पनि हालतमा कतै जान्न, न काशी, न हस्तिनापुर । तर मैले अठोट गरेकी छु, मेरो अपमानको बदला जसरी पनि यो जुनीमा होस् या अरु कैयौँ जुनीमा होस् तर यो पाखण्डीको हत्या गर्नु नै अब मेरो अभीष्टता हुन पुगेको छ । यो दम्भी देवब्रतको दम्भको बदला प्राण लिनु नै हो ।
विधिको विधान नै त्यस्तो थियो कि गङ्गानन्दनको मृत्यु कुनै क्लीवको कारणबाट हुने युद्धको हतियारबाट शरशैय्यामा नै हुनुपर्ने थियो । दैवी सिद्धान्तका अनुुसार कुनै व्यक्तिको पुनर्जन्म नै कुनै कारणले मात्र हुन्छ र मृत्यु पनि जन्मंदै स्वतः तोकिएको हुन्छ । मृत्युलोकमा पूर्वजन्मको सम्पूर्ण याद नहुने भएकाले सबै घटना भवितव्य जस्तै लाग्नेहुन्छ । यो कुरासँग गङ्गा पनि जानकार थिइन्, स्वयं शन्तनुनन्दन पनि जानकार थिए र समयको भोलिले पनि यो कुरा थाहा पाएको थियो । अनि गङ्गाले जति सम्झाए पनि बाङ्गाटिङ्गा कुरा गरेर भीष्मकै हत्याप्रति अडिग भएपछि फेरि गङ्गाले भनिन्—हेर , मेरो प्रवाहमा तिमी म¥यौ भने तिमी बाङ्गोटिङ्गो नदी भएर बहने छ्यौ र वर्षा ऋतुमा मात्र पानी सतहमा देखिने गरी तिमी बग्ने छ्यौ सतहमा आएको बेलामा ।
पानी विहीन नदीमा कसैको के प्रयोजन हुन्छ र ? सबैले त्यही बर्खे नदीमाथि आफूलाई हिंडाउने छन्, मालजाल लिएर हिँड्ने छन् र तिम्रो कुनै डर मान्ने छैनन् ।
अनि अम्बा त्यहाँबाट वत्स राज्यको कलकल पानी बग्ने नदी वत्स नदीमा तपस्या गर्न गइन् । त्यही बिचमा उनको मृत्यु भयो । अम्बाको आधा शरीर मानिसकन्याको अनि आधा शरीर बत्स नदीको रुपमा बग्न थाल्यो । पुनर्जन्ममा उनी महिला नहुने पुरुष नै हुने तर भीष्मको हत्या गर्ने गरी अर्को जन्म होस् भन्ने कामना गरेकी थिइन्। उनले सुनिन्,यस्तो बदला लिने खालको वरदान पाउन महादेवको नै तपस्या गर्नुपर्छ । अनि उनले घोर तपस्या गरिन् बत्सवंशीय कन्याले अनि बल्ल शिवजीले वरदान दिए । तिमीले पुनर्जन्ममा भीष्पको हत्या गर्न सक्नेछ्यौ । तर उनी अलमलमा परिन् र सोधिन्, म महिलाले कसरी ती वीर पुरुषको हत्या गर्न सकुँली र ? जसलाई कालले पनि हराउन नसक्ने परशुरामलाई पनि हायल कायल गराउने लडाकु व्यक्तिलाई म कसरी जितुँली र हत्या गर्न सकुँली ?
महादेव हाँसे र भने—तिमी भविष्यका बारेमा जान्दिनौ । म जान्दछु । आगामी जन्ममा तिमी महिलाबाट पुरुष हुने योग छ , त्यस्तै हुनेछ र त्यही क्लीवको रुपमा बाँच्दै , त्यही स्वरुपमा नै तिमीले भीष्मको हत्या गर्न सक्षम हुनेछ्यौ ।
अनि वत्सकन्याको पनि निधन भयो । आधा शरीर बाङ्गो टिङ्गो हुँदै वत्स नदीको रुपमा नै रह्यो तर आधा शरीरको पुनर्जन्म पाञ्चाल नरेश द्रुपद महाराजकी जेठी छोरीको रुपमा भयो तर जन्मेदेखि नै किन हो, महाराजको छोरो भयो भन्ने हल्ला चल्यो । क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार