अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै भएको पिकअप ट्रक आक्रमणमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते हुनेको संख्या अझै पनि ३५ बढी रहेको अधिकारीहरुको हवाला दिँदै बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
मानव भीडमा जानाजान पिकअप चलाएर नरसंहार मच्चाउने संदिग्धको भने पहिचान खुलेको छ । नरसंहार मच्चाउने टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको समाचारमा उल्लेख छ ।
अमेरिकी संघीय जाँच व्यूरो एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिरहेको जनाएको छ ।
जाँच व्यूरोलेले आक्रमणकारीको सम्बन्ध अतिवादी समूहसँग रहे नरहेकोबारे थप अनुसन्धानको कार्य अघि बढाइएको समेत जानकारी दिएको छ । प्रहरी अधिकारीहरुका अनुसार नरसंहार मच्चाएका जब्बारले अधिकारीहरुमाथि गोली समेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरण समेत भेटिएको थियो ।
घटना भएको फ्रेन्च क्वार्टर क्षेत्र दक्षिणी राज्य लुइसियानामा शहरका आगन्तुकका लागि निकै लोकप्रिय मानिन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
