Home » Archives for डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) » Page 3
Author

डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)

के हो स्वर्ण प्राशन ?
स्वर्ण प्राशन संस्कृत शब्द हो । स्वर्ण अर्थात् सुन र प्राशन भनेको प्रयोग विधि हो । बालरोग सम्बन्धी आयुर्वेदीय ग्रन्थ, ‘कश्यप संहिता’का अनुसार बच्चाहरूमा प्राथमिक रूपमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सुन मिश्रित औषधिको प्रयोग हो । प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चटाउनु वा खुवाउनु स्वर्ण प्राशन विधि हो । यही औषधीलाई थोपाको रूपमा खुवाउनुलाई स्वर्ण प्राशन बिन्दु भनिन्छ । स्वर्ण प्राशन नेपाली एवं भारतीय समाजमा प्राचीन एवं परम्परागत रूपमा बच्चाहरूलाई गराइने १६ संस्कार मध्येको एक संस्कार पनि हो । यसलाई आयुर्वेदीय खोप पनि भन्ने गरिन्छ।
स्वर्ण प्राशनमा सुनको भष्म, मह (रसायन) र औषधयुक्त घ्यू मिश्रित हुन्छ …

इम्युनिटीवर्धक खोप: आयुर्वेदीय स्वर्ण प्राशन
0 comment
0 FacebookTwitterEmail

अहिले गृष्म र वर्षा ऋतुको समय हो । आयुर्वेदको मान्यता अनुसार यस ऋतुमा मान्छेको शरीरबल र मनोबल निकै कमजोर हुन्छ । सामान्य जीवनशैलीमा थोरै मात्र हेरफेर हुँदा पनि त्यसलाई शरीरको कमजोर बलले सन्तुलन गर्न सक्दैन र शरीरमा गडबडी भई रोग देखिन्छ । कमजोर बल भएको यस अवस्थामा बालबालिकाहरू रोगप्रति थप संवेदनशील हुन्छन् । त्यसैले अनेक कारणले यस ऋतुमा ठूला मानिस तथा साना बालबालिकाहरू पनि अन्य समय भन्दा बढी बिरामी हुने गर्दछन् ।
गर्मी मौसममा खाना र पानीको सन्तुलन वा खानपानशैली नमिलेर पनि बालबालिकाहरूमा सामान्यत दिसा पातलो आउने, दिसामा रगत देखिने, अनि बान्ता पनि गर्नेजस्ता समस्या देखा पर्न सक्छन् । त्यससँगै …

भ्रममा नपरौं, गाईको दुध नै ठिक
0 comment
0 FacebookTwitterEmail

मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी आदि) जस्तो लाग्दछ । आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो ।

 

 

अहिले विश्वव्यापी रूपमा आयुर्वेद उपचार पद्धतिको लोकप्रियता उचाइमा छ। आयुर्वेदप्रतिको आशा र भरोसाले यसका प्रयोगकर्ताहरू बढेका छन्, फलत: यसको व्यपार पनि बढेर गएको छ। आयुर्वेदको बढ्दो व्यपारसँगै यसप्रतिको विश्वास जुन रूपमा बढ्नु पथ्र्यो त्यो भने हुनसकेको छैन। किनभने आयुर्वेदका बारेमा छरिएका अनेकन भ्रम र अन्धविश्वासले यसो हुन दिइरहेको छैन।
विज्ञान र प्रविधिको मदत लिएर साह्रै उपयोगी र कामै नलाग्ने पत्रु सामग्रीको समेत प्रचारप्रसार भइरहेको हामीले थाहा पाएकै छौं। अर्थात् वैज्ञानिक आधार नै भएका सामग्री …

आयुर्वेदिक औषधिको साइड इफेक्ट हुँदैन भन्ने विश्वास नै अन्धविश्वास हो
0 comment
0 FacebookTwitterEmail

शरीरमा जमेर रहेको अतिरिक्त बोसोलाई प्राकृतिक रूपमा काट्ने अद्भूत क्षमता पनि बेसारमा रहेको पाइएको छ। मोटोपन भएका व्यक्तिहरूले खानामा बेसारको नियमित सेवन गर्दा शरीरको अनावश्यक बोसो घटाएर शरीर सुडौल र सुन्दर बनाउँछ। यसले कोलेस्ट्रोल लेभल पनि नियन्त्रण गर्न सहयोग गर्दछ।

मसलाको रूपमा बेसार प्रायः सबैले खाएको हुनुपर्छ। बेसार अदुवाको ढाँचाको बोट हुने र जमिनमनि त्यस्तै छाँटले फल्ने कोट्याउँदा पहेंलो देखिने एक कन्द हो। यसको बोट नदेख्नेले पनि दाल तरकारीमा हाल्न राखिएको बेसारको धुलो त सबैले देखेकै हुन्छन्। सबैलाई यो कस्तो हुन्छ भन्ने थाहा छ तर यसको अदभूत औषधीय गुणको सत्यतथ्ययुक्त प्रमाणिक विवरण धेरैलाई थाहा नहुन सक्छ आज त्यही बेसार– प्रसङ्ग …

स्वाद र स्वास्थ्यको सारः बेसार
0 comment
0 FacebookTwitterEmail

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रूपमा चिन्तन र चर्चा गरिएको विषय हो– अनुपान (अनुः पश्चात, पानः खाना वा औषध सेवन) । अनुपान भनेको त्यस्तो खानपन जुन मूल खानपान वा औषधी खाएपछि खाइन्छ । आयुर्वेद विज्ञानमा अनुपानलाई आर्युवेदिक औषधिमा एक औषधिका साथसाथै मिसाइएको कुनै अर्को औषधि वा खाद्य वस्तु भनेर बुझिन्छ । अर्थात् मूल खानपान सँगसँगै वा अन्य निश्चित समयमा औषधिको ठिक्क अड्कलिएको मात्रा भनेर पनि बुझ्न सकिन्छ ।
सामान्य तवरले बुझ्नका लागि यसको उदाहरण हेरौं । सामान्यतः रुघा वा खोकी लाग्दा मरिचको घुलो सेवन गरिन्छ, जसलाई महसँग राखेर चाटिन्छ । त्यस्तै आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश …

के हो अनुपान र बिरुद्धपान ?
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved