गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको छ भने २६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार बताएका छन् ।
सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन–इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको छ ।
विज्ञप्तिमा धेरै पीडितहरू भग्नावशेषमुनि फसेका र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको उल्लेख गरिएको छ ।
स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन् ।
जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मङ्गलबार गाजामा पुनः आक्रमण सुरु गरेको छ ।
त्यसपछि इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेशन सुरु गरेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
