Home » Archives for केदार सुवेदी » Page 2
Author

केदार सुवेदी

न्यायपरिषद्ले मुद्दामा नियतबस कैफियत गर्ने न्यायाधीशहरूमाथि धमाधम कारवाही गरीरहेकै बेला त्यही न्यायपरिषद्‌मा विशेष अदालतका पछिल्ला फैसलाहरूमाथि छानबिन गरियोस् भनी भ्रष्टाचारको प्रकृति र फैसलाको संक्षिप्‍त विवरण नै उल्लेख भएर साउनको सुरुमा उजुरी परेको छ। त्यसमा मृत्यु भएका व्यक्तिको वृद्धभत्ता कर्मचारीले लिएको भन्ने मुद्दामा सम्बन्धित व्यक्तिले उजुरी नहालेका भनेर सफाइ दिइएको उदाहरण पनि छ।

विशेष अदालतको अहिलेको टिम खडा भएको चार महिना भयो। २०७८ फागुन २३ देखि अध्यक्ष श्रीकान्त पौडेल र सदस्य न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बाँस्तोला, डा. खुशीप्रसाद थारूले विशेष अदालत चलाउन थाल्नु भएको हो। विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो टोलीले गएको आर्थिक वर्षमा कुल २६७ …

विशेष अदालतका न्यायाधीशविरुद्ध पनि उजुरी
0 comment
0 FacebookTwitterEmail

राज्य सञ्चालनमा रहेकाहरू यो असार १५ को धानदिवस मनाउने क्रममा हिलो छ्यापाछ्याप गरिहेका थिए, त्यही दिन  प्रहरीका एक पूर्व अतिरिक्त महानिरीक्षक राज्य संयन्त्रमा कसरी माफिया हावी भैरहेका छन् भन्ने जानकारी गराइरहेका थिए। अपराधकर्मको अनुसन्धान गर्ने निकाय भएकाले होला प्रहरी अधिकृतका अनुभव अरुभन्दा बढी आधिकारिक मानिनु स्वाभाविक पनि होला। त्यसमाथि यो उनको आफ्नै अनुभवको, आफैंले भोगेको  कुरा थियो।

विषय चाहिँ प्रहरी संगठनका नाममा हातहतियार खरिद गर्दा त्यसको खाँचो प्रहरीलाई भन्दा यो क्षेत्रका माफियालार्ई पर्ने गरेको सन्दर्भ हो जसले सम्बन्धित वस्तुको आवश्यकता पहिचान, बजेटको तर्जुमा, त्यसको निकासादेखिका सबैकुरा गराउँछन । सम्बन्धित अधिकृतले केवल हस्ताक्षर मात्रै गरिदिए पुग्छ।

दशवर्षअघिको करिब डेढअर्बको हतियार खरिद …

0 comment
0 FacebookTwitterEmail

ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गरिएको सरकारको एउटा निर्णयलाई केही दिनअघि (असार १५ गते) मात्रै सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।

त्यसको हप्दादिनमै एउटा सञ्चार माध्यम (न्यूज एजेन्सी नेपाल) ले सम्बन्धित व्यवसायीबाट गरिएको र गरिरहिएको जथाभावी ढुङ्गा, गिटी, बालुवा उत्खननका कारण कसरी नाङ्गिदैछन् वन र बस्ती भनेर तस्बिरसहितको दर्दनाक अवस्था प्रस्तुत गर्‍यो। त्यो काम अझै केहीसमय उनीहरूलाई यही रूपले गरिरहन दिइयो भने पहाड, नदीनाला, खोला वन र वस्ती केही बाँकी रहने छैनन्– सबै नाङ्गिने छन्। ती दृश्यले मानवता कुन तहमा हराउँदै छ भन्ने पनि बुझाउँछ।

खासगरी ललितपुरको टीकाभैरव, नल्लु, देवीचौर र लेले क्षेत्रमा देखिने नमुनाचित्रले …

प्रकृति दोहनमा सरकार– व्यवसायी मिल्दा अदालत आक्रोशित
0 comment
0 FacebookTwitterEmail

२०७५ सालको प्रारम्भमा चिनीको बजार मूल्य ६३ रुपैयाँ थियो । भारतमा भने ३३ भारु । त्यसबेला सरकारले ७० रुपैयाँ मूल्य तोकिदियो । संसद्मै विरोध भयो तर सरकारले सुनेन ।
यता नेपाली बजारमा भने त्यो वर्षको मध्यदेखि यही चिनीको १०० रुपैयाँ पर्न थाल्यो । यो वर्षको दशैं तिहारमा चिनी उल्लेखित अंकमा किनबेच भयो । छोटो समयमा यतिठूलो अंकमा मूल्य बढ्नुको कारण थियो दशैंको मुखमा चिनी आयातमा प्रतिबन्ध लगाइदिनु । यस्तो काम तत्कालीन प्रधानमन्त्री केपीशर्मा आमेलीको विशेष निर्देशनमा भएको थियो ।

यो निर्देशन त्यो वर्षको भदौ चौथो हप्ता (२३ गते) आएको थियो अर्थात् बढी खपत हुने चाडपर्वको मुखमा । यसले चिनीको बजार …

महँगी माफिया– सरकारले नै सहयोग गर्छ, बढाइदिन्छ मूल्य
0 comment
0 FacebookTwitterEmail

यो सरकारका अर्थमन्त्रीले पनि अत्यधिक कर लगाएको वस्तुमा पर्‍यो त्यही विजुली गाडी। पाँच दलीय सरकारको यो बजेटमा विगतका सरकारको भन्दा अलिक फरक र हुनै नहुने के भयो भने त्यस्ता सम्बन्धित व्यापारिक घरानाका प्रतिनिधिहरू नै करका दरहरू हेरफेर गर्ने ठाउँमा रातविरात प्रवेश गर्न पाए। साथै उनीहरूले मनमौजी यस्ता दरहरू आफ्नो कारोबारको वस्तुबाट हुने नाफाघाटासँग भिडाएर हिसाब गरी–गरी बजेट बनाइरहे। यता बजेटचाहिँ अर्थमन्त्री शर्माको नाममै आयो।

देशमा लामो समयदेखि चल्दै आएको माफियाराजको अन्त्य गर्ने मानिएको नेकपाको दुई तिहाइको सरकारले चारवटा बजेट ल्यायो तर यी चारवटै बजेटमा करका दरहरू उच्चदरमा परिवर्तन भइरहे। यस्तो हेरफेर वर्षमा दुई पटक समेत भयो।

२०७७ सालको बजेट त्यो …

नाम अर्थमन्त्रीको काम माफियाको
0 comment
0 FacebookTwitterEmail

कसरी हुन्छ माफियाको प्रवेश: नमुनामा दुई बजेट

पाँचदलको गठबन्धनमा बनेको सरकारमा माओवादीको कोटाबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा माथि चालु वर्षको बजेटमा करका दर हेरफेर गर्दा व्यापक घोटाला गरेको आरोप लागेको छ । यस्तो काम बजेट आउने दिन राती मन्त्रीकक्षमा अनधिकृत व्यक्तिको उपस्थिति र उनकै सुझावमा हेरफेर गरिएको भन्ने विवरण आयो जो बजेट निर्माणका सन्दर्भमा चाहिँ नयाँ हो तर करका दर हेरफेरमा अर्थमन्त्री कुनै न कुनै व्यावसायिक समूहको लाभहानीको लोभमा पर्ने गरेको उदाहरण विगत देखिकै छन् ।
चालुवर्षको बजेटमा जस्तो आरोप लाग्यो मन्त्रीले त्यसको तर्कसंगत जवाफ दिन सकेनन् तर पनि संसद्‌मा माग भएको संसदीय छानबिन समिति गठन नभई बजेट पारित भयो …

देश माफियाको चंगुलमा, मुक्ति पाउन कठिन १
0 comment
0 FacebookTwitterEmail

जति ठूला दल र नेता त्यही मात्राको झुठ बोल्दा रहेछन् भन्ने सत्य स्थानीय निर्वाचनका क्रममा प्रकट भएको छ। यस्तो झुठो दाबी गर्नेमा सबैभन्दा अग्रस्थानमा देखिनुभएको छ एमालेका अध्यक्ष केपीशर्मा ओली । सुदूर पूर्व इलामको चुलाचुलीमा होस् कि सूदूर पश्चिम कैलालीको बौनियामा। त्यहाँका सार्वजनिक सभामा उहाँले आफ्नो सरकारले गरेका भनी विकास निर्माणको कामको जस्तो चित्र प्रस्तुत गर्ने गर्नु भएको छ ती वास्तविकतासँग कतै मिल्दैन।

पछिल्ला दिनमा केपीले दिएको नारा हो ‘देश विकास गर्नका लागि एमालेको बहुमत’। चुनाव जित्न कुनै पनि नेताले आफ्नो लक्ष्य देशको  विकास  गर्नु नै हो भनेर बताउनु स्वाभाविक हो तर जितेपछि आफूले त्योबेला केके गरियो भनेर नागरिक समक्ष …

झुटो बोल्दै, नगरेको कामको जस लिँदै ओली
0 comment
0 FacebookTwitterEmail
  • “हाम्रा जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।”
  • “हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारवाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन्।”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनका सन्दर्भमा यो साता जारी गरेको संकल्पका दुई बुँदा हो यो।

अब एमालेको घोषणापत्र हेरौं। यसको पृष्ठ ४५, बुँदा ७ मा भनिएको छ -“हाम्रा जनप्रतिनिधिहरूले सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने छन्।”

उपाध्यक्ष पौडेल त बालुवाटारको जमिन हडपेकोमा प्रसिद्ध हुनुहुन्छ नै। यही नेर जोडिने अर्को काण्ड हो- सरकारी निकाय नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण (रिसोर्ट) को २८ सय रोपनी जमिन। …

एमालेको संकल्प, घोषणापत्र, यति र कानुन नै बनाएर गरिएको भ्रष्टाचार
0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्रीको एउटा तोकले अर्थतन्त्रमानै अनर्थ हुने खतरा बढेको छ। विज्ञहरूका अनुसार  यो एउटा तोक देखाएर नै देश कालो सूचीमा पर्न सक्छ। यस्तो थियो अर्थमन्त्रीको त्यो तोक- ‘सचिव ज्यू के कति कारणले खाता रोक्का भएको हो, स्पष्ट जानकारी माग गर्न र साथै खाता खु्लाउन अनुरोध गरी पठाउने।’

त्यसलाई नमान्दा गभर्नर नै निलम्बनमा परिसकेका छन। देश भित्रै यो एउटा तोकले यस्तो अस्वाभिाविक घटना प्रकट गर्‍यो भने यसले अन्तर्राष्ट्रिय क्षेत्रमा के गर्ला भन्ने प्रश्न उठने भयो नै। यो देशभित्रको मात्रै कुरा होइन। यसमा संसारनै जोडिन आउछ।

सन्दर्भ हो विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको तर स्रोत नखुलेर राष्ट्र बैकको अनुशन्धानमा परेको शंकास्पद ४० …

अर्थमन्त्रीको एउटा तोकले अर्थमा अनर्थ – देश कालोसूचीमा पर्ने खतरा
0 comment
0 FacebookTwitterEmail

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पछिल्लो समय आफ्नो दुइतिहाइको सरकारको प्रचारमा हुनुहुन्छ। त्यो प्रचारको एउटा प्रमुख विषय हुनेगरेको छ – भ्रष्टाचार। पछिल्लो समय ओलीका यी चुनावी भाषणहरूमा सर्वाधिक प्रयोगमा आइरहेको एउटा सस्था ‘गिनिज बूक’ हो जो पटकपटक नै दोहोरिरहने गरेको छ। त्यसमा पहिले आफुले गरेको विकास निर्माणको कुरा हुन्थ्यो। ओलीले आफ्नो कालमा भएका विकास निर्माणका काम ‘गिनिज बूक’ मा लेख्न रिपोर्ट गरियो भने त्यो नेपालको यो कामले मात्रै भरिनेछ भनेर पनि वताउनु भयो। त्यसमा पछिल्लो समय भ्रष्टाचार विरुद्धको ‘अभियान’ पनि जोडिन थालेको छ। चैत्रको तेस्रो हप्ता सुदूरको जिल्ला वाजुराको सदरमुकाम र यसको अघिल्लो हप्ता सुदूर पूर्वक इलामको सदरमुकाममा आयोजित आमसभामा …

ओलीका गिनिजबुके गफ र भ्रष्ट्राचार
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved