नेपालमा कुनैबेला अधिकांशले सकेसम्म पहाडतिर भात र तराईतिर रोटी खाने गरेको पाइन्थ्यो। दैनिक साँझ बिहानै खाइने भात र रोटी नेपालीहरूको मूल खाना थियो। अहिले तराईतिर रोटी खानेहरूले पनि भात नै खान थालेका छन्। भात वा रोटी नेपालीहरूले बच्चैदेखि खाँदै आएकाले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तब सम्म तृप्त भएको ठान्दैनन्। अरु जे जे खाए पनि तृप्तिका लागि भात वा रोटी नै खाने गर्दछन्।
अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ। पेटभरि भात नखाइ राम्रोसँग निन्द्रा नै लाग्दैन भन्नेहरू पनि थुप्रै छन्। घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि मुख्य खानामा भात खाएरै रमाउँछन्। भात विना एक–दुई दिन …
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)
एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।
अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, …
केक काट्ने संस्कृति पश्चिमबाट नेपालमा भित्रिएको हो भन्ने विषय अधिकांशलाई थाहा छ। यो संस्कृति अहिले नेपाली संस्कृति कै रूपमा शरहदेखी गाउँगाउँ (जनस्तर) सम्म अभ्यास भइरहेको छ। दैनिक लाखौंको केकको व्यापार हुने गर्दछ। बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ। यो केक कल्चरको अभ्यास केहीले रहरले गरिरहेका छन् भने केहीले बाध्यतावश। घरघरमा केक काट्ने संस्कृति फेसनका रूपमा अभ्यास भइरहेको छ। धेरैलाई असहज लागे पनि यो अभ्यास दिनानुदिन नेपाली समाजमा बढिरहेको छ।
सानो सानो बच्चाबुच्चीले पनि हिजो आज जन्मदिन आउनु ६ महिना पहिलेदेखि नै आफ्नो जन्मदिनमा केक काट्ने कुराको चर्चा गर्छन्। आफ्ना …
विश्व बजारमा अनेक किसिमका खाद्य तथा औषधीय उत्पादनहरू पाइन्छन्। केहीको प्रयोग गर्न मिल्ने अवधि वर्षौंको हुन्छ भने केहीको हप्ता दिन भन्दा पनि कमको। किन यस्तो ? प्रयोग गर्ने अवधि निश्चित गर्नुको प्रयोजन के होला ? के यहाँलाई थाहा छ ?
खाद्य तथा औषधीय उत्पादनहरू मानव जीवन र स्वास्थसँग प्रत्यक्ष जोडिएको हुन्छ त्यसैले प्रयोग गर्ने मिति खाद्य तथा औषधीय उत्पादनहरूमा अनिवार्य रूपमा उल्लेख गर्ने कानुनी बाध्यता छ। उत्पादनमा उत्पादकद्वारा प्रयोग गर्न मिल्ने अवधि उल्लेख गर्नुपर्ने विश्वव्यापी कानुनी प्रावधान र उपभोक्ता अधिकारसँग सम्बन्धित हुन्छ। यसबाहेक खाद्य तथा औषधीय उत्पादनहरूको सुरक्षा सुनिश्चिताको विषय पनि हो।
हरेक खाद्य तथा औषधीय उत्पादनहरू फरक फरक प्रकृतिका …
आजभोलि हिन्दूधर्मावलम्बीहरू दशैंको रमाइँलोमा झुमिरहेका छन्। अधिकांश वृद्धवृद्धा पूजापाठमा मग्न छन्। धेरै उमेरदारलाई भने घुमघाम र खानपानको परिकार बनाउने, खाने र खुवाउने कार्यमा तल्लिन छन्। कसैलाई पूजापाठको आनन्द कसैलाई खानपिनको रमाइलो। धेरैजना त रक्सी र मासुकै आकर्षणले पो तानिएका छन् कि झैं देखिन्छ। जे होस्, दसैंमा रमाइँलोका लागि प्राय: धेरैले छाकैपिच्छे मासु खाने गर्दछन्। मासुसँगै रक्सी पिउनेहरूको संख्या पनि कम हुँदैन। रक्सी मात्र अधिक पिउनाले स्वास्थमा तत्कालै समस्या आउन सक्छ तर रक्सीको साथमा सितन मिलाएर खाए प्रत्यक्ष नकारात्मक प्रभावबाट धेरै हदसम्म बच्न सकिन्छ। दशैंको बेलामा यस विषयमा सबै सजग बन्नु जरूरी देखिन्छ।
रक्सीसँग सामान्यत: माछामासु नै सितन खान मानपराएको पाइन्छ। …
काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।
डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।
एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …
बडादशैं संघारमै आइसकेको छ। सबैको ध्यान यसपालीको दशैं कसरी विशेष बनाउने वा रमाइलोसँग मनाउने भनेर योजना बनाउनमा केन्द्रित छ।
दशैं भनेको उपासनाको पर्व हो। विजय र हर्ष उल्लासको चाड हो। उपासनापछि हरेक व्यक्तिमा नयाँ जोस, जाँगर, उत्साह, ओज र तेजको अवतरण भए मात्र सही अर्थमा उपासना गरिएको सावित हुन्छ।
दशैंको समयमा नयाँ पुस्ताको ध्यान पूजापाठ गर्नेमा भन्दा पनि नयाँ–नयाँ कपडा किन्ने, साथीभाइ तथा आफन्तजनहरू भेट्ने र रमाइलो गर्नेमा केन्द्रित हुने गरेको पाइन्छ। रमाइलो गर्न आम रूपमा स्वादिलो खानपान र मदिरा सेवन गर्ने चलन त छँदैछ। धेरैले दशैंलाई मासु र मदिरा पिउने अवसरका रूपमा समेत पर्खिरहेका हुनसक्छन्। वस्तुत: दशैं मनाउने शैली …
नेपालीहरूको महान चाड दशैं आउनै लागेको छ। दशैंमा मिठो खानु पर्छ वा खान पाइन्छ भन्ने सोच र अपेक्षा आम मानिसको हुन्छ। खाना स्वादिलो बनाउन विभिन्न खालका मसलाको अधिक प्रयोग गरिन्छ। जसले गर्दा मिठो खाने चक्करमा चाडपर्वका बेला धेरै मानिस बिरामी हुने गर्दछन्। मसलाहरूको प्रयोग सही रूपमा गर्न जानिएन भने यसले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्याउँछ।
अन्यत्र भन्दा नेपाल र भारतमा मसलाको प्रयोग अधिक हुने गर्दछ। मसलाको प्रयोग नेपाली एवं भारतीयहरूको संस्कार एवं संस्कृतिकै रूपमा रहेको छ। मसलाहरू स्वास्थ्यका लागि हानिकारक हो कि स्वस्थकर ? भन्ने प्रश्न पनि धेरैको मनमा होला। मसला स्वस्थको लागि हानिकारक नै हुन्छ भन्ने धारणा पनि हुनसक्छ। यसको …
काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।
डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।
एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …
खाना आफैंमा कुनै धर्म होइन। खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो। यद्यपि खाना धर्म संस्कृति आदिसँग पनि जोडिन्छ। जसलाई खानाको धार्मिक सांस्कृतिक पाटोको रूपमा अथ्र्याइन्छ। फेरि पनि खाना कुनै धर्मको अंग होइन, यो केवल ऊर्जाको स्रोत हो– शरीरको, मनको र जीवनको।
पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक अजैविक पदार्थमा औषधीय गुण हुन्छ। जसलाई कुनै न कुनै रूपमा औषधि बनाएर प्रयोग गर्न सकिन्छ तर ती सबै पदार्थलाई खानाको रूपमा प्रयोग गर्न सकिदैन। कुनै पनि चिजलाई खानाको रूपमा प्रयोग गरिनु र औषधीको रूपमा प्रयोग गरिनु फरक फरक दृष्टिकोण र अभ्यास हो।
प्राचीनकालदेखि नै वैदिक समाजले दैनिक खानपिनमा प्याज …