Home » Archives for रूपेश आचार्य » Page 6
Author

रूपेश आचार्य

प्राकृतिक इतिहास संग्रहालय नेपालको प्राकृतिक इतिहास संग्रहालय हो। विसं २०३२ मा स्थापित यो संग्रहालय काठमाडाैंको स्वयम्भूमा अवस्थित छ। नेपालको प्राकृतिक इतिहाससम्बन्धी सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो। संग्रहालयले नेपालका ५० देखि ५५ हजारभन्दा बढी वनस्पति र वन्यजन्तुकोे नमुना संकलन गरी प्रदर्शनमा राखेको छ। यो संग्रहालयले नेपालमा ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ साइटेससम्बन्धी तालिम तथा कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ।

संग्रहालयमा ५५ हजारभन्दा बढी वनस्पति तथा जनावर भएता पनि प्रदर्शनमा १० प्रतिशत मात्र राखिएको छ। बाँकी नमुना भने स्टोर रुममा थन्काएर राखिएको प्राविधिक व्यक्ति देवेन्द्र मर्हजनले बताउनुभयो। उहाँका अनुसार करिब एक सयभन्दा बढी रैथाने प्रजातिका …

प्राकृतिक इतिहास संग्रहालय अर्थात् सिंगो जंगल
0 comment
0 FacebookTwitterEmail

बौद्ध धर्मालम्वीको विशेष मानिने बौद्ध स्तुप अर्थात् स्वयम्भू काठमाडौँ उपत्यकाको पश्चिमी भेगमा पर्छ। यसलाई अर्को भाषमा महाचैत्य पनि भनिन्छ। उहिले उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्वी बुद्ध आई तीनपटक वरिपरीको पहाड घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए। त्यसपछि वैशाख पूर्णिमाका दिन दक्षिण फर्केर कमलको बिउ मन्त्र गरी दहमा रोपेका थिए। अर्को सालको वैशाख पूर्णिमाकै दिन कमल उम्रेको र त्यसमा पञ्चरश्मिसहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र पछि यसै शब्दलाई स्वयम्भू भनिएको पाइन्छ।

पुराणअनुसार, पहिले उपत्यका ठूलो ताल थियो, जसबाट कमल फूलको उत्पत्ति भएको थियो। त्यसपछि यसको नाम स्वयम्भू रहन गएको पाइन्छ। …

स्वयम्भूको पोखरी, जहाँ सिक्का चढाएर मनोकामना पूरा हुने विश्वास गरिन्छ
0 comment
0 FacebookTwitterEmail

गत बुधबारदेखि उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअघि धर्ना बसेर विज्ञापन संघआबद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्वार विज्ञापन नीतिविरुद्ध आन्दोलनमा ओर्लिएका हुन्। डिजिटल विज्ञापनलाई सरकारले प्रोत्सान नगरेको र बाह्य विज्ञापनलाई मनलाग्दी रकम लिँदा स्वदेशी विज्ञापनमा मर्का परेको  उनीहरूको दाबी छ।

सरकारले विज्ञापनसम्बधी ल्याएको नीति व्यवसायीको हितमा नरहेकाले आन्दोलनमा होमिनुपरेको नेपाल विज्ञापन समितिका अध्यक्ष सोम धितालले बताउनुभयो। सरकारी कार्यकताको मात्र संलग्नता गराई मनलाग्दी नीति निर्माण गरेकामा आफूहरूको असन्तुष्टि रहेको धितालले बताउनुभयो।
‘उद्योगी/व्यवसायीलाई मर्का पर्ने नीति तर्जुमा गर्दा व्यवसायी मात्र नभई देशलाई समेत घाटा हुन्छ,’ अध्यक्ष धितालले भन्नुभयो, ‘यसलाई पुनर्नीतिगत बनाउन सरकारलाई हाम्रो आग्रह …

एकद्वार विज्ञापन नीतिविरुद्ध व्यवसायीको धर्ना
0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकामा रेबिज रोगको संक्रमण अत्यधिक रुपमा फैलिएको पाइएको छ । उपत्यकामा भुस्याहा कुकुरको आक्रमणमा परी रेबिज संक्रमित भै उपचार गर्न आउनेको दैनिक ४०० देखि ५०० जनासम्म पुगेको जानकारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको बहिरङ्ग विभागले दिएको छ ।

अस्पतालका बहिरङ्ग विभागका चिकित्सक  डा. शङकर पाण्डेका अनुसार, रेबिज लागेको भुस्याहा कुकुरले टोकेका बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमित कुकुर वा पशुले टोकेको पहिलो दिनमै वा टोक्ने बितीकै एन्टिरेबिज भ्याक्सिन लगाएमा रोगको निवारण हुन्छ । तर हेलचेक्र्याइँ गरेमा बिरामीको मृत्यु हुन सक्छ ।

टेकु अस्पतालमा रेबिजको उपचार गर्ने आउनेहरु मध्ये धेरैजसोलाई भुस्याहा कुकुरले टोकेको छ । तर

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved