Home » Archives for डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) » Page 2
Author

डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)

अन्धविश्वास र विश्वास दुवैको जग वस्तुगत हुँदैन। दुबै कुरा विषयगत हुन्। भौतिक विज्ञानमा दुवै विषय स्वीकार्य विषय होइनन्। भौतिक विज्ञानले पदार्थको सत्ता वा वस्तुगत जगबाहेकका सबै विषयहरूलाई अवैज्ञानिक मान्दछ।

समाजशास्त्र पनि विज्ञान हो, विषयगत विज्ञान। समाजशास्त्रमा अन्धविश्वास र विश्वास दुवै स्वीकार्य विषय हुन्। दुवैलाई दृष्टिकोण मानिन्छ। दुवैलाई सिद्ध वा असिद्ध गर्न तर्क, तथ्य एवं तथ्याङ्क भए पुग्छ। एउटा व्यक्ति वा समूहलाई कुनै अभ्यास (विषय) तर्क, तथ्य र तथ्याङ्कको आधारमा अन्धविश्वास लाग्नसक्छ भने त्यही अभ्यास (विषय) अर्को तर्क, तथ्य र तथ्याङ्कको आधारमा विश्वास हुनसक्छ। तसर्थ अन्धविश्वास र विश्वास दुवै वैयक्तिक एवं विषयगत विषय मात्र नभएर सापेक्षित विषय …

अन्धविश्वासको आवरण र विश्वासको धरातल बीच धामीझाँक्री र झारफुक चिकित्सा
0 comment
0 FacebookTwitterEmail

यस धर्तीमा अनेक प्राणी बसेका छन्। तीमध्ये मान्छे मात्र एउटा त्यस्तो प्राणी हो जसले टाउको मुनि सिरानी राखेर सुत्छ। हिजो आज सिरानी टाउकोमा मात्र होइन घुँडाका बीचमा राख्ने सुत्ने चलन पनि छ। मान्छेबाहेक अन्य कुनै पनि जनावरले सिरानी राखेर सुतेको आजसम्म देखिएको छैन। आखिर मानिसले मात्र किन सिरानी राखेर सुत्छ त ? विना सिरानी सुत्दा के हानी हुन्छ ?

मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । त्यसो भए सिरानी बिना सुत्न सकिएला कि नसकिएला ? सिरानी नभए पनि म निदाउँछु भनेर सोच्ने मानिस कति होलान् ? सामान्यत: सुत्नुअघि नै मानिसले सिरानी खोई भन्न थालिहाल्छ। सिरानी बिना त निन्द्रा नै लाग्दैन …

0 comment
0 FacebookTwitterEmail

छाला, कपाल, नङ, ओठ आदिलाई कृत्रिम तरिकाले सुन्दर देखाउनु वा सिँगार्नुभन्दा प्राकृतिक रूपमै स्वस्थ बन्नु हरेक दृष्टिले उत्तम हो। आयुर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रिस्तम्भ भनिन्छ। यी तीन चिजको सन्तुलित एवं गतिशील अभ्यासबाट आरोग्यसँगै दिगो सुन्दरता पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। अस्वस्थ मान्छे सुन्दर भएर पनि दुखी हुन्छ। स्वस्थ मान्छेलाई बाहिरी सुन्दरता नभए पनि खुशी भएर बाँच्न सक्छ। स्वास्थ्य प्राथमिक विषय हो भने सुन्दरता सहायक।

आहार

भोजन जीवनको लागि हुन्छ नकि जीवन भोजनका लागि। सामान्यत भोजनले ३ थरीको कार्य गर्दछ: पहिलो शारीरिक कार्य (शरीर निर्माण, ऊर्जा प्रदान, सुरक्षा,

दिगो सुन्दरताको आधार: आयुर्वेदका त्रिस्तम्भ
0 comment
0 FacebookTwitterEmail

एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो । पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन । एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन । खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन । काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो ।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन् । व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन् । पकाइएको केही परिकार प्याक गरेर राखिन्छ । यसरी एकपटक बनेको खानालाई …

फर सेल वन्ली इन नेपाल: प्रशोधित खानेकुराको लतमा नेपाली समाज
0 comment
0 FacebookTwitterEmail

वनस्पति र मानवबीचको अन्तरक्रियासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ‘इथ्नोबोटनी’ भनिन्छ। कुनै पनि स्थान विशेषमा पाइने वनस्पतिहरूको तथ्य एवं तथ्याङ्क संकलित पुस्तकलाई ‘फ्लोरा’ भनिन्छ।

उपलब्ध भएजति सबै वनस्पति ‘औषधीय वनस्पति’ (जडीबुटी) को रूपमा प्रयोग हुँदैनन्। आधुनिक अनुसन्धानबाट स्थापित, परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधीको रूपमा प्रयोग हुने वनस्पतिहरूलाई मात्र जडीबुटीको रूपमा प्रयोग गरिन्छ।

परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधीको रूपमा विभिन्न जाति जनजाति विशेषले प्रयोग गर्ने वनस्पतिहरूको जैवरसायनिक औषधीय तत्त्वसँग तुलनात्मक अध्ययन गर्नुलाई ‘इथ्नोमेडिसिन’ भनिन्छ। हिजोआज आयुर्वेदीय ग्रन्थहरूमा उल्लिखित औषधीय वनस्पतिहरूको ‘इथ्नोमेडिसिनल’ पक्षको अध्ययन व्यापक रूपमा भइरहेको छ।

पृथ्वीमा लगभग १० लाख बढी जनावर र लगभग ५ लाखभन्दा बढी …

0 comment
0 FacebookTwitterEmail

आयुर्वेदिक औषधिले ढिलो काम गर्छधेरैले यो कथन सुन्दै सुनाउँदै आएका छन्। यो विश्वासको हो वा भ्रम? यसको मापन आधार के होला? यस पटक यही विषयमा केन्द्रित सामग्री प्रस्तुत गरेको छु।

आयुर्वेदिक औषधिहरू ढिलो काम गर्छन् भन्दै गर्दा सोचनीय विषय के हो भने कति समयलाई ढिलोभनिएको हो वा कति समयमा काम गर्यो भने छिटोगरेको मानिएला ? वैज्ञानिक दृष्टिमा यो ढिलो र छिटो भनेको तुलनात्मक विषय हुन्। यो निरपेक्ष कुरा होइन। यसलाई सामान्यीकरण गरेर जनविश्वास निर्माण गरिनु गलत छ।

आयुर्वेदिक औषधीले ढिलो काम गर्छ भन्ने विषयको बहस एलोपेथी औषधिसँग तुलना गर्न …

आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ?
0 comment
0 FacebookTwitterEmail

तालि बजाउनु विश्वव्यापी रूपमै सहज मानवीय अभ्यास हो। भजन कीर्तनमा ताली बजाउनु धार्मिक संस्कार हो। हिन्दु, ईसाई, ईस्लाम, सिख, बौद्ध आदि सबै धर्ममा ताली बजाउने चलन रहेको पाइन्छ। भजन कीर्तनमा ताली बजाउनुलाई शुभ सूचक
मानिन्छ। सांगीतिक धुनको लागि पनि तालि बजाइन्छ। खुसी साझा गर्न एवं अरुलाई उत्साह वा शुभकामना दिँदा पनि तालि बजाउने अभ्यास हामी कहाँ छ।
तालि बजाउनु, हेर्दा सानो शारीरिक क्रिया जस्तो देखिन्छ। त्यसलाई धेरैले सचेत रूपमा अभ्यास गरेको हुँदैन। केहीलाई तालि बजाउनु व्यर्थ जस्तो लाग्छ। अरुले गडगडाहट ताली बजाइ राख्दा पनि धैरे मान्छ हात जोडेर शान्त भएर बसेका हुन्छन्। त्यस्ता व्यक्तिलाई उत्साहहीन मान्न सकिन्छ।
ताली बजाउनुको अर्थ …

ताली बजाउनुहोस्, रोग निको पार्नुहोस् !
0 comment
0 FacebookTwitterEmail

पदार्थको सत्ता अस्तित्त्वमा राख्न फरक फरक धर्म भएको इलेक्ट्रोन, प्रोटोन र न्युट्रन मिलेर अणुभित्रको गतीशीलता कायम गराएको हुन्छ । त्यसैगरी स्वस्थ शरीरको सत्ता कायम गरी राख्न फरक फरक क्रियात्मक क्षमता भएका वात, पित्त र कफले समन्वय गरी शरीरमा गतीशीलता कायम  गरिरहेको हुन्छ । वात, पित्त र कफ (त्रिदोष) आयुर्वेदको आधारभूत सिद्धान्त हो । शरीरमा त्रिदोषको सन्तुलन भइरहे व्यक्ति स्वस्थ हुन्छ, असन्तुलन भए अस्वस्थ बन्छ ।

       वात भनेको सामान्य अर्थमा वायु हो । वायुलाई नै प्राण शक्ति पनि भनिन्छ । फरक फरक कर्तव्य गर्ने १० प्रकारका वायुहरूले शरीरलाई जीवन्त एवं गतिशील बनाइरहेको हुन्छ । मनुष्यको शरीर या …

स्वस्थ बर्सात, आयुर्वेदको साथ
0 comment
0 FacebookTwitterEmail

शरीर ढाक्नलाई कपडा लगाइन्छ। पहिले पहिले शरीर ढाक्नलाई सहज र सफा लुगा भए पुग्थ्यो। विस्तारै मानिसलाई त्यतिले मात्र पुगेन कपडा लगाएपछि राम्रो पनि देखिनुपर्छ भन्ने भयो। मानिसको सोच परिवर्तन हुँदै गयो। जब शरीरलाई सुन्दर देखाउन वा अरुलाई आकर्षित गर्न कपडा लगाउन थालियो तब त्यहाँ सहजता कमै मतलवको विषय हुनथाल्यो।

हामीले लगाउने लुगाहरू मोजा, पेन्टी, गञ्जी, ब्रा आदि प्राय:ले लगाउने भित्रि पहिरन हुन्। जुन शरीरको छालाको प्रत्यक्ष सम्पर्कमा रहन्छन्। यी भित्री पहिरनहरू छालाको स्वास्थ्य र मानसिक स्वास्थका दृष्टिले निकै संवेदनशील हुन्छन् तर प्राय:ले यसबारे ध्यान पुर्‍याएका हुँदैनन्। भित्री पहिरन अरुले देख्ने होइनन् भनेर जस्तो सुकै भए पनि चल्छ …

मोजा, पेन्टी, गञ्जी र ब्रा पनि तनावको कारक
0 comment
0 FacebookTwitterEmail

अङ्ग्रेजीमा एउटा उखान छ– ‘एभ्री इफोर्ट्स काउन्टस्’ अर्थात् हरेक प्रयासले अर्थ राख्छ। यसलाई आधार मान्दा पनि हामी भन्न सक्छौं– हामीले गर्ने कुनै पनि क्रियाकलापको मूल्याङ्कन भइरहेको हुन्छ र त्यसले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ। कुन क्रियाकलापले हाम्रो जीवनमा के प्रभाव पारिरहेको छ त्यसको जानकारी प्राप्त गर्न हामी कति सचेत भएर बाँचिरहेका छौं भन्नेमा भरपर्छ।

जीवनमा स–साना अभ्यास वा बानी व्यहोराले पनि ठूलो परिवर्तन ल्याइरहेको हुन्छ। हामीले लगाउने चप्पलजुत्ताले स्वास्थमा खासै केही फरक पर्दैन भन्ने आम नागरिक बुझाइ छ। यो बुझाइ गलत छ। हामीले लगाउने  चप्पलजुत्ताले स्वास्थ्यमा धेरै खालका सकारात्मक र नकरात्मक प्रभाव पारिरहेका हुन्छन्। चप्पलजुत्ता पैताला वा खुट्टालाई सुरक्षा दिने …

गलत जुत्ताचप्पलः बिग्रिन्छ ज्यान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved