Home » Archives for बसन्त महर्जन » Page 3
Author

बसन्त महर्जन

संस्कृतिको विकास स्थानीय जनसमुदायको आस्था, विश्वास, भूगोल, सामाजिक संरचना र उपलब्ध सामग्रीको आधारमा हुन्छ। संस्कृति मानिसले अभ्यास गरिआएका परम्पराको परिस्कृत स्वरूप हो।

संस्कृति संरक्षणका खातिर हामीले पनि केही अभ्यास गर्दै आएका छौं। जस्तो: दशैंका लागि तिब्बतबाट भेडा र च्याङ्ग्रा झार्ने गरिन्छ। तिहारका लागि चाहिने फलफूल तथा फूलको माला भारत लगायत अन्य देशबाट आयात गरिन्छ। दीपावली गर्न दियोलगायत अन्य झिलिमिली बत्तीहरू चीनबाट आयात गरिन्छन्। चाड नेपाली तर त्यो मनाउन आवश्यक सामग्री भने विदेशी– यो कति विरोधाभासपूर्ण छ। यसलाई आर्थिक र सांस्कृतिक पाटोबाट केलाउनु जरुरी छ।

नेपालमा भौगोलिक बनावटमा मात्रै विविधता छैन, जातीय संरचनामा पनि उत्तिकै विविधता पाइन्छ। यसको अर्थ हो– सामाजिक …

संस्कृति स्वदेशी, मनाउने सामग्री विदेशीः कस्तो परनिर्भरता
0 comment
0 FacebookTwitterEmail

हामी भाषा र संस्कृतिको कुरा गर्छौं र मौलिकता कायम राख्नुपर्ने कुरामा पनि जोड दिन्छौं। इतिहासका कुरा पनि गर्छौं तर इतिहास जगेर्ना गर्न सघाउने मध्येका केही तत्त्वहरू भाषा, संस्कृति, उच्चारण र कतिपय व्यवहारप्रति भने सचेत हुँदैनौं। पूर्वीय शब्दहरूलाई अचेल पाश्चात्यकरण गरेर पस्कन सके आफूलाई उपल्लो स्तरमा पुगेको महसुस गर्न थालिएको छ। भनाइ र गराइको यो नमिल्दो स्थितिले हाम्रो चेत कहाँ पुगेको छ भन्ने देखाउँछ।

महायानी बौद्ध सम्प्रदायले प्राय: जप्ने प्रसिद्ध मन्त्र हो, “ऊँ मणि पद्मे हुँ।” कसैलाई यो मन्त्रको उच्चारण वा लेखनको हिज्जे अशुद्ध लाग्न सक्छ र यसरी सच्याइ दिन सक्छन्, “ओम् मानेपेमे हुँ।”

कुरा उही तर उच्चारण भेदमात्रै हो भन्ने …

शब्द पूर्वीया लवज पश्चिमा
0 comment
0 FacebookTwitterEmail

लामाले प्रहरीलाई सुरुदेखि दिइरहेको बयान एउटै छ, भीडमा पछाडिबाट ठेल्दा एक पल्ट मात्रै नायिकाको शरीरमा छुन पुगेको हो तर नायिकाका अनुसार छुने काम बारम्बार भइरहेको थियो। अर्थात्, अघि खराब स्पर्श गर्ने अरु नै कोही थिए र पछि थप्पड पाउनेमा लामा परेका हुन्।

काठमाडौंको एउटा सिनेमा हलमा प्रदर्शन भइरहेको नेपाली चलचित्रकी नायिकाले दर्शकका रूपमा आएका एक लामाको गालामा थप्पड हानेको, माफी मगाएको र प्रहरी हिरासतमा पुर्‍याएको घटना फगत एउटा घटना मात्रै नभएर सार्वजनिक सरोकारको विषय बन्यो। बौद्ध भिक्षुले लगाउने रातो चीवर लगाएका किशोर बयका लामाको गालामा थप्पड हान्नु गम्भीर कुरा हो भने त्यो भन्दा गम्भीर र सम्वेदनशील कुरा लामाले नायिकाको शरीरमा …

गुम्बाको लामालाई फिल्मी नायिकाले थप्पड हानेपछि 
0 comment
0 FacebookTwitterEmail

नेपालका कतिपय मन्दिर, विहारलगायत ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको सम्पूर्ण क्षेत्रमा वा ठाउँविशेषको फोटोग्राफी नगर्न सूचना टाँसिएको पाइन्छ। यसको अर्थ हो, फोटो खिच्नु हुँदैन। किन हुँदैन भनेर सोध्दा जवाफमा अनेक प्रकारका रहस्यमय कारण बताइन्छन्। ती जवाफ बुझिने खालका पनि हुँदैनन् किनभने बताउनेले नै पनि वास्तविकता थाहा पाएको हुँदैन।

सम्बन्धित संस्था वा समूहले पनि बुझेर फोटो खिच्न निषेध गरेको जस्तो लाग्दैन। त्यही तस्बिर पुस्तक, पत्रपत्रिकालगायतका माध्यममा प्रकाशित भइरहेका हुन्छन्। अरु त अरु मन्दिर परिसरमै पनि ती तस्बिरहरू बिक्रीमा राखिएका हुन्छन्। यो अत्यन्तै विरोधाभासपूर्ण कुरा हो।
फोटोग्राफी गर्नु हुँदैन भनिएका धेरै सम्पदा क्षेत्रमा केही रूपैयाँ दिएपछि निर्वाध रूपमा तस्बिर खिच्न पाइन्छ। सम्पदा …

सम्पदाक्षेत्रको फोटो खिच्न मनाही छ तर किन ?
0 comment
0 FacebookTwitterEmail

नेपालको परिचय दिँदा सामान्यत: विविधताले भरिपूर्ण र अनेकतामा एकता भएको एक सुन्दर देश भनिन्छ। यसरी परिचय दिनुका पछाडिको सोच भनेको नेपालको पहिचान यही रूपमा प्रस्तुत गर्नुपर्छ वा विश्वसामु यसरी नै अगाडि बढाइनुपर्छ भन्ने हुनुपर्छ। अलिकति पनि तलमाथि पारिनु हुँदैन भन्ने आग्रह पनि यस वाक्यमा पाइन्छ। घटना र प्रवृत्तिहरू नियाल्दा भने कथनी र करनीमा विरोधाभास पाइन्छ। यी अवस्थालाई विसङ्गति मानेर तिनको निराकरण गर्दै जानु आवश्यक छ।
वैशाख पूर्णिमाका दिन नेपालमा ‘बुद्ध जयन्ती’ भनेर राष्ट्रिय पर्वको रूपमा मनाउने चलन आजभोलि संस्कृतिकै रूपमा विकास हुँदै गएको छ। २०६८ सालको जनगणनाअनुसार ९ प्रतिशत मात्रै बौद्ध धर्मावलम्बी भएको नेपालमा बुद्ध जयन्तीको संस्कृति यति व्यापक रूपमा …

‘बुद्धमूर्ति तोडफोडको कुनै औचित्य छैन’
0 comment
0 FacebookTwitterEmail

बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा आधारभूत जानकारी प्राप्त गरिनसकेका मानिसले गौतम बुद्धलाई पनि साक्षात् देवता नै ठान्छन्। यस्तै बौद्ध धर्म–दर्शनको चर्चामा देवतालगायतका प्रसङ्गहरूलाई पचाउन नसक्ने अर्को वर्ग पनि छ।
बौद्ध धर्मदर्शनको पृष्ठभूमिमा टेकेर भन्नुपर्दा देवता भन्ने नै हुँदैन भन्ने मान्यता र अन्य धर्म सम्प्रदायमा रहेका देवीदेवताजस्तै बौद्ध धर्ममा पनि हुन्छन्, समाजमा सर्वोच्च स्थान राख्छन् भन्ने बुझाइ मिथ्या दृष्टि हो। विरोधाभासपूर्ण देखिएको यो कथ्यलाई छिचोल्न नसक्दा झन् अलमलमा परिने जोखिम छ।
बौद्ध धर्म–दर्शनमा षट्–योनिको कुरा आउँछ। समस्त जीवित प्राणी यिनै षट्योनिमध्ये कुनै न कुनै एउटा योनिमा बाँचिरहेका हुन्छन्। एउटा योनि हो– मनुष्य। यो योनिमा जन्मेर जे जति राम्रा–नराम्रा कामहरू गरिन्छन्, त्यसको …

बौद्ध धर्म–दर्शनमा देवीदेवताको स्थान
0 comment
0 FacebookTwitterEmail

वैशाख पूर्णिमाको दिन बिहानै एक पाटनवासीले आफ्नो फेसबुक स्टाटसमा लेखे– ‘आज बुद्ध जयन्तीको दिन मर्निङ वाकको क्रममै लगनखेलको बटुकभैरव पुगें, त्यहाँ एक ब्राह्मण परिवारको कुलपूजाको तयारीमा एउटा बोका बली दिन ठिक्क पारिरहेको देख्दा मनै खिन्न भयो । आज एकदिन त हिंसारहित कुलपूजा मनाउन मिल्थ्यो होला नि ।’
उक्त स्टाटस पढेपछि मेरो मानसपटलमा अनेक तर्कना आए । यही दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका भारतीय प्रधानमन्त्री सँगसँगै हिडेका प्रधानमन्त्री शेरबहादुर देउवाको हाउभाउलाई लिएर बौद्ध धर्मावलम्बीहरूबाट मात्रै नभएर अन्यले पनि अनेक टिप्पणी गरेको पाइयो । प्रायः टिप्पणीमा संस्कारको अभाव भनेर आलोचना गरेको पाइयो । बौद्ध सभामा बौद्ध आचरणको अपेक्षा गरिनु स्वाभाविक …

बलीको बोको र लुम्बिनीको बौद्ध सभा
0 comment
0 FacebookTwitterEmail

नेपाली काव्य जगतमा बुद्धका सन्दर्भमा बारम्बार र अधिकांश मात्रामा प्रयोग हुने वाक्य बुद्धलाई ‘फेरि आउ’ भनेर गरिने आह्वान हो । याे प्रवृत्ति भर्खर भर्खर काव्य क्षेत्रमा प्रवेश गरेकादेखि मूर्धन्य लेखकहरूमा समेत पाइन्छ । यो कुराले मात्र पनि यी सर्जकहरूको बुद्धप्रतिको बुझाइको स्तर थाहा हुन्छ ।

========

एउटा टेलिभिजनले सञ्चालन गर्ने नेपाली साहित्य सिर्जनासम्बन्धी कार्यक्रममा मलाई बौद्ध धर्मदर्शनका बारेमा सोध्न स्टुडियोमा निम्त्याएको थियो। अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने तर चिप्लिने गरेको कुरा औंल्याएको थिएँ। यसो भन्नुको तात्पर्य साहित्यकारहरूले बौद्ध अध्ययनमा पनि केही ध्यान दिएको भए हुन्थ्यो भन्ने नै हो। विद्यालय स्तरको पाठ्यपुस्तकमा पनि बौद्ध धर्मदर्शनको …

बुद्धलाई गलत बुझ्दा
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved