अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ।

बीबीसीका अनुसार सय वर्षीय कार्टरको आइतबार (डिसेम्बर २९) को दिन अमेरिकाको जर्जियामा निधन भएको हो। कार्टर सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार जिमी कार्टर आइतबार जर्जियामा रहेको उनको घरमा परिवारकाबीच बितेका हुन्।

आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए। १९२४ अक्टोबर १ मा जन्मिएका कार्टर १९९७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। उनी सबैभन्दा लामो उमेरसम्म जीवित रहने अमेरिकी पूर्वराष्ट्रपति पनि हुन् ।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

उनको निधनप्रति अमेरिका वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘आज अमेरिका र दुनियाले एक असाधारण नेता, राजनेता र मानवतावादी गुमाएको छ,’ बाइडेनले भनेका छन् ।

 ‘हाम्रो देशको लागि महत्त्वपूर्ण समयमा जिमीले राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरेका थिए । र, अमेरिकीहरूको जीवनलाई राम्रो बनाउन मेहनत गरेका थिए,’ ट्रम्पले भनेका छन् ।

नेपालको मित्रको रूपमा चिनिएका कार्टरले शान्ति प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरेका थिए । नेपालमा शान्ति प्रक्रिया आरम्भ भएपछि अमेरिकी सरकारको औपचारिक भनाइ प्रकट नभइरहेका बेलामा कार्टर भने सहयोगी भएर आएका थिए ।

कार्टरले पाँचपटक नेपाल भ्रमण गरेका थिए । कार्टर सन् १९८५ मा पहिलो पटक नेपाल आउनुभएको थियो । त्यसक्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरेका थिए । त्यसपछि उनी सन् २००७, २००८ मा र सन् २०१३ मा नेपाल भ्रमणमा आए । त्यस्तै सन् २०१५ मा पनि उनी नेपाल आएका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link