विश्व विनाशको बाटोमा: जलवायुसँग सम्बन्धित चार प्रमुख सूचकहरूले सन् २०२१ मा कीर्तिमान तोडे

हरितगृह ग्यासहरू, समुद्रको सतहमा वृद्धि र तापक्रमको रूपमा बढ्दो समुद्री अम्लीकरण रेकर्ड स्तरमा पुगेको छ।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले  सन् २०२२ को मे १८ मा जारी गरिएको नयाँ प्रतिवेदन अनुसार, विश्व जलवायु सम्बन्धी प्रकोपतिर अघि बढिरहेको छ, किनकि जलवायुसम्बन्धी चार प्रमुख सूचकहरूले २०२१ मा रेकर्ड पार गरेका छन्। हरितगृह ग्यास (ग्रिनहाउस ग्यास) को मात्रा, समुन्द्री सतहमा बृद्धि, समुन्द्री तापक्रम वृद्धि र अम्लीकरण इतिहासकै उच्च विन्दुमा पुगेको पाइएको छ ।

वैज्ञानिकहरूले अन्नाइसौं शताब्दीको उत्तरार्ध देखि यी सूचकहरूको निरन्तर निगरानी गरिरहेका छन्। डब्लुएमओले जारी गरेको ‘२०२१ स्टेट अफ द ग्लोबल क्लाइमेट’ प्रतिवेदनले यसका लागि हरितगृह ग्यासको द्रुत गतिमा बढ्दो उत्सर्जनलाई दोष दिएको छ।

यस सम्बन्धमा डब्ल्यूएमओले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, “विश्वव्यापी स्तरमा मानवीय गतिविधिले दिगो विकास र इकोसिस्टमका लागि महत्वपूर्ण भूमि, समुद्र र वातावरणमा व्यापक परिवर्तन ल्याइरहेको छ भन्ने अर्को स्पष्ट सङ्केत हो।” विज्ञप्ति अनुसार यी परिवर्तनहरूको प्रभाव लामो समयसम्म सहनु पर्ने छ।

प्रतिवेदनले सन् २०२१ इतिहासकै सबैभन्दा तातो वर्षमध्ये एक भएको पुष्टि गरेको छ। २०२१ मा विश्वव्यापी औसत तापक्रम पूर्व-औद्योगिक स्तरभन्दा लगभग १.११ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो। यहाँको तापक्रम वृद्धि सन् १८५० देखि १९०० बीचको औसत तापक्रमको आधारमा गणना गरिएको हो।

रिपोर्टका अनुसार २०२१ को सुरु र अन्त्यमा ला निया  सक्रिय भएर केही चिसो भए पनि तापक्रममा कीर्तिमानी वृद्धि भएको छ। ला निया भूमध्यरेखीय प्रशान्त महासागरमा हुने एउटा मौसमी प्रणाली जसले सामान्य भन्दा चिसो स्थीति सिर्जना गर्छ, र जसले सामान्यतया विश्वव्यापी तापमानमा अस्थायी कमी निम्त्याउँछ।

त्यसैगरी, विशिष्ट स्थानहरूबाट हरितगृह ग्यास उत्सर्जन तथ्याङ्कले सन् २०२१ र २०२२ को प्रारम्भिक चरणहरूमा हरितगृह ग्यासको स्तर बढेको देखाएको छ। हवाईको मोना आयोवा अब्जर्भेटरीले रेकर्ड गरेको कार्बन डाइअक्साइड तथ्याङ्कले यसको स्तर अप्रिल २०२० मा ४१६.४५ पार्ट्स प्रति मिलियन (पीपीएम), अप्रिल २०२१ मा ४१९.०५ पीपीएम र अप्रिल २०२२ मा ४२०.२३ पीपीएम पुगेको देखाएको छ।

यदि हेर्ने हो भने, विश्वको तापक्रममा भएको बृद्धिले उत्पादन हुने अतिरिक्त तापको करिब ९० प्रतिशत महासागरले सोस्छ । यति मात्र होइन, डब्ल्यूएमओका अनुसार २०२१ मा कम्तिमा एक पटक विश्वका अधिकांश महासागरहरूले गम्भीर गर्मीको लहरको सामना गरेका थिए।

प्रतिवेदनले यो क्रम जारी रह्यो भने आगामी दिनमा पनि महासागरहरू यसरी नै न्यानो भइरहने र त्यसबाट लाखौं वर्षमा पनि नबदलिएको त्यहाँको इकोसिस्टममा परिवर्तन ‍हुने संकेत गरेको छ ।

प्रतिवेदनका अनुसार महासागरहरूले कार्बन डाइअक्साइडको प्रत्यक्ष अवशोषणको कारणले गर्दा समुद्री पानीको रासायनिक संरचनामा परिवर्तन भएर हुने महासागरको अम्लीकरण जाँदा, महासागरहरूको कार्बनडाइअक्साइड सोस्ने क्षमता पनि घट्छ।

डब्ल्यूएमओले जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) लाई उद्धृत गर्दै समुद्रमा पीएच स्तर, अम्लताको मापन, २६,००० वर्ष यताकै न्यूनतम स्तरमा पुगेको वताएकोछ। समुद्रमा बढ्दो ताप र अम्लीकरण दुवैले त्यहाँको जैविक विविधतामा ठूलो प्रभाव पार्छ, तिनीहरूको खानपान, प्रजनन र बसाइँसर्ने व्यवहारमा परिवर्तन हुन्छ।

पानीको बढ्दो सतहलाई पनि २०२१ मा उत्कर्षमा पुगेको थियो । सन् २०१३ देखि २०२१ सम्म हरेक वर्ष ४.५ मिलिमिटरको दरले बढ्दै गएको अनुमान छ । यो दर १९९३  र २००२ बीचको वृद्धि दरको लगभग दोब्बर हो।

डब्ल्यूएमओले यसको सबैभन्दा ठूलो कारण छिटो पग्लिने बरफ रहेको बताएको छ । जसका कारण समुन्द्र सतहबाट पाँच मिटरभन्दा कम उचाइमा बसोबास गर्ने करिब २० करोड मानिस बाढीको गम्भीर जोखिममा छन् । यससँगै पानीको सतह बढेसँगै मानिसमा उष्णकटिबंधीय चक्रवातको जोखिम पनि बढिरहेको छ । डब्ल्यूएमओले यस रिपोर्टमा २०२१ मा भएका विभिन्न चरम मौसमी घटनाहरूको पनि गरेको उल्लेख गरेको छ र तिनीहरूलाई “हरेक दिन जलवायु परिवर्तनको परिवर्तनशील अनुहार” भनेको छ।

यस्ता केही घटनाका उदाहरणहरू निम्न छन्:

  • उत्तरी अमेरिकाको प्रशान्त महासागरको तटमा जुलाई महिनाको गर्मीले धेरै रेकर्ड तोड्यो, जसका कारण सयौंको ज्यान गएको थियो।
  • चीनको हेनान प्रान्तमा आएको बाढीले करिब १७७००० लाख डलरको आर्थिक क्षति गरेको छ ।
  • हर्न अफ अफ्रिकामा खडेरीको अवस्था ४० वर्षयताकै सबैभन्दा खराब हो ।
  • आँधी इडाले अमेरिकाको पूर्वी तटलाई सबैभन्दा बढी प्रभावित गर्‍यो, जसले ७५००० लाख डलरको आर्थिक क्षति पुर्‍यायो।

डब्ल्यूएमओका महासचिव पेट्री तलासले भन्नुहुन्छ, “यी चरम मौसमी घटनाहरूले हाम्रो दैनिक जीवनमा तत्काल प्रभाव पारिरहेको छ। विपद् पूर्वतयारीमा वर्षौंको लगानीका कारण हामीले ज्यान जोगाउन त सकेका छौं, तर तिनका कारण भइरहेको आर्थिक क्षतिचाहिँ तीव्र गतिमा बढिरहेको छ ।”

उहाँ भन्नुहुन्छ, “ विपद्सँग लड्न अझै धेरै काम गर्न बाँकी छ । हामीले हर्न अफ अफ्रिका (सोमाली प्रायःद्विप)मा खडेरी सिर्जना गरेको आपतकाल, दक्षिण अफ्रिकामा आएको ठूलो बाढी र भारत-पाकिस्तानमा लु देखिरहेका छौं।”

महासचिव प्राध्यापक पेट्री तलासले भन्नुहुन्छ, “यी प्रकोपहरूबाट बच्न पूर्व सूचना प्रणालीहरू विशेष गरी महत्त्वपूर्ण छन्, तिनीहरू अझै पनि डब्ल्यूएमओका सदस्य राष्ट्रहरूमध्ये आधाभन्दा कममा उपलब्ध छन्।” यसैबीच, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी पाँच वर्षभित्र यी पूर्व सूचना प्रणालीहरू सबै देशमा पुर्‍याउन प्रतिबद्ध रहेको वताउनुभएको छ।

प्रतिवेदनका अनुसार चरम मौसमी घटनाहरू, कोभिड-१९ ले खाद्य सुरक्षामा विशेष गरी एशिया र अफ्रिकामा ठूलो नकारात्मक प्रभाव पारेको छ। जसका कारण ठूलो संख्यामा मानिसहरू आ–आफ्नो देशमा विस्थापित भएका छन् । अक्टोबर २०२१ सम्म, चीनमा विस्थापित मानिसहरूको संख्या १४ लाख भन्दा बढी थियो। त्यही समयमा, फिलिपिन्समा ३ लाख ८६ हजार  मानिसहरू र भियतनाममा ६ लाख ५४ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका थिए।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले उत्सर्जन कम गर्न ऊर्जा प्रणालीमा तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ। उहाँले जीवाश्म इन्धनको सट्टा नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्न आह्वान गर्नुभएको छ ।

डब्ल्यूएमओद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार, ” नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्नका लागि नवीकरणीय ऊर्जा प्रविधि र आपूर्तिहरूमा पहुँच बढाउने, नवीकरणीय ऊर्जामा निजी र सार्वजनिक लगानीको तीन गुणा वृद्धि, र जीवाश्म ईन्धनहरूमा अहिले दिदैँ आएको लगभग 1करोड 1० लाख डलर प्रति मिनेट अनुदानको अन्त्य गरिनु पर्छ।”

डब्ल्यूएमओ द्वारा जारी गरिएको यो रिपोर्टले नोभेम्बर २०२२ मा इजिप्टमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (युएनएफसीसीसी) सम्मेलन (कोप-२७) मा जलवायु परिवर्तनका सम्बन्धमा हुने वार्ता र सौदाबाजीको आधार बन्ने देखिएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
विश्व विनाशको बाटोमा: जलवायुसँग सम्बन्धित चार प्रमुख सूचकहरूले सन् २०२१ मा कीर्तिमान तोडे
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link