Home » Archives for यशाेदा भण्डारी
Author

यशाेदा भण्डारी

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका गीता राय क्षेत्री (श्रेष्ठ) अहिले काठमाडौको गौशालामा बस्नुहुन्छ। २०५० सालमा जन्मिनुभएकी क्षेत्रीले २०६८ साल मै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नागरिकता लिएको भए पनि अहिलसम्म भोट हाल्नुभएको छैन । अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको चर्चा चलिरहेको बेलामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा घण्टौं लाईन बसेर क्षेत्रीले बसाइँ सराइको प्रमाण पत्र समेत पेश गरेर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुभयो । अहिलेसम्म मताधिकार प्रयोग नगर्नुभएकी गीता आगामी निर्वाचनमा भने परिवर्तनको पक्षमा युवालाई भोट हाल्ने बताउनुहुन्छ । परिवर्तन सुरु भएको छ । काठमाडौंमा स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वार बालेन साहको पक्षमा खुलेर लाग्नुभएकी क्षेत्री स्थानीय तहको चुनावको नतिजा पछि नै …

नयाँ मतदाता नामावली: अधुरो अनलाइनको दुखेसो
0 comment
0 FacebookTwitterEmail

जस्ताले बारेको टहरोमा स–साना कोठा । एउटै कोठामा ६ देखि ८ जनाको परिवार । चार रोपनी भिरालो जमिन भाडा लिएर बनाइएको जस्ताको टहरोमा बालबालिका, वृद्धवृद्धा, वयस्क गरी ४०० सदस्य अटाएका छन् । बर्खाको समयमा आएको पानीले टहराभित्र बाढी पसेर उठिबास लाउँछ तर यो टहराबाट बाहिर चिहाउन पनि डराउनुपर्ने अवस्था छ । किनकी उनीहरू देश गुमाएका शरणार्थी हुन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कपनमा बसोबास गर्दै आएका अल्पसंख्यक रोहिंग्या शरणार्थी यो शिविरमा बस्न थालेको झण्डै एक दशक भएको छ । सन् २०१३ मा म्यान्मारबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउन भागेर भारतको भूमि हुँदै नेपाल पसेका उनीहरू अहिले काठमाडौंको …

रोहिंग्या शरणार्थीको कथा: काठमाडौं शरणार्थीको हब बन्दै
0 comment
0 FacebookTwitterEmail

गत सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभामा बजेटका विषयमा उठेको प्रश्नको जवाफ दिँदैबजेटको नीतिले स्वदेशी सेनेटरी प्याड उद्योग थप लाभान्वित हुने र विस्तारै गुणस्तरीय उत्पादन सुरु भएपछि प्याडको आयात नै रोकिने बताउनु भएको थियो। सांसदहरूले आयातका सन्दर्भमा घुमाउरो बाटोबाट कच्चा पदार्थ ल्याउने स्वदेशी उद्योगीलाई थला पार्न खोजको तथा विदेशी तयारी उत्पादन आयातमा समेत विशेष छुट तोकेर निश्चित व्यापारीलाई पोस्न खोजको भन्ने प्रश्न उठाएपछि मन्त्री शर्माले आफ्नो बजेट नीतिको प्रतिरक्षा गरेका थिए।

संसदमा मन्त्री शर्माले सेनेटरी प्याडको स्वदेशी उद्योगलाई वर्षमा २ अर्बको व्यापार सुनिश्चित सरकारले गरेको दाबी गरिरहँदा स्वदेशी उद्योगी भने आन्दोलनमा थिए। तयारी प्याडको आयात र कच्चा पदार्थको आयात …

रातो कर विवादः भन्सार घट्यो तर विदेशी सेनेटरी प्याडको मूल्य किन बढ्यो ?
0 comment
0 FacebookTwitterEmail

चक्रपथ पहिलो खण्ड, कोटेश्वर–कलंकी सडक विस्तारको काम २०७५ मंसिर मै सकिएको हो। पहिलो खण्डको काम सकिएसँगै चक्रपथको दोस्रो खण्ड, कलंकी–महाराजगञ्ज सडक विस्तारको कार्य सुरु गर्ने योजना थियो। चक्रपथ विस्तारको काम अब सुरु होला, बाटो फराकिलो होला, ट्राफिक जाम हट्ला भन्ने आसा पनि थियो। सोही अनुसार चिनियाँ पक्षको सुझाव र परामर्श अनुसार सरकारले दोस्रो खण्डको साइड क्लियर पनि गरायो तर दोस्रो खण्डको कंलकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको जिम्मा लिएका चिनियाँ ठेकदार अहिले सम्पर्क मै छैनन्।

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरुभएको सडक विस्तारको पहिलो खण्ड प्राविधिक रूपमा समस्याग्रस्त बनेपछि नेपाल सरकारले पहिलो खण्डको कामको आधारमा दोस्रो खण्डमा समस्या नदेखिने गरी विस्तारको …

महाराजगञ्ज चक्रपथलाई उजाड बनाएर चिनियाँ ठेकदार सम्पर्कविहीन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved