अमेरिका र इरानबिच मध्यस्थता गरिरहेको खाडी मुलुक ओमानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आक्रमणको धम्की दिएका छन्। ओमानले इरानसँगको आफ्नै वार्तामा “बाटो छेक्न खोजेमा” वा हस्तक्षेप गरेमा बमबारी गर्ने चेतावनी ट्रम्पले दिएका हुन्।
सोमबार फक्स न्युजका पत्रकार त्रेय यिङ्गस्टसँग टेलिफोन संवादका क्रममा राष्ट्रपति ट्रम्पले अमर्यादित शब्द प्रयोग गर्दै ओमानमाथि कडा टिप्पणी गरेका हुन्। अमेरिकी रणनीतिमा बाधा पुर्याए ओमानमाथि भीषण आक्रमण गरिने ट्रम्पको भनाइ थियो।
सोमबार नै ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको ६० दिने समझदारी पत्रको म्याद थप्ने योजना नरहेको प्रस्ट पारे। बिबिसीका पत्रकारले म्याद थपबारे सोधेको प्रश्नमा उनले सीधा “नाइँ” भन्ने उत्तर दिए।
अघिल्लो जुन १८ मा भएको समझदारी पत्र समाप्त भएसँगै अमेरिका र इरानबिचको वार्ता र समुद्री मार्ग खोल्ने प्रयास झन् अन्योलग्रस्त बनेको छ। इरानसँगको आणविक जोखिम रोक्नु नै अमेरिकाको मुख्य उद्देश्य रहेको ट्रम्पले ट्रुथ सोसलमार्फत पुनः दोहोर्याएका छन्।
विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (LNG) ओसारपसार हुने रणनीतिक जलमार्ग हर्मुज जलडमरूमध्य फेब्रुअरीदेखि जारी सैन्य तनावका कारण ठप्प प्रायः छ। यसैबिच इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँग जलमार्ग सञ्चालनसम्बन्धी प्रारम्भिक मार्गचित्रमा सहमति जुटेको र चाँडै संयुक्त वक्तव्य जारी गरिने बताएका छन्। ओमानले भने यस क्षेत्रमा तटस्थ भूमिका निर्वाह गर्दै आएको दाबी गर्छ।
यता, इरानका तर्फबाट भने जलमार्ग पूर्ण रूपमा खुला गर्न अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने सर्त अघि सारिएको छ। इरानी अधिकारीहरूले हर्मुज जलमार्गबाट जाने जहाजहरूबाट करिब ५ देखि ७ प्रतिशतसम्मको शुल्क उठाउने चाहना राखेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा