अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।
विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गमजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उहाँ विश्वस्त देखिनुभएन ।
जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भन्नुभयो, “हेर्नुु्, म आशावादी छु । तपाई पनि हुन पर्छ ।” उहाँले भन्नुभयो, “हामीले जिम्मेवारीबाट विदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।”
वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उहाँले भन्नुभयो, “हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ।”
उहाँले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएको तर्फ सङ्केत गर्दै भन्नुभयो, “युद्ध विराम हुनुपर्छ । यो हुन आवश्यक छ । हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ ।”
युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्याङ्कन दोहो¥याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- राहदानी बनाउन माल्टाबाट ६५० को आवेदन, एक करोड बढी राजस्व सङ्कलन
- इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
- रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
- युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार– पुटिन
- एनपिएलः कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा प्रवेश
- हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा
- सुन्तला किन्न व्यापारी बगैँचामा
- प्रकृतिका लागि तीन ‘रूपान्तरण’– राष्ट्रसङ्घका विज्ञहरू
- दोहा वार्ता ‘सकारात्मक’ : हमास
- निकुञ्जभित्र नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही