जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी (पासपोर्ट) फारम कार्यालय भित्रैबाट भर्ने व्यवस्था मिलाएको छ। कार्यालयले भित्रैबाट राहदानी फारम भर्ने व्यवस्था मिलाएसँगै सेवाग्राहीहरूलाई सहज भएको छ।
कार्यालय भित्रै फारम भर्ने व्यवस्था भए सँगै पासर्पोट बनाउने सेवाग्राहीहरूले राजस्व दस्तुर बाहेक अतिरिक्त रकम बुझाउनु नपर्ने भएको छ। पासपोर्ट बनाउनको लागि अनलाईन माध्यमबाट भर्नु पर्ने फारम विगतमा सेवाग्राहीले स्वमं आफैले भरेर कार्यालयमा बुझाउनु पर्ने रहेकोमा २०७९ चैत्र २२ गतेदेखि कार्यालय भित्रै भर्ने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनु भएको छ।
बिगतमा अनलाईन माध्यमबाट फारम भर्दा जिल्ला प्रशासन कार्यालय बाहिर रहेको अनलाईन सेवा प्रदायकहरूले चर्को मुल्य लिने गरेको भन्दै व्यापक जनगुनासो आए पछि …