Home » Archives for प्रतिमा सिलवाल/ चितवन » Page 2
Author

प्रतिमा सिलवाल/ चितवन

जिल्ला समन्वय समिति चितवनको स्वामित्त्वमा रहेको १५ बिगाहाभन्दा बढी जमिन बाँडेरै सकिएको छ। तत्कालीन जिल्ला विकास समिति र संघीय संरचनामा देश गइसकेपछि बनेको जिल्ला समन्वय समितिको विभिन्न समयको निर्णयले जिल्ला समन्वय समितिको जमिन बाँडिएको हो।

बाँडिएकामध्ये केही सरकारी कार्यालयलाई लालपूर्जा नै हस्तान्तरण गरिएको छ भने केही विभिन्न पेशागत संघसंस्थालाई निर्णय गरेरै भोगचलनको लागि दिइएको छ। केही संस्थाले भने जिल्ला समन्वय समितिसँग माग नै नगरी राजनीतिक पहुँचका आधारमा आफूखुसी संरचना निर्माण गरेर भोगचलन गर्दै आएका छन्।

कहाँ थियो जिससको जमिन

तत्कालीन जिल्ला विकास समिति हुनु  अघिदेखि नै हालको जिल्ला समन्वय समितिको भरतपुर, चैनपुर र कविलास गरी तीन ठाउँमा फरक फरक कित्तामा …

0 comment
0 FacebookTwitterEmail

यो साता चितवन राष्ट्रिय निकुञ्जमा बाँकी भएका तीन वटा अर्ना मरेसँगै अमेरिकी सरकारको सहयोगमा विश्व वन्यजन्तु कोषसहितका संस्थाले चलाएको हरियो वन कार्यक्रमको १ करोड १० लाख ४६ हजार ४ सय ६२ रुपैयाँ डुब्यो।

नेपालमा कार्यरत विदेशी संघसंस्थाहरूमा  सरकारी अधिकारीबाट आफ्नो काम सजिलै फुत्काउन वा ती हाकिमहरूलाई रिझाउनका लागि विशेष कृपा वा “फेबर” गरिदिने चलन अहिले बढिरहेको छ। यस्ता “फेबर” मा विदेश भ्रमणदेखि आफन्तलाई प्रोजेक्टमा जागिर लगाइ दिनेसम्मका अनेक लाभका काम गरिएका हुन्छन्। चितवन राष्ट्रिय निकुञ्जका सूत्रहरू कोशीटप्पुका अर्नाको स्थानान्तरण कार्यक्रमलाई त्यस्तै एकजना उच्चपदस्थ कर्मचारीको आवश्यकतालाई मनन गरेर ल्याइएको बताउँछन्।

ती सूत्र अर्नामा विद्यावारिधि गर्न लागेका एक हाकिमको पक्षमा गरिएको अनावश्यक …

0 comment
0 FacebookTwitterEmail

आफ्नो सन्तानलाई बलात्कारबाट जन्मिएको भन्दै आमाले स्वघोषणा गर्नुपर्दा यो देशको नागरिक भनेर प्रमाणित गरिदिने त्यो एउटा कागजको खोस्टो बोक्न त्यो छोरालाई कति हीनताबोध हुँदो हो, कल्पना गर्नुस् त !

हो, संसद्को दुबै सदनले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि संसद्‌मा नै फिर्ता पठाउनु ठिक हो की होइन भन्ने यो आलेखको मूल विषय होइन। मूल विषय त स्वघोषणामा बहस गर्नु हो। राष्ट्रपतिले विधेयक माथिको छलफलका क्रममा इतिहासको लामो कालखण्डदेखि भएका बहसका विषयलाई निरुपण गर्न पठाउनु भएको १५ बुँदाको  सुझावमा पनि यस्तै बुँदा समावशे गरिएको छ। विधेयक फिर्तासँगै त्यसमाथि राष्ट्रपतिले संसद्लाई दिएको १५ बुँदे सुझाव हेर्दा यो राजनीतिको तात्कालिक एजेण्डासँग मात्रै …

महिलालाई सधै भोग्या बनाउने षडयन्त्र र बाबुको स्वघोषणा
0 comment
0 FacebookTwitterEmail

अदालतको आदेशको अटेर गरी सरकारी जमिनमा रातारात आफ्नो कार्यालय बनाएको चितवनको नेकपा माओवादी निकट कर्मचारी संगठनले सरकारी जग्गाबाट आफूलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएको छ।

भोगचलनको लागि यातायात व्यवस्था कार्यालय चितवनसँग सम्झौता भएको जिल्ला समन्वय समितिको जमिनमा रातारात घर बनाएका नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनले समितिलाई पत्र लेखेर आन्दोलनको चेतावनी दिएको हो।

साउन २२ गते आइतबार जिल्ला समन्वय अधिकारीलाई नेपाल राष्ट्रिय कर्मचारी महासंघको लेटरहेडमा पत्र लेखेर संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद ढकालले ‘अन्य दुई संगठनले (काँग्रेस एमाले निकट) जिल्ला समन्वय समितिको जमिनमा बनेको भवन उपयोग गरिरहेको सन्दर्भमा हामीलाई असमान व्यवहार गरिए चरणबद्ध आन्दोलन गर्छौँ,’ भन्नुभएको छ।

यातायात

सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा, हटाए आन्दोलन
0 comment
0 FacebookTwitterEmail

चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने मूल सडक हो– नारायणगढ मुग्लिन सडक खण्ड। यो सडक हुँदै देशका पूर्वदेखि पश्चिमसम्म १६ हजार भन्दा बढी लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनबाट मानिसहरू संघीय राजधानी काठमाडौं आउजाउ गर्छन् तर हरेक वर्ष वर्षात् सुरू भएपछि यो सडक खण्डमा हिँड्न जो कोहीले यात्रा गर्नुअघि नै ‘बन्द बाटो’ को सास्ती बेहोर्न तयार भएर हिँड्नुपर्छ।
१५ गते आइतबारबाट देशभर परेको झरी मंगलबारसम्म रह्यो। यो तीन दिनको झरीमा काठमाडौं जाने बाटोको भरतपुर २९ मा पर्ने केराघारीमा लेदोसहितको माटो निरन्तर झरिरह्यो।
यो झरीमा चितवन हुँदै गुड्ने सवारी साधन रोकिने मूल थलो नै केराघारीको पहिरो बन्यो। त्यस पहिरोमा रोकिएको सवारीको …

बर्खामा सँधै खस्ने नारायणगढ मुग्लिनको पहिरो
0 comment
0 FacebookTwitterEmail

ससुराको फोटो लिएर कहिले प्रहरीमा त कहिले पत्रकारकहाँ धाइरहेकी उनीसँग अघिल्लो साता जिल्ला अदालतको परिसरमा भेट भयो। चितवनको त्यही अदालतमा आफूले दिएको जाहेरी विरुद्ध मुद्दा चल्छ भन्ने उनलाई थाहा छ।

प्रहरीले अनुसन्धान अघि पनि बढाएको भन्छ। तर, आफूलाई बलात्कार गरि बेघर बनाइदिने ससुरा प्रहरीले भेटेको छैन। आरोपी व्यक्ति नभेटिएसम्म न्याय कसरी पाउने ? त्यसैले बलात्कृत उनी ससुरा जहाँ पुगेका भएपनि देख्नेले चिनुन् भनेर फोटो बोक्दै चिनजानका मानिसकहाँ धाइरहेकी हुन्।

उनी चाहन्छिन्, आफ्ना कुरा अदालतमा पुगेर न्यायाधीश सामुन्ने भनौँ, पटक पटक बलात्कार गर्ने ससुरालाई कारबाही होस्, तर, ससुरा कहिले भेटिन्छन् थाहा छैन।

काम नगरी दिन बिताउने भएपछि साढे तीन वर्ष अघि …

0 comment
0 FacebookTwitterEmail

नेपालकी एक जना कहलिएकी ‘उद्धारक’ आफ्नो फेसबुकको कभर फोटो फेर्नुभो। त्यसमा उहाँको संस्थामा आश्रय लिइरहेका बालिकाहरूसँगको सामूहिक फोटो छ। क्याप्सन पनि मिठो छ। मन छुने।

तर तस्बिरमा देखिएकाहरू देशभरबाट बलात्कारमा परेका, यौनजन्य हिंसा तथा बाध्यात्मक देहव्यापारमा संलग्न बालिका तथा महिला हुन।  बालबालिका बाध्यात्मक देह व्यापार र यौनजन्य हिंसा अन्त्यको लागि भनेर स्थापित प्रतिष्ठित संस्थाले बलात्कारमा परेका, यौनजन्य हिंसा तथा बाध्यात्मक देहव्यापारमा संलग्न बालिकाहरूको अनुहार देखाइदिन मिल्छ र?

कानूनले यौनजन्य हिंसामा परेका बालिकाकाहरूको कानूनी प्रक्रियाका क्रममा पहिचान खोल्न नहुने भनेको छ। सञ्चार माध्यमहरूले पनि पीडितको गोपनीयताको हकको संरक्षणको लागि यौनजन्य हिंसामा परेमा महिला तथा बालबालिकाको पहिचान खोल्दैनन्।

यौनजन्य हिंसाकै पीडितका पुनर्स्थापनाको …

‘उद्धारक’ ले सामाजिक सञ्जालको दोकानमा सजाएका हिंसा प्रभावित बालबालिका
0 comment
0 FacebookTwitterEmail

स्थानीय तह निर्वाचनमा विभाजित भएका चितवन कांग्रेसको मन निर्वाचन सकिएको दुई महिना बित्दा समेत मिल्न सकेको छैन।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनबाट माओवादीलाई सघाएको विरोधमा मेयरकै बागी उम्मेदवार उठेर कांग्रेसको एक पक्ष निर्वाचनमा भाग लिएको थियो। उनीहरूले वडा तहदेखि नै कांग्रेसको वडा अध्यक्षको विरुद्ध उम्मेदवार खडा नगरेपनि गठबन्धनको विरोध गरेका थिए।

एउटै दलभित्र रहेर पनि आफूलाई चुनावमा नसघाएको रिस साँध्न वडा तहको नेतृत्वमा पुगेका काँग्रेस भित्रैका व्यक्तिहरू एकअर्कोलाई असहयोग गरेर असफल बनाउने बाटोमा गएका हुन्।

वडा तहका विद्यालय, सहकारी, वन लगायतका सार्वजनिक ठाउँमा असहयोग गरेर उनीहरु चुनावी तुष निकालिरहेका छन्। यसको असर स्थानीय स्तरका सार्वजनिक स्थलको …

काँग्रेस चितवन: चुनावमा चिरिएका मन अझै मिलेनन्, एकअर्कासँग निरन्तर प्रतिशोध
0 comment
0 FacebookTwitterEmail

चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य गत असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुग्नुभयो।

मौखिक रुपमा न्याय पाउँ भन्दै पुगेकी ३३ वर्षकी रुष्माले आफ्ना ४३ वर्षीय श्रीमान कृष्णप्रसाद आचार्यले विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट तथा गाली बेइज्जती गरेकोले घर बस्न नसक्ने बताउनुभयो।

रुष्माले चितवन प्रहरीमा दिएको उजुरीमा कृष्णले घरायसी खर्च पनि नदिएर चरित्रमा टिप्पणी गर्ने समेत जनाउनुभएको थियो। घरेलु हिंसा अन्तर्गत जाहेरी दिएपछि प्रहरीले पहिले चरणमा प्रहरीले रुष्माको माइती पक्ष तथा कृष्णको परिवारसहित राखेर छलफल गरायो। उनीहरूले छलफलमा तीन फ्ल्याटको घर रहेकोले रुष्मा र कृष्ण अलग अलग फ्ल्याटमा …

 वैदेशिक रोजगारीको अर्को पाटो: एक दम्पतीको जीवनको अन्त्य
0 comment
0 FacebookTwitterEmail

सामान्यतया बलात्कार मुद्दामा अभियोग लाग्ने पुरुष हुन्छन् भने पीडित महिला। चितवनमा भएका बलात्कारका घटनामा भने महिलाको संलग्नता पनि पीडकका रूपमा देखिन थालेको छ।
विशेष गरी बालिका बलात्कारको घटनामा महिलाको संलग्नता बलात्कारका सहयोगीका रूपमा देखिन थालेको हो। जिल्ला प्रहरी कार्यालय चितवनमा परेको जाहेरी मध्ये एउटा घटनामा आफ्नै भाउजुले नन्दलाई बलात्कारको लागि पुरुष भएठाउँ लगेको जाहेरी परेको छ।
भरतपुर १५ घर भएकी सुनार थरकी ३५ वर्षकी महिलाले १२ वर्षकी नन्दलाई बलात्कारको लागि पुरुष भए ठाउँ लगेको जाहेरी परेको छ। पीडितकी आमाले दिएको जाहेरी अनुसार २०७८ सालको साउन ११ गते नन्दलाई माइती लगेकी ३५ वर्षकी महिलाले १२ गते घर लिएर आउनुपर्ने थियो तर …

बालिका बलात्कारमा महिला नै सहयोगी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved