म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छिन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
नेपाली नागरिकताको अभावमा शारीरिक रूपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवा सुविधाबाट वञ्चित भएकी थिइन् । कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा आएपछि राममायाको हातमा ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता परेको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायाँलाई नागरिकता हस्तान्तरण गरे ।
विसं २०१३ सालमा जन्मिएकी राममायाँको एउटा हात चल्दैन । नागरिकताका आधारमा खत्रीले सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया सुरु गर्ने बताइन् । नागरिकता पाएपछि निकै खुसी लागेको छ,” उनले भनिन् “अब भत्ता पनि पाइने भयो ।”
राममायाले नागरिकता प्राप्त गरे लगत्तै राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन फारम भर्नुभएको छ । प्रजिअ आचार्यले समाजमा अझै पनि यदाकदा, बुढेसकालसम्म नागरिकता नबनाएका सर्वसाधारण भएमा आवश्यक प्रक्रिया पूरा गरी आउँदा प्रशासनमा झन्झट र दुःख हुँदैन, भन्ने सन्देश दिनु आवश्यक देखिएको बताए ।
अठार वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउने नीतिगत व्यवस्था छ । दुर्गम ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएको अवस्थामा भेटिनु दुःखको कुरा भएको प्रजिअ आचार्यको भनाइ छ । ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नाराका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
- आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- देशभर मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
- वनभित्र पोखरी: मुहान पनि जोगिने, वन्यजन्तु पनि अल्झिने
- देवघाट–१ का १४ सुकुमवासी परिवारलाई चाँडै जग्गा उपलब्ध गराइने
- देशैभर मनसुनी वायुको प्रभाव: आज धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
- आज प्रतिनिधि सभाको बैठक बस्दै