Home » Archives for नवराज पनेरु/डडेल्धुरा
Author

नवराज पनेरु/डडेल्धुरा

रासनमा हुने घोटलाको सूचना मिडियासम्म पुर्‍याएको आरोप खेपिरहेका सशस्त्र प्रहरी बलको ४४ नम्बर गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्।

हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको भन्दै जन्मकैदको मागसहित मुद्दा खेपिरहेका शाहुले सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाएका हुन्। सशस्त्र प्रहरी बल नेपाल, नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख, डिआइजी दुर्गाप्रसाद भट्टराइले शाहुले बुधबार मात्रै विशेष अदालतबाट सफाइ पाएको पुष्टि गर्नुभयो।मुद्दाबाट हवल्दार शाहुले सफाइ पाएका छन्,’ डिआइजी भट्टराइले भन्नभयो, ‘विभागिक कारबाही भने अझै पनि हुनसक्छ।

४४ नम्बर गणका तत्कालिन गणपति सशस्त्र प्रहरी उपरीक्षक

सशस्त्र प्रहरीको बेथिति उजागर गर्ने हवल्दारले पाए सफाइ 
0 comment
0 FacebookTwitterEmail

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टको जिम्मेवारी खोसिएको छ। आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता गरेको आरोप लागेका एसपी बिष्टको जिम्मेवारी खोसिएको हो। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डिआइजी दुर्गाप्रसाद भट्टराईले बिष्टको जिम्मेवारी खोसिएको पुष्टि गर्नुभयो। ‘गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय तानेर छानबिन सुरु गरिएको छ,’ डिआइजी भट्टराईले भन्नुभयो, ‘अहिले नै त्यसबारे धेरै भन्न सकिदैन।’ ४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा १ सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ। रासनमा अनियमितता गरेको आरोप …

हवल्दार नरेशसिंहलाई बिचल्लीमा पार्ने रासनकाण्डः एसपीको जिम्मेवारी खोसियो
0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको बेलौरी नगरपालिका–१०, सडकघाटका हरिलाल चौधरीको १५ कट्ठा जग्गा सीमा क्षेत्रमा छ। उहाँका बुवाले ०२४ सालदेखि उक्त जग्गा भोगचलन सुरु गर्नुभएको थियो । चौधरीसँग जग्गाको लालपुर्जा पनि छ। यसपटक भने भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चौधरीलाई खेत जोत्न दिएन। ‘०२४ सालदेखि भोगचलन गर्दै आएको जग्गा एसएसबीले जोत्न दिएन,’ चौधरीले भन्नुभयो– ‘यस्तो समस्या मेरो मात्रै होइन धेरैको छ। लालपुर्जा भए पनि यहाँ ४/५ जनाले जग्गा भोगचलन गर्न पाएका छैनन्।’ सो क्षेत्रमा मात्रै लालपुर्जा भएको ४ बिघा जग्गा अहिले आएर एसएसबीले उपभोग गर्न रोक लगाएको छ। चौधरीका अनुसार एसएसबीले हामीसँग भएको नक्सामा यो जग्गा भारतमा परेकाले रोक लगाएको बताउने गरेको छ …

खेतमात्र होइन नेपालको प्यारा ताल नै भारतमा
0 comment
0 FacebookTwitterEmail

सामान्य कुराकानीका क्रममा मित्रता बढेपछि सशस्त्रका वरिष्ठ हवल्दार नरेशसिंह साहुले सिपाहीहरूको हाजिरी विवरण पत्रकार सन्तोषसिंह ठगुन्नालाई दिनुभएको थियो। सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिका बारेमा समाचार आएपछि भएको अनुसन्धानका क्रममा पत्रकार सन्तोषसिंहले आफ्नो समाचारको एउटा पाटोका श्रोत नरेशसिंहको सुरक्षा त गर्नु भएन नै समाचारका अरू पाटोको श्रोत पनि वरिष्ठ हवल्दार नरेशसिंह भएको भनेर पोलि दिनुभयो। यसबाट पेन्सन पाक्ने बेलामा हवल्दार नरेशसिंह जेलमा छन् र परिवारको विचल्ली भएको छ।

कुरा शुरू भएको चुनावदेखि हो। सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह साहु र पत्रकार सन्तोषसिंह ठगुन्नाबीच स्थानीय तह निर्वाचनको क्रममा चिनजान भयो। निर्वाचनमा जिल्लाको नौगाड गाउँपालिकाका निर्वाचन …

0 comment
0 FacebookTwitterEmail

बुधबार दिउँसो १२ बजेर ५६ मिनेटमा कैलालीको धनगढीका सन्तोष लामिछानेले आफ्नो फेसबुकमा एउटा पोस्ट हाले। जहाजमा चढेको फोटो राख्दै ३८औं अन्तर्राष्ट्रिय ज्वेलरी मेलामा नेपालको तर्फबाट सहभागी हुनको लागि श्रीमतीसँगै भारतको मुम्बई जान लागेको जानकारी सहितको पोस्ट लामिछानेले फेसबुकमा हालेका थिए। उनीसहित १ सय २९ यात्रु लिएर नेपाल वायु सेवा निगमको जहाज मुम्बईका लागि उडान भर्ने तयारीमा थियो।

तर कैलाली प्रहरीले पठाएको सूचनाको आधारमा विमानस्थल टावरबाट एयर ट्राफिक कन्ट्रोलरले जहाजमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति रहेको खबर गर्‍यो। उक्त खबर पाएपछि चालक दलले जहाजलाई पार्किङमा पुर्‍याए। जहाजमा रहेका तिनै सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गर्‍यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछाने सुनचाँदी व्यवसायी …

विमानस्थलबाट समातिएका व्यवसायी ‘घोल गाड्ने’ गिरोहका
0 comment
0 FacebookTwitterEmail

स्थानीय तहमा खाना तथा विविध खर्चको नाममा राज्यकोष दोहन भइरहेको छ। महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन अध्ययन गर्दा पनि खाना र विविधतर्फ मनोमानी चलिरहेको पुष्टि हुन्छ। डडेल्धुरा जिल्लाका सात पालिकाले मात्रै खाना र विविधतर्फ करोड बढी खर्च गरेका छन्। जिल्ला सदरमुकाम अमरगढीले सबैभन्दा बढी खाना र विविध खर्चमा २६ लाख सकेको छ। यस्तै अजयमेरू गाउँपालिकाले २५ लाख ८३ हजार ५३५, भागेश्वर गाउँपालिकाले १८ लाख १३ हजार ७७४, आलिताल गाउँपालिकाले ११ लाख ६२ हजार, गन्यापधुरा गाउँपालिकाले १० लाख ९८ हजार, परशुराम नगरपालिकाले ९ लाख २३ हजार र नवदुर्गा गाउँपालिकाले ३ लाख ३७ हजार गरी ७ …

डडेल्धुराका पालिकामा बेथिति: खानामै करोड बढी खर्च, ऐनविपरीतका करार कर्मचारीको भिड
0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गादेवी पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै वर्ष दिन भइसक्यो। दुर्गाले पनि जिल्ला प्रहरी कार्यालय धाउन छाडेको महिनौं भयो तर साउन ११ ले भने दुर्गालाई झस्काइरहन्छ। १३ वर्षकी छोरी निर्मला पन्तको हत्या भएको बुधबार चार वर्ष बितेको छ। निर्मलाकी आमा दुर्गालाई भने अब न्याय पाउने आश छैन। ‘घरमा प्रहरी आउन छोडेको झण्डै वर्ष दिन भइसक्यो’, दुर्गाले भन्नुभयो– ‘मैले पनि न्याय पाउने आश मारिसकें। त्यसैले मैले पनि जिल्ला प्रहरी कार्यालय धाउन छोडिसकें।’

हत्यामा संग्लनलाई कानुनी कारबाही नहुँदा सिङ्गो परिवारले नै असुरक्षित महसुस गरिरहेको दुर्गाको भनाइ छ। ‘हत्यामा संग्लन भएकाहरू अझै पनि खुलेआम घुमिरहेका छन्’, उहाँले भन्नुभयो– ‘प्रहरीको …

निर्मला पन्त हत्याको चार वर्ष: ११० जनाको डीएनए परीक्षण, ६३५ जनासँग सोधपुछ तर खै के? खै के?
0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को ०७५ साल फागुन १ गते बसेको बैठकले प्रदेशका ९ जिल्लामा रहेका ९ वटा सडक योजनालाई गौरवका योजनाको रूपमा कार्यान्वयन गर्ने निर्णय गर्‍यो। निर्णय भएको झण्डै डेढ वर्षपछि ०७७ साल साउन १० गते गौरवका सडक आयोजना निर्माणको काम शुभारम्भ गरियो। तत्कालीन प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सर्भे र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम पूरा भएपछि गौरवको सडकको निर्माण सुरु भएको बताउनुभएको थियो तर गौरवका सडक योजना कार्यान्वयन गर्दा विस्तृत सम्भाव्यता अध्ययन नगरेको पुष्टि भएको छ। महालेखा परीक्षकको कार्यालयले अघिल्लो साता सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ– ‘सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरण गर्ने …

बजेट खर्चमा सुदूरपश्चिम सरकारको रजगज
0 comment
1 FacebookTwitterEmail

विक्रम संवत् ०७८ माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गर्‍यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘डडेल्धुरा अस्पताल नै आधार संकायका रूपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने छ ।’ प्रतिष्ठानका रूपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेकोमा मन्त्रिपरिषद्ले मेडिकल कलेजको रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।
सोही निर्णयपछि जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक …

बिरामी पठाउने डडेल्धुराले डाक्टर पठाउन देखेको सपना
0 comment
0 FacebookTwitterEmail

बुधबार दार्चुलाको ब्याँस गाउँपालिका –२ दुम्लिङका सचिन बुढाथोकीको घरमा नुन, तेल लगायतका उपयोग्य सामान सकिएको थियो। सधैँ जस्तै सचिनले सामान किनमेलका लागि भारतको गर्भाधार बजार पुग्नुपर्ने भयो। त्यहाँ पुग्न उहाँलाई एक घण्टा समय लाग्ने गरेको थियो। सचिन मात्रै नभएर भारत आउजाउ गर्दा तुइनबाट महाकाली तर्नुपर्ने बाध्यता दुम्लिङवासीको छ। तुइनबाट महाकाली तरेर गर्भाधार बजार पुगेका सचिन किनमेलपछि घरतिर लाग्नुभयो। फर्किदा पनि महाकाली नदी तर्ने सहारा त्यही तुइन नै थियो। महाकाली नदीको बीच पुगेका बेला भारततर्फ बाँधिएको तुइनको तार भाँचियो। तुइनसँगै १८ वर्षीय सचिन पनि उर्लंदो महाकालीमा बेपत्ता हुनुभयो। सोही महाकाली नदीमै बग्यो सचिनको सपना पनि।

०७८ साउन १५ गते ब्याँसी …

उर्लदो महाकालीमा बग्दै ब्याँसवासीका सपना
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved