एकद्वार विज्ञापन नीतिविरुद्ध व्यवसायीको धर्ना

गत बुधबारदेखि उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअघि धर्ना बसेर विज्ञापन संघआबद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्वार विज्ञापन नीतिविरुद्ध आन्दोलनमा ओर्लिएका हुन्। डिजिटल विज्ञापनलाई सरकारले प्रोत्सान नगरेको र बाह्य विज्ञापनलाई मनलाग्दी रकम लिँदा स्वदेशी विज्ञापनमा मर्का परेको  उनीहरूको दाबी छ।

सरकारले विज्ञापनसम्बधी ल्याएको नीति व्यवसायीको हितमा नरहेकाले आन्दोलनमा होमिनुपरेको नेपाल विज्ञापन समितिका अध्यक्ष सोम धितालले बताउनुभयो। सरकारी कार्यकताको मात्र संलग्नता गराई मनलाग्दी नीति निर्माण गरेकामा आफूहरूको असन्तुष्टि रहेको धितालले बताउनुभयो।
‘उद्योगी/व्यवसायीलाई मर्का पर्ने नीति तर्जुमा गर्दा व्यवसायी मात्र नभई देशलाई समेत घाटा हुन्छ,’ अध्यक्ष धितालले भन्नुभयो, ‘यसलाई पुनर्नीतिगत बनाउन सरकारलाई हाम्रो आग्रह छ।’

विज्ञापन ऐन परिवर्तन गर्नुपर्ने, सरकारी विज्ञापनलाई व्यवसायीको हकहितमा निमार्ण गर्नुपर्ने, विज्ञापनसम्बन्धी नीतिर्निमाण, तर्जुमा गर्दा विज्ञापन संघका व्यक्तिको संलग्ना हुनुपर्ने, बजेटबाट १ प्रतिशत छुट्याउनुपर्ने आदि माग विज्ञापन व्यवसायीका छन्।

मागको सुनुवाइ तथा कार्यान्वयन हुने अपेक्षासहित वैशाख २ गतेदेखि भने धर्ना स्थगित गरेका छन्। सरकारले यसबारे ध्यानाकर्षण नगरे पुनः आन्दोलनमा होमिने व्यवसायीको भनाइ छ।

आर्टिस्ट संघको विरोध

यही क्रममा कमर्सियल आर्टिस्ट संघले पनि उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअगाडि विरोध तथा धर्ना कार्यक्रम सुरु गरेकाे छ । सरकारले फ्लेक्स बोर्डमा करको भारी थोपरेको तथा बिचौलिया प्रणालीलाई पहिचान नगरी कार्यभार सुम्पिँदा यसले उल्टै व्यवसायीहरूलाई मर्का परेको नेपाल कमर्सियल आर्टिस्ट संघका केन्द्रीय सचिव सुवास केसीले बताउनुभयो।

‘महानगरले नगर सुन्दर बनाउने बहानामा व्यवसायीहरूले गरेका पेन्ट र भित्तामा टाँसेको पम्पलेट हटायो,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाले १ फिट बाई ३ फिटको बोर्ड प्राइभेट पसलमा राख्दा कर नलाग्ने नियम राख्यो। सोभन्दा बढी बनाउँदा पर स्क्वायर फिट १५०० को दरमा कर तिर्नुपर्ने प्रावधान ल्यायो। एउटा सामान्य पसलको बोर्ड बनाउन ५०० देखि ७०० लाग्छ तर सरकारले ल्याएको नियमअनुसार १५ सय पर्छ। यति महँगो कसरी तिर्नु ?’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
एकद्वार विज्ञापन नीतिविरुद्ध व्यवसायीको धर्ना
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link