राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्

राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरुले मतदान नगरेको बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link