‘अपराध दुरुत्साहन’ गरेको अभियोगमा नेपाल सरकारको मन्त्री रेणु यादव विरुद्धको किटानी जाहेरीमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौटहटले जाहेरीकर्ता तारानाथ दाहालले पठाएको निवेदन र प्रमाणलाई आधार मानी सो जाहेरीमा किटान गरिएको अभियोग उपर कारबाही थालिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मन्त्री यादव विरुद्धको जाहेरी निवेदनलाई कार्यालयले जानकारीमा लिएको छ ।त्यससँगै पठाएको मन्त्री यादवको आपत्तीजनक अभिव्यक्ति समेटिएको श्रव्यदृष्य रहेको पेनड्राइभलाई पनि प्रहरीले जानकारीमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले त्यस सम्बन्धमा अनुसन्धान हुँदैछ भन्ने जानकारी स्थानीय पत्रकारलाई पनि दिएको कुरा नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द झाले बताउनुभएको छ ।
के छ जाहेरीमा ?
२०७८ माघ ५ गते मधेश आन्दोलन दिवसको अवसरमा गौरमा आयोजित कार्यक्रममा सहभागी कार्यकर्ता तथा दर्शककाबीच मन्त्री यादवले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिनुभएको थियो। यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई मार्ने धम्कीपूर्ण अभिव्यक्तिसमेत दिनुभएको थियो। २०६३ सालमा तत्कालिन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या गरिएको घटना हो गौर हत्याकाण्ड ।
त्यतिबेला मन्त्री यादवले हिन्दीमा दिनुभएको अभिव्यक्तिको नेपालीमा भावानुवाद यस्तो हुन्छ, ‘गौर ऐेतिहासिक जिल्ला हो । यहाँ लाठी देखाउने काम नगर्नु, यो गौरलाई राम्ररी लाठी चलाउन आउछ जसले तपाँईको लाठीलाई भाचेर– तोडेर–मोडेर राखी दिन्छ । मैले आज रोकेको हुँ । आज बलिदानी दिवसमा हिंसा हुनुहुदैन । भोलि म फेरी सडक र पुलको अनुगमनमा जान्छु । फेरी आँधीसँग ठोकिन खोज्नु भयो भने तपाँईको पनि त्यहि हाल हुन्छ, जुन राईसमिलमा भएको थियो । तपाँईलाई घेरा बन्दि गरेर मारिदिने छन् ।’ जस्ता अभिव्यक्ति मन्त्री यादवल भनेकी थिइन् ।
मन्त्री जस्तो प्राभवशाली पदमा रहेको व्यक्तिले आफुलाई गौर प्रवेश नदिने नियतले अवरोध गरेको रिसिभीमा कार्यकर्ताहरु माझ मुलुकी अपराध संहिता २०७४ को दफा १७७ विरुद्धको ज्यान लिने अपराध गर्न उक्साउन तरिकाले गौर हत्याकाण्ड दोहोर्योउने तथा ज्यान मर्ने धम्कि दिनु मुलुकी अपराध संहिता २०७४ को दफा ३५ (१) बिरुद्धको कसूर हो ।
सो दुरुत्साहन बमोजिमको कसूर भई नसकेकोले सोही संहिताको दफा ३५ को उपदफा ३ (ख) बमोजिम हदैसम्म सजाय गरी पाउँ ।
के छ प्रमाण ?
मन्त्री यादवले २०७८माघ ५ गते रौतहटको गौरमा मधेश आन्दोलन दिवसमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिको भिडियो पेनड्राइभमार्फत प्रहरी कार्यालयमा उपलब्ध गराएको जाहेरीमा उल्लेख छ । साथै, यस लिंकबाट पनि उक्त अभिव्यक्ति हेर्न सुन्न सकिन्छ ।
के हो गौर घटना ?
गौरको राइस मिल घटना अर्थात् २०६३ चैत ७ गतेको घटना, जसमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले निर्ममतापूर्वक २७ जना माओवादी कार्यकर्ताको हत्या गरेका थिए ।
मधेशी जनअधिकार फोरमले एकैदिन एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा १५ वर्षअगाडि ‘राइस मिल घटना’ घटाएको थियो ।
गत माघ ५ गते मधेश आन्दोलन दिवसका अवसरमा रौतहट पुग्दा सिके राउतको जनमत पार्टीका कार्यकर्ताले मन्त्रीलाई गौर प्रवेश गर्न रोक लगाएका थिए ।
सोही कारण मन्त्री यादवले ‘राइस मिल घटना’ दोहो¥याउने तथा ज्यान मार्न सक्ने जस्ता हिंसा दुरुत्साहन हुने अभिव्यक्ति दिएकी थिइन् ।
नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारबाहिर गई मन्त्रीजस्तो जिम्मेवार पदमा रहेकाबाटै यस्तो हिंसाजन्य अभिव्यक्तिमाथि राज्यको मौनताले विधिको शासनको उपहास भैरहेको भन्दै आलोचना भैरहेको छ । श्रोत: INS NEWS-स्वतन्त्र समाचार
-आदित्य दाहाल
आदित्य दाहाल का अन्य पोस्टहरु:
- भारतलाई ३-१ ले हराउँदै अष्ट्रेलियाले जित्यो बोर्डर-गावस्कर ट्रफी
- प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि तिब्र कानुन निमार्णको आवश्यक
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) लगभग असफल !
- आईपीएल: फाइनल पुगेको कोलकाता उपाधिका लागि प्रतिस्पर्धीको पर्खाइमा
- कोटेश्वर चोकको जाम हटाउन ३१ अर्ब २ करोड ऋण
- श्रीस्वस्थानी व्रतकथा मेला आजबाट सुरु
- सरोकारवालासँग छलफल नै नगरी एउटै विधेयकबाट ७९ ऐन संशोधन र दुइटा खारेज गर्न सरकारले समात्यो ‘चोर बाटो’
- पाथीभरा दर्शनलाई सजिलो बनाउने मानव ट्याक्सी : हिँड्न नसक्नेलाई सुविधा, बोक्नेलाई गजबको आम्दानी
- काठमाडौँ महानगरपालिकाः सूचना अद्यावधिक छैन
- साझा कार्यक्रममा दिगभ्रमित सरकार