Home » Archives for प्रतिमा सिलवाल/ चितवन
Author

प्रतिमा सिलवाल/ चितवन

चितवन जिल्लामा वर्षदिनको अन्तरालमा करिब दोब्बर हाराहारीमा मानवअधिकार उलंघनका अपराध बढेका छन्। जिल्लामा हत्या, बलात्कार, मानवबेचविखन, बालक अपहरण लगायतका अपराध करिब दोब्बरको संख्यामा बढेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनमा परेको अपराधजन्य घटनाहरूको विश्लेषण गरेर इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ मा २०२१ को तुलनामा दोब्बर संख्याले बढेको देखिएको हो।

तथ्यांक अनुसार सन् २०२१ म मानवअधिकार उलंघनसँग सम्बन्धित ९२ वटा घटना चितवनमा अभिलेख भएकोमा चालु वर्ष अर्थात् २०२२ को डिसेम्बर २५ सम्म बढेर १ सय ६१ वटा पुगेको छ। इन्सेक चितवनका संयोजक दीपेन्द्र अधिकारीका अनुसार यस वर्ष अघिल्लो वर्षभन्दा ६९ वटा अपराधका घटना थपिएका छन्।

अपराध पीडित बालिका बढी

0 comment
0 FacebookTwitterEmail

सुनमाया विश्वकर्मा भरतपुर ८ को सुकुम्बासी बस्तीमा बस्नुहुन्छ। उहाँ ७६ वर्षको भइसक्नुभयो। ५० वर्षयता बीसहजारी ताल आडैको सुकुम्बासी बस्ती उहाँको बसोबासस्थल हो।

उहाँको हिसाबमा चितवन झरे यता भएका सबैजसो निर्वाचनमा उहाँले भोट हाल्नुभएको छ। घर नजिकैको विद्यालयमा हुने मतदान केन्द्रमा हरेक निर्वाचनमा मत दिन पुग्ने उहाँलाई कुन वर्ष कसकसलाई भोट दिएँ भन्ने यकिन भने छैन।

किनकी उहाँ स्वयंले आजसम्म आफ्नो निर्णयमा मतदान गर्नुभएको छैन। सुनमायालाई सजिलो हुनेगरि उहाँका श्रीमान रामबहादुरले भन्नुभयो, ‘हामी सँधै सल्लाह गरेर भोट हाल्छौँ।’

रामबहादुरले भन्नुभएको एकदम सही हो। परिवारका ११ जना सदस्यको मत हरेक वर्ष सल्लाहमा नै एउटै चिन्हमा खस्छ। कहिले माओवादी, कहिले एमाले त कहिले

0 comment
0 FacebookTwitterEmail

कांग्रेस पकड क्षेत्र भएर पनि कहिले राष्ट्रिय नेतालाई भोट हाल्नु परेको कारण त कहिले आफ्नै उम्मेदवार उठाउन नपाएका पीडाले कांग्रेसी नेता कार्यकर्ताबाट हुने विरोधले हरेक चुनावमा चर्चामा रहने क्षेत्र हो चितवनको निर्वाचन क्षेत्र नम्बर ३। मंसिर ४ को निर्वाचनको लागि त चितवन ३ मा देशका मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका आफ्नो चिन्हबाट मत माग्ने प्रतिनिधिसभा उम्मेदवार नै छैनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्ने चर्चा भयो, गठबन्धनमा क्षेत्र सुनिश्चित पनि गरियो। तर, अन्तिम समयमा उहाँ गोरखा जानुभयो। उम्मेदवारी दर्ता गराउनु भएका नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी एमाले अध्यक्ष केपी ओली स्वयंले फिर्ता लिइदिनुभयो।…

चितवन ३ : मतदाताको अलमल, एमालेको भोट तान्ने रणनीतिमा उम्मेदवार 
0 comment
0 FacebookTwitterEmail

पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करीब ७ किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ। खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो, यो। बजारको मुखैमा वडा कार्यालय छ। त्यसको करीब ५०० मिटर अगाडि बढेपछि कठार माध्यमिक विद्यालयको सामुन्ने ‘व्यवस्थित’ देखिने घरहरू भएको एउटा वस्ती छ।

१३० जनाको बसोबास रहेको यो वस्तीका माध्यमबाट हामी नेपाली समाजको एउटा कुरुप पाटो खोतल्ने प्रयासमा छौं।

सरकारले अघिल्ला दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) मा रु.१ करोड २५ लाख खर्च गरेर बनाइदिएको वस्तीका घरहरू एकै रंग र आकारका छन्।

१२ जेठ बेलुका यही वस्तीको एउटा घरमा रामचन्द्र माझी र उनकी श्रीमती गीता बेलुकीको खानासँगै रक्सी …

0 comment
0 FacebookTwitterEmail

गैँडाकोट नगरपालिका २ का विवेक ओझा आउँदो निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन्। उहाँ मतदाता रहेको क्षेत्र नवलपुरको १ नम्बर निर्वाचन क्षेत्र हो। स्नातक तहमा अध्ययनरत ओझाका परिवार नेपाली काँग्रेस निकट भएपनि उहाँले आफ्नो मत कसलाई दिने निर्णय गरिसक्नुभएको छैन।

स्थानीय नेताको रुपमा जनताका घरघर नआएका तर १५ वर्षदेखि लगातार जित्दै आएका नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. सशांक कोइराला सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ।

नवलपुरकै मतदाता समेत रहेका स्थानीय कृष्ण पौडेल नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्छ। नलवरपुर १ मा यी दुई प्रमुख दुई राजनीतिक दलका मात्रै होइनन् स्वतन्त्र सहित हाम्रो नेपाली पार्टीका पनि उम्मेदवार छन्।

तर, ओझालाई लाग्छ प्रतिस्पर्धा पौडेल र कोइरालाबीच …

0 comment
0 FacebookTwitterEmail

केन्द्रबाटै गठबन्धन बनाएर स्थानीय तहदेखि निर्वाचनमा गएको मुख्य दल नेपाली कांग्रेस चितवनको विवाद संघीय निर्वाचनको मुखैमा आइसक्दासम्म घट्नुको साटो अझ बढ्दै गएको छ।

चितवनको कांग्रेस कार्यकर्ता बढी भएको मानिने निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको संघीय संसद्को लागि उम्मेदवार नभएपछि यहाँका नेतादेखि कार्यकर्ताले विरोध जनाउँदै आएका थिए।

केन्द्रीय सदस्य दिनेश कोइराला गठबन्धन विरुद्ध एमालेसहित समर्थन लिएर माछा चिन्हबाट उम्मेदवार बन्नुभएको छ। स्थानीय तह निर्वाचनमा महानगरको मेयर उम्मेदवार बन्नुभएका जगन्नाथ पौडेलको पनि बागी उम्मेदवारी छँदैछन्।

उम्मेदवारी मात्रै होइन, ससाना विषयमा पनि कांग्रेस जिल्ला नेतृत्वले निर्देशनात्मक विज्ञप्ति जारी गर्न थालेपछि कांग्रेस चितवनको विवाद फेरि सतहमा आएको हो।

१५ गते मंगलबार कांग्रेस …

0 comment
0 FacebookTwitterEmail

पूर्व सांसद मैयाँदेवी श्रेष्ठको गए राती निधन भएको छ। मैयादेवी ‘दु:खकी साथी’, को सबैमाझ परिचित हुनुहुन्थ्यो। बिस १९८५ सालमा तनहुँको बन्दीपुरमा जन्मनुभएकी श्रेष्ठलाई बुढ्यौलीसँगै विभिन्न रोगले गाँजेको थियो। उहाँको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा निधन भएको हो। 

मैयाँदेवीले दुखी गरिबलाई मात्र होइन, राजनीतिक (नेपाली कांग्रेस) देखि सामाजिक र शिक्षा क्षेत्रका लागि आफ्नो व्यक्तिगत धनसम्पत्ति दान गर्नुभयो। अझ भनौँ, उहाँको आफ्नो स्वामित्वको धन आफ्ना लागि मात्रै सीमित रहेन, समाजले उपभोग गर्न पायो। त्यसैले उहाँ समाजमा दानवीर उपमाले परिचित हुनुहुन्छ।

पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका ३, स्थित क्षेत्रपुरमा रहेको घरमा अरूको स्याहारमा हुनुहुन्थ्यो। बुढ्यौली लागेसँगै उहाँको स्मरणशक्ति कमजोर भएको थियो। बढ्दो

0 comment
0 FacebookTwitterEmail

आउँदो मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न योग्य चितवनका मतदाताको संख्या ३ लाख ९७ हजार ६ सय ८५ जना छन्। तीमध्ये ५१ दशमलव ४६ प्रतिशत अर्थात्, २ लाख ४ हजार ६६६ जना महिला मतदाता छन्।

वैदेशिक रोजगारीका कारणले देशबाहिर रहेका जनसंख्या हिसाब गर्ने हो भने यहाँको ३ मध्ये जुन क्षेत्रबाट उठे पनि महिला मतदाताकै मत हरेक उम्मेदवारको जितको लागि निर्णायक हुन्छ।

तर, यहाँका महिला मतदाताले सिधै महिला उम्मेदवारलाई मतदान गर्ने अवसरबाट भने दलहरूले लगभग बञ्चित गराएका छन्। यहाँका ३ निर्वाचन क्षेत्रमध्ये ३ वटैमा दलका उम्मेदवार नै बलिया देखिन्छन्। केही स्वतन्त्र व्यक्तिहरू उम्मेदवार बनेपनि यसअघिको निर्वाचन र यहाँका राजनीतिक दलमा विभाजित …

0 comment
0 FacebookTwitterEmail

केही वैयक्तिक कुराहरू लेख्न बस्दा म सँधै अलमलमा पर्छु। के भन्ने ? कति भन्ने कि भन्दै नभन्ने ? साँच्चिकै लेख्न उपयुक्त विषय हो यो ? लेख्न बस्दा पटक पटक आफैसँग हजार प्रश्नको सामना गरिसकेँ। तर समाजको रूग्ण उपर उठेका प्रश्नको जवाफ आफैंभित्र खोज्दा हुने वेदना विस्फोटले आत्मदहन भएजस्तो लाग्छ।

ती दिनहरू सम्झिँदा आज मन व्यथित हुन्छ। चिडचिडाहट हुन्छ। रगत उम्लिएर आउँछ। घटना लेखिहालौँ लाग्छ। एक मनले भन्छ– नलेख। सधैँजसो आधाउधी पुर्‍याएपछि रोकिन्छु म।

कयौँ पटक लेख्ने र नलेख्ने दोधारबाट निस्केर आज मेरो मन दरिलो भएको छ। आमाका अकथित वेदनाहरूको स्मरणले यस क्षण मलाई सशक्त बनाएको छ। यो मेरै आमाले भागेको …

आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो
0 comment
0 FacebookTwitterEmail

चितवनको कृषि तथा पशु विज्ञान विश्वविद्यालय स्थापना ऐन भएको १२ वर्ष भइसक्दा पनि उसले आफ्नो स्वामित्वमा जमिन पाउन सकेको छैन।

२०६७ साल असार ३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन प्रमाणिकरणपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय औपचारिक सञ्चालनमा आएको थियो। ऐन अनुसार तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र मकवानपुरको हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानको सम्पूर्ण जमिन विश्वविद्यालय मातहत आउनुपर्ने थियो।

तर, त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण नगरिदिँदा स्थापनाको १२ वर्षसम्म पनि कृषि तथा पशु विज्ञान विश्वविद्यालय सम्पत्तिविहीन भएको हो। ऐन अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको तीन सय २२ बिगाहा बढी जमिन विश्वविद्यालय मातहत …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved