मनाङमा खर्च हुन सकेन २३.३५ प्रतिशत बजेट

नवीन लामिछाने

मनाङमा आर्थिक वर्ष २०७८/०७९ मा २३.३५ प्रतिशत बजेट खर्च हुन नसकेर फ्रिज भएको छ। मनाङमा संघ तथा प्रदेश र स्थानीय तहको लागि विनियोजित कुल रु. दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये रु. ५५ करोड ३३ लाख खर्च हुन नसकेको हो।

जिल्लाका लागि विनियोजित बजेटमध्ये रु. एक अर्ब  ९२ करोड २२ लाख ४२ हजार मात्र बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मनाङका कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार ७७.६५ प्रतिशत रकम मात्रै यस आर्थिक वर्षमा खर्च भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा मनाङमा संघीय सरकारबाट विनियोजित कुल बजेट रु. ७३ करोड ४० लाख ४९ हजारमा रु. ६६ करोड ८९ लाख ४२ हजार अर्थात ९१.१३ प्रतिशत बजेट खर्च भएको उहाँले बताउनुभयो।

यसअन्तर्गत संघतर्फको कुल चालु बजेट रु. ६४ करोड नौ लाख ४६ हजारमध्ये रु. ५८ करोड ८४ लाख ६३ हजार खर्च भएको छ। जुन कूल बजेटको ९१.८१ प्रतिशत खर्च हो। संघीय पूँजीगततर्फ रु. ९३ करोड एक लाख दुई हजारमध्ये रु. ८० करोड चार लाख ७८ हजार अर्थात ८६.४४ प्रतिशत खर्च भएको सापकोटाले बताउनुभयो।

मनाङमा प्रदेशतर्फ विनियोजित कुल बजेट रु.६४ करोड दुई लाख ७१ हजारमा रु.४८ करोड ७७ लाख ८६ हजार खर्च भएको छ। जुन ७६.१८ प्रतिशत खर्च हो। प्रदेशतर्फको कुल विनियोजित बजेटमध्ये चालुतर्फ रु.२१ करोड ६८ लाख चार हजार बजेटमा रु.१२ करोड १९ लाख ९१ हजार खर्च भएको छ।

यस्तै प्रदेशको पूँजीगततर्फ रु.४२ करोड ३४ लाख ६७ हजार बजेटमा रु.३६ करोड ५७ लाख ९४ हजार अर्थात ८६.३८ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा मनाङका चार स्थानीय तहले कुल बजेट रु. एक अर्ब १० करोड १२ लाख ९६ हजारमध्ये रु. ७६ करोड ५५ लाख १३ हजार मात्रै खर्च गरेको सापकोटाले बताउनुभयो। जुन ६९.५१ प्रतिशत बजेट खर्च गरेका छन्।

मनाङका चार स्थानीय तहले चालुतर्फ रु. ५८ करोड ५७ लाख बजेटमा ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पूँजीगततर्फ ५१ करोड ५५ लाख ९४ हजार बजेटमध्ये रु. ३६ करोड ७२ लाख १३ हजार खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताउनुभयो।

उहाँका अनुसार चामे गाउँपालिकाले चालु र पूँजीगत बजेट रु. ३१ करोड २३ लाख ८४ हजारमा २१ करोड २६ लाख ५५ हजार बजेट खर्च गरेको छ। जुन ६८.०७ प्रतिशत हो। मनाङको नासों गाउँपालिकाले चालुपूँजीगत गरी कुल रु. ३० करोड आठ लाख ४२ हजारमा रु. २२ करोड चार लाख ३९ हजार बजेट खर्च गरेको उहाँले बताउनुभयो।

मनाङ ङिस्याङ गाउँपालिकाले कुल बजेट रु. ३० करोड २३ लाख ५३ हजार बजेटमध्ये २१ करोड ४४ लाख ७४ हजार बजेट खर्च गरेको छ। ७०.९३ प्रतिशत खर्च भएको छ। यस्तै,मनाङको नार्पाभूमि गाउँपालिकाले चालु÷पूँजीगत गरी रु.१८ करोड ५७ लाख १६ हजार बजेटमा रु.११ करोड ७९ लाख ४४ हजार खर्च भएको छ। नार्पाभूमिमा ६३.५१ प्रतिशत खर्च भएको कोष नियन्त्रक सापकोटाले जानकारी दिनुभयो।

मनाङको सबैभन्दा बढी बजेट खर्च हुने निकाय पूर्वाधार विकास कार्यालयले कुल बजेट रु.१९ करोड ३६ लाख ४४ हजारमा रु.१४ करोड ८५ लाख ५३ हजार खर्च गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार पूर्वाधार विकास कार्यालयले ७६.७१ प्रतिशत खर्च गरेको छ।

खानेपानी जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयले कुल बजेट रु.१२ करोड एक लाखमध्ये रु.११ करोड ४७ लाख बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

भौगोलिक विकटता, पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीमा भएको अधिक मूल्य वृद्धिका कारण विकास निर्माण कार्यमा साविकमा भएको सम्झौता अनुसार निर्माण व्यवसायी काम गर्न इच्छुक नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको कोष नियन्त्रक सापकोटाले बताउनुभयो। जिल्लामा कोभिडको असर कायमै रहेको, सार्वजनिक निकायले मौसम अनुकूलताका कारण खर्च नसक्ने भएकाले बजेट खर्च हुन नसकेको उहाँको भनाई छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवीन लामिछाने/मनाङ का अन्य पोस्टहरु:
मनाङमा खर्च हुन सकेन २३.३५ प्रतिशत बजेट
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link