Home » Archives for राजेन्द्र भट्ट/ महेन्द्रनगर
Author

राजेन्द्र भट्ट/ महेन्द्रनगर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न कृष्णसार स्थानान्तरण गरेको ठिक एक दशक पुग्यो। निकुञ्जको हिरापुर फाँटामा ४२ वटा कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले तिनको संख्या झण्डै पाँच गुणा बढेको छ। त्यतिबेला नेपालबाट लोप हुनसक्ने ‘खतरा’ लाई मनन गरी यहाँ कृष्णसार स्थानान्तरण गरिएका हुन। निश्चित घेरबारभित्र राखिएका कृष्णसारको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि अहिले निकुञ्जका अगाडि एक प्रश्न  उभिएको छ, अब के गर्ने?

उपयुक्त बासस्थान र संरक्षणको उचित व्यवस्थापनले गर्दा कृष्णसार बढ्ने क्रम जारी नै छ। ‘४२ कृष्णसार स्थानान्तरण गरिएका हुन्। अहिले बढेर दुई सय दुई पुगिसके।’ राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले भन्नुभयो। स्थानान्तरणदेखि नै कृष्णसार व्यवस्थापनको जिम्मेवारी वहन …

0 comment
0 FacebookTwitterEmail

‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या। मलाई पनि उडाइ लैजा हिउँचुलीका डाँफ्या…।’ यो देउडा गीतको एक पंक्ति हो। जसमा सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यको मौलिक भाकामा बखान गरिएको छ।

देउडाभन्दा हुरुक्क नहुने सुदुरपश्चिमेली विरलै होलान्। सुदूरपश्चिमवासीको महान पर्व गौराको मुख्य आकर्षण नै देउडा हुन्छ। यसको आगमनसँगै सुदूरपश्चिमका पहाड तराईमा देउडाका भाका गुञ्जिन थालेका छन्। उसो त अरु बखत पनि देउडा गाउने गरिन्छ।

पुस्तौंदेखि देउडा खेल्ने र त्यसमा रमाउने धार्मिक तथा साँस्कृतिक परम्पराले केही वर्षयता आफ्नो मौलिकता गुमाउँदै गएको भन्दै देउडाका सर्जक र अध्येतामा चिन्ता छाएको छ। पुस्तान्तरण हुँदै जाँदा र नयाँ पिढीमा पाश्चात्य मोहले मौलिक देउडा चेपुवामा पर्दै गएको अग्रजहरूको भनाइ छ।…

पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता
0 comment
0 FacebookTwitterEmail

एक दशकअघिसम्म बिरलै देखिने गिद्ध यतिबेला झुण्डमै देखिन थालेका छन्। सानो हुँदा गाउँको गौचरमा सिनो खान लुछाचुँडी गर्ने गिद्ध एक्कासि देखिन छाडेको स्मरण गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा तथा नेचर गाइड एशोसिएसनका संस्थापक अध्यक्ष ईश्वरराज पन्त भन्नुहुन्छ, ‘लामो अन्तरालपछि गिद्ध देखिन थालेका छन्।’

विश्वमै लोप हुन लागेको गिद्ध फेरी आकाशमा उडेका र सिनो लुछाचुँडी गरेको दृश्य देखिनु गिद्ध संरक्षणका लागि राम्रो संकेत भएको पूर्व अध्यक्ष पन्तको भनाई छ। ‘सुदूरपश्चिमलाई डाइक्लोफेनेक मुक्त घोषणा गरिएपछि यस्तो सम्भव भएको हो। त्यसयता गिद्धको संख्या पनि वृद्धि हुँदै आएको छ।’ पूर्व अध्यक्ष पन्तले प्रकृतिको कुचिकार मानिएको गिद्ध जोगाउन गरिएको निर्णयको सकारात्मक प्रतिफल औँल्याउँदै …

फेरि उड्न थाल्यो प्रकृतिको कुचिकार
0 comment
0 FacebookTwitterEmail

‘हात्तीले मर्छकाई लैग्यो लालझारीका केला…’ सुदूरपश्चिममा पछिल्लो पुस्ताले अझै स्मरण गर्ने देउडा गीत हो यो।

भारतीय संरक्षित क्षेत्रबाट नेपालको उत्तर चुरे फेदको ब्रह्मदेव हुँदै महाकाली नदि तर्ने हात्तीका लस्कर र तिनले गर्ने गतिविधिलाई छ यो गीतमा। कलाकार नवीन धामी भन्नुहुन्छ, ‘हात्तीले निरन्तर गर्ने ओहरदोहर र उसले आफ्नो बाटोमा गर्ने गतिविधिलाई गीतमार्फत उजागर गर्न खोजिएको हो। यो गीत नयाँ पुस्ताका निम्ति इतिहास हो हात्तीको मार्गबारे।’

अब त न हात्तीको त्यो लस्कर बाँकी छ न हात्ती हिड्ने कोरिडोर। उसको कोरिडोरभरि मान्छे नै मान्छे भए, त्यसैले त हात्ती बेलाबेलामा वितण्डा मच्चाउँछन् आफ्नो बाटो खोसिएकामा।

नेपालको सीमान्त पश्चिमी जिल्ला कञ्चनपुरको महाकालीपारिका दोधाराचाँदनीदेखि पूर्व दक्षिण …

0 comment
0 FacebookTwitterEmail

पुतली– कोही निक्खर काला, कोही खैरा। कोही सप्तरङ्गी, कोही एउटा गाढा रङका। पुतली शब्द सुन्ने बित्तिकै प्राय: सबैको मस्तिकमा फुलबारी र प्रकृतिको सुन्दरता स्मरण हुन्छ। बेग्ला–बेग्लै रङ र आकारमा घरआगन वरपर जताततै रङ्गी विरङ्गी पुतली देख्दा जो सुकैको मन हर्षित र आनन्दित हुन्छ।

प्रकृतिमा रमाएर उडिरहेका पुतली देख्दै आएका केही व्यक्तिले तिनका तस्विर र प्रजातिको खोजी गर्ने निधो गर्नुभयो। हुनत कामकाजका सिलसिलामा सधैंजसो संरक्षित क्षेत्रकै वरपर रहने उहाँहरूले वन्यजन्तुसँगै पुतलीका तस्बिर क्यामरामा कैद गर्दै आउनुभएको थियो तर संकलित तस्बिरमा रहेका पुतलीको नालीबेली यकिन थिएन। सौखका लागि खिचिएका तस्बिर अहिले एक पुस्तकमा संग्रहित छन्।

पुतली हेर्दा सुन्दर देखिने मात्र होइन यिनले …

शुक्लाफाँटाका पुतली पहिलो पटक पुस्तकमा
0 comment
0 FacebookTwitterEmail

केही वर्षअघिसम्म चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा चिनिएको कञ्चनपुर जिल्ला अचेल ब्राउन सुगर (खैरो हेरोइन) कारोबारको अखडा बन्दै गएको छ। ब्राउन सुगरका तस्कर, कारोबारी र प्रयोगकर्ताको जालो नै सीमान्त जिल्लाभरी फैलिएको पछिल्ला घटनाक्रम र तथ्याङ्कले उजागर गरेको छ। तस्कर, कारोबारी र सेवनकर्ता दिनैपिच्छे प्रहरीले समात्नुले लागूऔषधको जालोमा युवापिढी फस्दै गएका र यसले विकराल रूप लिँदै गएको समेत पुष्टि गरेको छ।

साउन ५ गते कञ्चनपुरको दक्षिणपूर्वी पुर्नबास नगरपालिका–११ अमरबस्तीमा तीनजना भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ परे। भारतबाट नेपाल आउँदै गरेका उनीबाट ७८ दशमलव ३७ ग्राम खैरो हेरोइन बरामद गर्‍यो। उक्त परिणाम अहिलेसम्मकै धेरै भएको प्रहरीको दाबी छ। तीन वर्षअघि एक …

‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर: चरेसबाट ब्राउन सुगरमा फड्को
0 comment
0 FacebookTwitterEmail

किसान नेताका सहिद भीमदत्त पन्तको ६९ औं स्मृति दिवस कञ्चनपुरसँगै उहाँको जन्मथलो डडेल्धुरा जिल्लामा हरेक बर्ष मनाउने गरिएको छ। कञ्चनपुरको भीमदत्त स्मृति पार्क, ब्रह्मदेव र बेलारी सँगै डडेल्धुराको बागबजारमा सहिद भीमदत्तको सालिकमा औपचारिक कार्यक्रमको आयोजना गरी साउन १७ गतेका दिन माल्यार्पण गरियो।

अहिले सालिकमा सीमित हुनुभएका सहिद भीमदत्त पन्तका बारेमा अन्यत्रको कुरा छोडौँ, उहाँको कर्मथलोका धेरै मानिसलाई थाहा छैन।  ‍

आखिर को हुन भीमदत्त? किन बन्यो उहाँको सालिक? भन्ने कुराबारे सबै अवगत हुनु आवश्यक भएको वताउनुहुन्छ अखिल नेपाल किसान महासंघ राष्ट्रिय समिति सचिवालय सदस्य खेम सुवेदी। सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहनुभएका सुवेदीले भन्नुभयो, ‘उहाँ किसान नेतामात्रै नभएर आर्थिक, सामाजिक, सांस्कृतिक …

किन सम्झने भीमदत्तलाई?
0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका रानाथारू समुदायले पुर्खौँदेखि साउने डोला अर्थात तीज पर्व मनाउँदै आएका छन्। तर, रानाथारू समुदायलाई यो पर्व जीवित राख्न अहिले सकस नै छ।

रानाथारू समुदायको परम्परागत प्रमुख चाडपर्वमध्येको एक पर्व हो, साउने डोला। समय परिवेशले गर्दा आधुनिकतातर्फ मोहित हुँदै गएको नयाँपुस्ताले पर्वको रौनक नै हराएको समुदायका पाकाको अनुभुति छ। पुर्खाले वर्षौँदेखि जीवित राखेको परम्परा र संस्कृति अहिले ओझेलमा पर्दै गएकोमा अग्रजहरू चिन्तित छन्। साउन तृतीयाका दिन भीमदत्त नगरपालिका –१४ र १६ मा स्थायी बसोबास गर्ने चार दर्जन बढी रानाथारू परिवारको समुदायका लागि स्वभाविक उदाहरण बन्यो, साउने डोला।

तीन दशकअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा भीमदत्त …

लोप हुन लाग्यो रानाथारूको साउने डोला
0 comment
0 FacebookTwitterEmail

थोरै क्षेत्रफलमा धेरै पाटे बाघ। नेपालका बाघ संरक्षित क्षेत्रमध्ये एक कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचान यही हो। त्यतिमात्रै नभएर विश्वसामु नेपालले गरेको प्रतिबद्धतासमेत शुक्लाफाँटाले त्यस अगावै पुरा गरिसकेको छ। त्यो हो, सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने।

प्रतिबद्धताको आठ वर्षमा नै शुक्लाफाँटामा बाघको संख्या दोब्बर भैसकेको थियो।  विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। जुन प्रतिबद्धता अनुरूप नेपालमा पनि बाघको बासस्थान रहेका संरक्षित क्षेत्रमा संरक्षणका गतिविधि तीव्र थालिएका हुन।

शुक्लाफाँटाका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार पछिल्लो …

0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिमको साँगीतिक पहिचान देउडाले नै बोकेको छ। देउडाका भाका गुन्जिँदा हुरुक्क हुनेको यहाँ कमी छैन्। त्यसमा पनि ठाडी भाखाका देउडा मनपराउने जमात अझैपनि छ। देउडाको मौलिक ठाडी भाखाबाटै चर्चाको शिखरमा पुगेका लोकप्रिय देउडा गायक हरिशचन्द्र कडायत बुधबार सदाका लागि अस्ताउनु भएको छ। देउडा गायक हरिशचन्द्रले देहलीला त्याग गरेपछि सुदूरपश्चिममा ठाडी भाखाको मेरुदण्डनै भाँचिएको छ।

‘कर्णालीका भेल, कालीको लड्कन्या माछो कर्णालीका भेल…।’ देउडा गायक हरिशचन्द्रको नाम लिनेबित्तिकै सबैले सम्झने चर्चित गीतहरू मध्ये एक हो यो। देउडा प्रस्तुतीमा ठेट शैलीका धनी हरिशचन्द्रको निधनको खबरले सुदूरपश्चिमको साँगीतिक क्षेत्रमा स्तब्धता छाएको छ। ठाडी भाखाका औँलामा गन्न सकिने देउडा गायकमध्ये हरिशचन्द्र एक हुनुहुन्थ्यो।

विकटमा जन्मिएको

भाँचियो ठाडी भाखाको मेरुदण्ड 
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved