चीनले गत वर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी हरियाली बनाउने प्रयासलाई तीव्र पारेको राष्ट्रिय हरित आयोगको प्रतिवेदनले उल्लेख गरेको छ ।
यो सङ्ख्या सन् २०२३ मा प्राप्त ३.९९८ मिलियन हेक्टर वनीकरण भन्दा बढी हो, आयोगले जनाएको छ ।
चीनले बुधबार आफ्नो ४७ औं राष्ट्रिय वृक्षारोपण दिवस मनायो ।
प्रतिवेदनले सन् २०२४ मा देशले ३.२२४ मिलियन हेक्टर क्षतविक्षत घाँसे मैदानको पुनस्र्थापना र २७.८३ मिलियन हेक्टर बालुवा र चट्टानी जमिनलाई सुधार गर्ने उल्लेख गरेको छ ।
गत वर्ष चीनको वन तथा चरन उद्योगको उत्पादन मूल्य १०.१७ ट्रिलियन युआन (लगभग १.४२ ट्रिलियन अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.६ प्रतिशतले बढी हो ।
सन् २०२४ मा २.७६ बिलियन पारिस्थितिक पर्यटन यात्राहरू रेकर्ड गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले बढेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वी चितवनमा २८ जातका केराको परीक्षण गरिंदै
- करोडौंको लगानीमा बन्धाताल पूर्वाधार निर्माण गरिंदै
- घट्दै छन् दुर्लभ सुनौलो तोप चरा
- ट्रम्पले युक्रेनलाई मिसाइल र हतियार दिने, रुसलाई ५० दिनको अल्टिमेटम
- दक्षिण सुडानमा गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति चयन
- देशभर ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
- वर्षा नहुँदा धान ब्याडमै सुक्न थाले
- चेल्सीले जित्यो २०२५ फिफा क्लब विश्वकप
- इजरायली सेनाको आक्रमणमा मध्य गाजामा पानी लिन गएका बालबालिका सहित प्यालेस्टाइनीहरूको मृत्यु
- कफीको बिरुवा – साढे १३ लाख कमाई
