नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको खोजी पत्रकारिता पुरस्कार आइएनएस-स्वतन्त्र समाचारकी पत्रकार तारा वाग्ले र कान्तिरपुरका पत्रकार मात्रिका दाहाललाई प्रदान गर्ने भएको छ।
वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पत्रकारद्वय तारा वाग्ले र दाहाल लाई प्रदान गर्ने निर्णय गरेको हो।
विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएकी वाग्ले महिलामाथि हुने विभेद, सार्वजनिक प्रशासन लगायत विषयमा कलम चलाउँदै आउनु भएको छ । राजधानी, नेपाल समाचारपत्र, हिमाल खबरपत्रिका हुँदै हाल आइएनएस-स्वतन्त्र समाचारमा कार्यरत हुनुहुन्छ।
२०६४ सालदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार दाहालले सुशासन, सार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासो लगायत विषयमा कलम चलाउँदै आउनुभएको छ। मात्रिका हाल कान्तिपुर दैनिकमा आवद्ध हुनुहुन्छ।
५० हजार राशिको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)को स्थापना दिवस मार्च १ अर्थात् फागुन १७ गते प्रदान गरिने इन्जाले जनाएको छ।
इन्जाले फोटोतर्फ नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठलाई इन्जा फोटो पत्रकारिता पुरस्कार दिने निर्णय गरिसकेको छ । यसैगरी वौद्धिक अनुसन्धानवृत्ती पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
- मे २९ – अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
- कस्तो छ बजेट आउने दिनमा विदेशी मुद्राको विनिमय दर ?
- गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै
- सुडानमा हैजाको प्रकोप: एकै हप्तामा १७२ जनाको मृत्यु
- पर्यटक प्रवर्द्धनका लागि पार्क सञ्चालन
- पढाइसँगै सीप सिकाउँदै विद्यालय
- फोहरलाई मोहरमा बदल्दै युवा
- लुलु गाईको संरक्षणमा ध्यान नपुग्दा लोपोन्मुख अवस्था
