उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरेको छ ।
उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गर्ने कोरियाली पिपुल्स आर्मी (केपीए)लाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।
केपीए जनरल अधिकारीले उत्तर कोरियाको दक्षिणी सीमा नजिकै दक्षिण कोरियाली क्षेत्रमा दैनिक सैन्य अभ्यास, अमेरिकी रणनीतिक आणविकको बारम्बार उपस्थितिलगायतका कुरामा ध्यान दिँदै प्रायद्वीपको अवस्थाको गम्भीरतालाई बेवास्ता गर्न नसकिने जनाएका छन्।
प्रायद्वीपमा गम्भीर सैन्य अवस्थाका कारण उत्तर कोरियाको सशस्त्र बलले राष्ट्रिय सुरक्षाको प्रभावकारी रूपमा रक्षा गर्न सशक्त कदम चाल्न आवश्यक रहेकोे बताएको छ ।
“यस उद्देश्यका लागि, दक्षिण कोरिया सँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरी बलियो रक्षा संरचनाका साथ उत्तरकोरियाका पक्षमा सान्दर्भिक क्षेत्रलाई सुदृढ पार्ने परियोजना अक्टोबर–९ मा सुरु गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
केपीए जनरल अधिकारीले यो कदम युद्ध रोक्न र उत्तर कोरियाको सुरक्षाको रक्षाका लागि आत्म–रक्षात्मक उपाय भएको जनाएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
