राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको छ ।
भोलि मङ्सिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा शनिबार सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो । निर्वाचनलाई निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।
उहाँले जननिर्वाचित संविधानद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ ।
“शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ” राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा उल्लेख छ ।
जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको उहाँले बताउनुभएको छ । “आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ” सन्देशमा भनिएको छ ।
जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहीत सार्वभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ ।
मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको वताउँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “ आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
- पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
- गएको चार वर्ष : नेपालमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
- ट्रम्प र पुटिनबीच दुई घण्टा लामो फोन वार्ता
- ओझेलमा अनौठो कुवा
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- अख्तियारमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
