Home » Archives for रामविकास चाैधरी
Author

रामविकास चाैधरी

ऐतिहासिक वस्तुहरूको चोरी र अनियमितताको आरोपसहित विभिन्न मागहरू राख्दै आन्दोलनरत स्थानीयले लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरेका छन् ।

कोषका पदाधिकारी/कर्मचारीले उत्खननका समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कोषाध्यक्ष, सदस्य सचिव, सङ्ग्रहालय र पुरातत्त्व महाशाखाको कार्यालयमा ताला लगाएको हो ।

महाअभियानका सहसंयोजक तथा स्थानीय अभियानकर्ता राम विकास चौधरीले माग गरेका सूचनाहरू पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले कुनै पनि हालतमा नदिने धम्की दिएपछि ताला लगाइएको महाअभियानले जनाएको छ । महाअभियानका संयोजक अकरामुद्दीन खाँले भने, ‘कोषको केन्द्रीय कार्यालय लुम्बिनीमै भए पनि काठमाडौँ बसेर केवल भत्ता बुझ्ने …

0 comment
0 FacebookTwitterEmail

बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा चीनले अनधिकृत रूपमा कार्यक्रम गरेर हल्लाखल्ला गरेपछि यहाँ धेरैलाई अप्ठ्यारो परेको छ।  २५६७औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बिहीबार बेलुका लुम्बिनी स्थित पवित्र उद्यान क्षेत्रभित्र रहेको मायादेवी मन्दिर परिसरमा चीनको आयोजनामा अनधिकृत रूपमा कार्यक्रम सम्पन्न भएको हो ।

“विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर परिसरमा युनेस्कोले कुनै अन्य देशलाई प्रोपोगण्डाका लागि कुनै पनि कार्यक्रम गर्न मनाही गरेको छ” स्थानीय सञ्चारकर्मी दिनेश लोधले भन्नुभयो, “तैपनि पनि ठुल्ठूला साउण्ड सिस्टम (स्पिकर) राखेर कोलाहल गर्दै चिनियाँ टोलीले कार्यक्रम गरेको छ ।”

“बैशाख २२ गते शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना हुँदैछ । त्यसका

0 comment
0 FacebookTwitterEmail

२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ। प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २२ गते बुद्धजयन्ती मूल समारोहको उद्‌घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। लुम्बिनी विकास कोषले लुम्बिनीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो।

लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा २५६७औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुनेछ। ‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरूसमेतको सहभागीता रहनेछ।

बुद्ध जयन्तीको अवसरमा यस वर्षको बैशाख बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही,  मर्चवारी गाउँपालिका –५ स्थित ओडवलिया स्वास्थ्य चौकी भवनको छत चर्केको छ। राजन निर्माण सेवाले निर्माण गरेको उक्त स्वास्थ्य चौकी भवनको छत ढलान भएको महिना दिन नबित्दै चर्केर पानी चुहिएको छ।

केहीदिन अगाडी ढलान भएको उक्त छत चर्किएको गुनासोपछि निर्माण कम्पनीले चर्केको ठाउँमा सिमेन्ट राखेर टालटुल गरेको स्थानीय सुनिल गुप्ताले बताउनुभयो। उहाँले भन्नुभयो, “जताततै चर्किएको छत पहिलो पटक पानी पर्दा नै छत चुहिएको छ।”

गाउँपालकाका इन्जिनियर गंगालाल यादवले छत ढलानमै त्रुटी भएको बताउनुभयो। “निर्माण कम्पनीलाई सो भवनको छत पुनः ढलान गर्न भनेका छौ” उहाँले भन्नुभयो, “छत ढलान हुँदाको बेला छडके अनुगमन गरेका थियौ तर कताबाट त्रुटी भयो त्यसबारे पनि अध्ययन …

0 comment
0 FacebookTwitterEmail

‘व्यक्ति एउटै, नागरिक दुई देशको ।’ यस्तो कुरा पटकपटक सुनिएकै हो । यसैक्रममा रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्षमाथि नेपाल र भारत दुबै देशको नागरिकता रहेको विवाद सिर्जना भएको छ ।

मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह र उहाँको ससुरा काका तथा सोही गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष कृष्णा सिंह दुवै जना नेपाल र भारत दुई देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेपछि सो कुरा बाहिर आएको हो ।

भारतको निर्वाचन आयोगको पहिचानपत्र अनुसार आशा सिंह जानकी नगर वडा नं १८ थाना नौतनवा, तहशील नौतनवा जिल्ला महराजगञ्ज (उत्तर प्रदेश) भारतका

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved