कैलालीको जानकी गाउँपालिका–६ जगतपुरका मीनबहादुर शाह ०७८ चैत ६ गते अपहरणमा परेको खबर फैलियो। कञ्चनपुरको वेदकोट नगरपालिका–७ स्थित ससुराली घरबाट दिउँसो ४ बजे नेपाली नम्बरको स्कुटरमा आएका दुई जना व्यक्तिले शाहलाई लगेर सम्पर्कबिहीन बनाएका थिए। स्कुटरमा आएका दुई जनाले आफूहरू नेपाल प्रहरी भएको भन्दै शाहलाई लगेका थिए तर कञ्चनपुर प्रहरी मातहतका कुनै पनि युनिटसँग शाहलाई पक्रन आदेश थिएन।
सम्पर्कबिहीन भएको एक दिनपछि शाह भारतीय प्रहरीको हिरासतमा रहेको खबर परिवारका सदस्यले पाए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार शाह भारतको बनवासा प्रहरीको नियन्त्रणमा भेटिएका थिए। ‘अनुसन्धानका क्रममा शाह र उनकी श्रीमती भारतको …