Home » Archives for रूपेश आचार्य
Author

रूपेश आचार्य

चिसो होस् या गर्मी मौसम प्राय दुवै समयमा काठमाडौँका प्राय सडकका किनाराहरूमा सडक व्यापारीहरू भेटिन्छन् । कोही सटरको भाडा तिर्न नसकेरै सडक व्यापारी बनेका छन् । उनीहरू सामान्य आम्दानी गरेर जीवन गुजारा गर्दै आइरहेका छन् ।

खान लगाउन र सामान्य जीवन चलाउन नसक्ने अवस्थाका व्यक्तिहरूका लागि थोरै लगानी गरेर जीवनयापन गर्न सक्ने दह्रिलो सारथि बनेको छ सडक व्यवसाय । दुई तिन हजारको लगानीमा वा सामान्य लगानी गरेर नै जीवन चलाउन सकिने उदाहरणहर पनि हामीले थुप्रै देखेका छौँ ।

मानिस तथा सवारी साधनहरूको चहलपहलका आधारमा पनि अग्रस्थानमा रहेको चाबहिलमा भने सडकका किनारमा बसेर केही व्यापारीहरू व्यापार गरी रहेको देख्न भेटिन्छन्

सटर भाडा तिर्न नसक्दा सडकमै बदाम बेचेर गुजारा चलाउने गायत्री              
0 comment
0 FacebookTwitterEmail
आगामी नयाँ वर्षदेखि धरहरा अवलोकन गर्न पाइने गरी निर्माण सम्पन्नताको तयारी भइरहेको छ । काठमाडौँको सुन्धारामा धरहरा निर्माणको काम सकिनै लागेकोले चैत मसान्त भित्रमा सम्पूर्ण काम सकेर वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको हो । आगामी २०८१ वैशाख १ गतेदेखि सर्वसाधारणको लागि धरहरा खुल्ने निर्माण कम्पनी रमन कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै हतार हतार उद्घाटन गरेको धरहरा निर्माण अझै पनि सकिएको भने छैन । निर्माणको काम ९० प्रतिशत मात्रै भएको छ । जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहराको निर्माण सकिने म्याद पाँच पटकसम्म थपिएको छ ।
0 comment
0 FacebookTwitterEmail

काठमाडौँस्थित पशुपति मन्दिर जाँदै गर्दा सडक छेउमा एउटा बोर्ड टाँसिएको छ ‘श्री चन्द्रिका प्रसाद संतरास मूर्ति कला केन्द्र’ । बोर्डको सुरुवातमा लेखिएको छ ‘मनुष्यको जीवन सरल हुनेछ मानवता उसलाई कठिन परिश्रमले प्राप्त हुन्छ ।’ त्यही बोर्डको तल एक मानिसले ढुङ्गालाई सानो हम्मरको सहायताले पटक पटक हानेर मूर्ति बनाउँदै गरेको दृश्य देख्न सकिन्छ ।
 
मूर्तिकारले करिब दुई देखि तिन घण्टा कुदेपछि बल्ल एउटा आकार निर्माण हुन्छ । त्यस आकारलाई केही बेर खाक्सीले घोटेर अझै सुन्दर बनाइछ । त्यसपछि मूर्तिमा कालो रङ्ग हालेर भगवान् गणेशको मूर्ति बनाउँछन् । रङ्ग लगाएपछि दुई मिनेटसम्म घाममा सुकाउनुपर्ने मूर्तिकारले जानकारी दिए । त्यसपछि निर्माण सम्पन्न उक्त

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ टुँडिखेल नजिकै एक प्रसिद्ध महाङ्काल भैरव मन्दिर छ । हरेक दिन यस मन्दिरमा हजारौँ भक्तजनहरू भैरवको उपासना गर्न आउने गर्दछन् । यस मन्दिरमा पूजा सामग्रीको रूपमा मदिरा प्रयोग हुन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न पनि सक्छ । करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यस मन्दिर हाल जीर्ण अवस्थामा छ । 

सर्वसाधारणको चहलपहल र पुरानो बजारको रूपमा परिचित न्यूरोडलाई काठमाडौँको मुटु मानिन्छ । यहीँ प्रमुख बजार क्षेत्रमा पर्ने उक्त भैरवको मन्दिर लामो समय देखि जीर्ण अवस्था रहेको छ । मन्दिरमा सङ्कलन भएका भेटी तथा मन्दिरको भुईँ तलामा भएका भाडाका पसलबाट उठेका पैसा भने कहाँ जान्छ र के गरिन्छ भन्ने

महाङ्काल र भद्रकाली मन्दिर जीर्ण, भाडा र भेटीको अत्तोपत्तो छैन !
0 comment
0 FacebookTwitterEmail

देशको व्यस्त सहर काठमाडौँ उपत्यकामा रहेर नोकरी नगर्ने कमै होलान् । अधिकांश सर्वसाधारण आ–आफ्ना काममा निरन्तर लागि रहेकै हुन्छन् । कसैलाई कार्यालयको कामको चटारो त कसैलाई व्यापार व्यवसायको चिन्ता भइरहेकै छ । आफ्नो गुजारा र निर्वाहका लागि जो कोही आफ्नो दैनिक कामकाजमा व्यस्त भइरहेकै छन् ।

यस्तै घर तथा डेरामा कोही नभएको मौका पारेर चोरी गर्ने समूहको सक्रियता बढेको प्रहरीको आएको उजुरीको तथ्यले  पनि पुष्टि गर्दछ । प्रहरीले घरमा, डेरामा कोही नभएको बेला हुने चोरी तथा डकैतीको लागि सजग गराउँदै आएको भए पनि कतिपय घरधनी तथा डेरावालाको असावधानीवश पनि चोरीको घटना हुने गरेको छ ।

काठमाडौँको विभिन्न स्थानमा चोरी गरेको

0 comment
0 FacebookTwitterEmail

सटर भाडामा लिएर व्यापार व्यवसाय गर्न नसक्ने केही फुटपाथ तथा सडकका व्यापारीहरू अझै पनि सडक पेटीमै छन् । उनीहरूसँग अन्य कुनै विकल्प नै छैन । विकल्प नभएपछि महानगर प्रहरीले पटक पटक दुख दिने गरे पनि फुटपाथका व्यापारी प्रहरीको ज्यादती सहँदै सडक पेटीमै बस्छन् । महानगरपालिकाले सडकमा दुख गरेर आफ्नो जीविका चलाउने ती फुटपाथका व्यापारीहरूको व्यवस्थापन गर्ने भन्दा लछारपछार पार्ने र लखेट्नेमा नै बढी अग्रसर भएको देखिन्छ। 

कुनै पनि सरकारी निकायसँग उपत्यकाको फुटपाथमा बसेर व्यापार गर्नेहरू कति छन् भन्ने यकिन तथ्याङ्क छैन । फुटपाथ नै कतिको आम्दानीको स्रोत र कतिको जीविकोपार्जनको सहारा बनेको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्दा पनि

गुजारा चलाउन दिनरात सडक सङ्घर्षमै हुन्छन् फुटपाथ व्यापारी
0 comment
0 FacebookTwitterEmail

काठमाडौँको सम्बद्ध बस्तीको छेउमा छ थापाथलीको सुकुमबासी बस्ती। यो कतिका लागि सहरको सौन्दर्यमा धब्बा हो, कतिका लागि कमाइ खाने भाँडो तर वास्तविक सुकुमबासीका लागि जीवन मरणको आधार। कस्तो छ यो बस्ती? कस्ता मान्छे बस्छन् यहाँ?

बागमती नदीको किनारमा जस्ताले छाएका, बाँसले वरपर बारिएका बस्ती देखिन्छ। अरूले सुकुमबासी बस्ती भने पनि यहाँ भीत्र बस्नेले यसको नाम पौरखी बस्ती राखेका छन्। यो बस्ती परिवारको ठेगाना नभएका, कुनै ठाउँमा जमिन नभएका, सङ्घर्ष गरेर बाँच्ने आधार खोज्नका लागि आएकाहरूको भएको बस्तीका बासिन्दाको भनाई छ।  सुकुमबासी बस्तीमा १३६ टहराहरू छन्। त्यस बस्तीमा करिब १३ सयका हाराहारीमा बसोबास गर्दछन्।

महानगरपालिकाका प्रमुख बालेन्द्र साहले समेत डोजर लगाएर …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रोक लगाएको छ । ललितपुर महानगरपालिकाले २०७८ फागुन २० मा पाटन दरबार परिसर, पुलचोक गाः हिटी (महानगरपालिका भवन अगाडिको पार्क]) र जावलाखेललाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको थियो । लगत्तै २०७९ भदै ३० मा काठमाडौँ महानगरले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न निषेध गर्‍यो । 

यो निर्णय कार्यान्वयन नहुँदै काठमाडौँ महानगरले पुन मङ्सिर २७ गते देखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने निर्णय लिएको छ । 

महानगरको स्वास्थ्य विभागले मङ्गलवार १५ दिनको अवधि दिएर सूचना जारी

0 comment
0 FacebookTwitterEmail

जीवनको सङ्घर्ष तथा आधारभूत आवश्यकता परिपूर्तिका साथै अवसरको मुख्य जगको रूपमा काठमाडौँ उपत्यकालाई लिइन्छ । यस उपत्यकामा रहेर सडक देखि सदन हाँक्ने सबैको आ–आफ्नै कथा र व्यथाहरू छन् । यहाँ दिनहुँ दुख र सङ्घर्षका कथाहरू भेटिन्छन् ।

काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह निर्वाचित भएपछि फुटपाथमा व्यापार गर्ने परिपाटीको अन्त्य गरे । सर्वसाधारण हिँड्नै नसक्ने गरी सडक पेटी कब्जा गरेर व्यापार गर्ने अवस्थाबाट काठमाडौँ कुरूप भएको भन्दै महानगरले हटाएको थियो । सटर भाडामा लिन नसक्ने तर हातमुख जोड्नको निमित्त लुकिछिपी सडक पेटीमा व्यापार गर्नेहरू अझै पनि भेटिन्छन् ।

यसरी सडक पेटीमा व्यापार गर्नेहरूको उचित व्यवस्थापन गर्न नसक्दा बेरोजगारी हुनेको सङ्ख्यामा

दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी
0 comment
0 FacebookTwitterEmail

    

संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ देखि द्रुत बस सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न, यात्रुहरूलाई कार्यालय र घर फर्किनको लागि सहज र छिटो होस् भन्ने हेतुले उक्त सेवा सुचारु गरिएको हो ।

निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा पनि आकर्षित र सहजताको सेवा दिने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो ।

सूर्यविनायक देखि रत्नपार्कसम्म द्रुत बस सेवा पुनः सञ्चालनमा आएको छ । बिहान साढे आठ बजे सूर्यविनायकबाट रत्नपार्कका लागि द्रुत बस छुट्ने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।

उनका अनुसार– ‘बिहान ठिक निर्धारित समयमा सूर्यविनायकबाट छुटेको बस
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved