Home » Archives for प्रतिमा सिलवाल/ चितवन » Page 3
Author

प्रतिमा सिलवाल/ चितवन

अघिल्लो साता लगातार पानी परेपछि चितवनको माडी नगरपालिकामा ४ दिनसम्म अँध्यारो भयो। तत्काल बिजुली आपूर्तिको लागि विद्युत् प्राधिकरण चितवन लागे पनि चार दिनसम्म बिग्रिएको ठाउँ नै पत्ता लागेन।
समयमै विद्युत् लगिएको तारमा कहाँनेर समस्या छ भन्ने पत्ता नलागेपछि माडीका करिब १० हजार परिवारले चार दिनसम्म अँध्यारोमा बिताए।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले बिजुलीको समस्या पत्ता लगाएपछि तत्कालका लागि माडीमा विद्युत् आपूर्ति भयो। यो समस्या वर्षैभरि पटक पटक परिरहने भएकाले चितवनका माडीबासी र विद्युत् प्राधिकरण स्वयंले पनि हैरानी व्यहोर्नु परेको छ।
चितवनको माडी चितवन राष्ट्रिय निकुञ्जको पूर्ण मध्यवर्ती क्षेत्र हो। चितवनका अरु ठाउँमा वर्षौंदेखि बिजुली आए पनि माडीमा २०७३ वैशाख …

माडीबासी र प्राधिकरण हैरान: वैकल्पिक लाइनको अनुमति सम्बन्धी फाइल विभागमै रोकियो
0 comment
0 FacebookTwitterEmail

चितवन जिल्ला अदालतमा आएका पारपाचुकेका मुद्दाहरूको सामान्य अध्ययनले सम्बन्धविच्छेद पछाडि अनेकन कारण भएपनि अदालत पुग्दा कारण एकै समानका बनाइएका हुन्छन्। सजिलोका लागि यस्तो गरिएको हो की यसका पछाडि अन्य कारण पनि छ- कानुन र न्यायका अध्येताले गम्भीर अनुसन्धान गर्नै पर्छ।

जेठको अन्तिम साता चितवनका एक दम्पती सम्बन्धबिच्छेदको लागि जिल्ला अदालत चितवन पुगे। उनीहरू सहमतिमा नै सम्बन्ध टुङ्ग्याउन अदालत पुगेका थिए। २०७० साल मंसिर विवाह भएपनि विवाहपछि महिला एक साता पनि श्रीमानको घर बसिनन्।

मानसिक समस्या रहेको पत्ता लागेपछि परिवारले झुक्याएर विवाह गराएको भन्दै उनलाई माइती फर्काइदिए। तर, तत्काल सम्बन्ध विच्छेद भएन। महिला र पुरुष दुबै आआफ्नो पेशामा अघि बढे। विवाहको …

सम्बन्धबिच्छेद अनेक, कारण एक, किन ?  
0 comment
0 FacebookTwitterEmail

मेहेक महतो* चितवन माडीको सोमेश्वर माध्यामिक विद्यालयकी छात्रा हुन्। उनी २०७७ सालमा कक्षा ९ की विद्यार्थी थिइन्। त्यतिबेला उनको उमेर १४ वर्षको थियो। सोही विद्यालयमा उनकै क्लासमा पढ्थे “क” पञ्जियार। उनी मेहेकभन्दा १ वर्ष जेठा अर्थात् १५ वर्षका।

दुवैजना एकै कक्षामा पढ्ने विद्यार्थी। सोही विद्यालयमा पढ्दा पढ्दै एकअर्काप्रति आकर्षित भएछन्। प्रहरीकै भनाइमा दुईजनाबीच गाढा माया पर्यो। त्यसैको परिणाम २०७७ साल पुस मसान्तमा मेहेक “क”सँग भागिन्। अर्थात्, उनीहरूले स्वेच्छाले विवाह गरे।

नेपालको कानूनले २० वर्षमुनि विवाहमा रोक लगाएको छ। एकातिर बालविवाह स्वतः बदर हुन्छ। अर्कोतिर मेहेक र “क” दुबै नाबालक नै थिए। त्यसैले उनीहरूको विवाह परिवारमा स्वीकार्य हुने कुरै भएन।

मेहेकले

बालविवाह दुःखद अन्त्यः गयो मेहेकको ज्यान
0 comment
0 FacebookTwitterEmail

नारायणी नदीमा गत चैत ४ गते नुहाउन गएकी एक बालिकालाई ५८ वर्षका एक पुरुषले बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी पर्यो।

चैत ६ गते बालिका सहित उनकी आमा प्रहरी कार्यालय पुगिन्। प्रहरीलाई पौडी खेल्ने क्रममा नाङ्गै नुहाउन नारायणीको तीरमा पुगेकी बालिकालाई देखि भरतपुर ४ का ५८ वर्षीय नारायण खनालले आफू पनि कट्टु मात्रै लगाएर नारायणी नदी गएको र बालिकालाई बलात्कार गरेको विवरणको जाहेरी दिइन्।

जाहेरी लगत्तै प्रहरीले आरोपित खनाललाई नियन्त्रणमा लियो। प्रहरीले संरक्षकको कागज गरायो। सोही दिन अस्पतालमा ७ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण पनि भयो। बालिकाले पनि आफूलाई कसरी बलात्कार गरे भन्ने विवरण प्रहरीलाई सविस्तार लगाएकी छिन्।

जाहेरी …

विलाप गर्दै प्रहरीकहाँ पुग्ने पीडित अदालतमा किन फेर्छन् बयान ?
0 comment
0 FacebookTwitterEmail
  • पूर्वी चितवनको रत्ननगर नगरपालिकाका एक पुरुषले नातामा छोरी पर्ने १४ वर्षकी बालिकालाई पटक पटक बलात्कार गर्दै आएका रहेछन्। कसैलाई भनेमा मारिदिने धम्की दिँदै ठूलोबुबाले नै बलात्कार गर्ने गरेपछि बालिकाले परिवारमा अर्कै केटासँग विवाह गर्ने अड्डी लिइन्। उमेरै नपुगी छोरीले विवाह गर्ने अड्डी लिएपछि कारण बुझ्दै जाँदा उनले ठूलोबुबाले आफूमाथि गर्ने दुर्व्यवहार सुनाइन्। सुरुमा नपत्याएपनि बालिकाले पछि घटनाबारे पुरै भनेपछि उनीहरूले प्रहरीलाई खबर गरे। गएको जेठ महिनामा जाहेरी परेपछि अहिले ती पुरुष पुर्पक्षका लागि थुनामा छन्।
  • भरतपुर महानगरकी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्दै आएपछि भरतपुर महानगरपालिका –१४ का ४७ वर्षीय तिलक महतो विरुद्ध बालिकाका परिवारले प्रहरीमा उजुरी गरे। महतोलाई प्रहरीले
यौन हिंसा : निशानामा बालिका
0 comment
0 FacebookTwitterEmail

जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट झरिन्।

टिसर्ट र जिन्स पाइन्टमा झरेकी महिलाको कपाल जिङ्ग्रिङ्ग थियो। ज्यान सुकेर मुठ्ठी भरको भएको। ति मानिसहरू झट्ट भीमकुमारीले चिन्न सकिनन् । तर, उनीहरू आफ्नै घरतिर आइरहेका थिए। भीमकुमारीले अड्कल गर्दै गर्दा, भाउजू सम्बोधन गरिन्, तिनै महिलाले।

परिवारको सदस्य एकै सम्बोधनले ठम्याइन्छ। भीमकुमारीले भनिन्, कान्छी हो ? अँ भाउजू। दबेको स्वरमा यति निकाल्दै गर्दा उनी घिस्रिँदै आँगनछेउ आइपुगेकी थिइन्।

उनीसँगै ४५ हाराहारी उमेरको देखिने पुरुष थियो। …

साढे दुई महिना बन्धक बनाएर बलात्कृत महिलाको यसरी भयो मृत्यु
0 comment
0 FacebookTwitterEmail

प्रहरीलाई जानकारी नै नदिई सरकारी वकिलको कार्यालयमार्फत बकपत्र गरिएको चितवनको एक ‘हाइप्रोफाइल’ बालिका मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले बलात्कार आरोपमा जाहेरी परेको डेढ महिनामा नै सफाइ पाएका हुन् ।

अभियुक्त शिव काफ्लेलाई मंगलबार जिल्ला अदालत चितवनले सफाइ दिएको हो । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियोग दाबी नपुग्ने निर्णय गर्दै फैसला सुनाइएको हो ।

जिल्ला अदालत चितवनमा मंगलबार सुनुवाइ भएका पाँच वटा बलात्कारका मुद्दामा सबै अघिल्लो वर्षका मुद्दा छन्। काफ्लेको मात्रै मुद्दामा जाहेरीको डेढ महिनामा नै फैसला भएको हो ।

काफ्ले सञ्चालक रहेको कलेज कालिका मेडिकल तथा …

‘हाइप्रोफाइल’ बलात्कार काण्डः जाहेरीको डेढ महिनामा नै फैसला: अभियुक्तलाई सफाइ
0 comment
0 FacebookTwitterEmail

चितवनको ‘एक हाइप्रोफाइल’ ले बलात्कार गरेको मुद्दामा प्रहरीलाई नै जानकारी नदिई जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको बकपत्र गराएको पछि यहाँ ठूलै विवाद भएको छ।

जिल्ला प्रहरी कार्यालयले प्रहरीमा उजुरी दिएको थाहा पाउने बित्तिकै आरोपी पक्षबाट पीडितलाई प्रभावमा पार्न निकै कोसिस भएको सार्वजनिक रूपमै प्रहरीले भनिरहेको उक्त घटनामा सरकारी वकिलको कार्यालयले तोकिएको मिति अगाडि नै बकपत्र गराएको हो।

नवलपुरको गैँडाकोटमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले आफ्नै कलेजमा पढिरहेकी १८ वर्ष मूनिकी एक विद्यार्थीलाई प्रयोगात्मक नम्बर थपिदिने प्रलोभनमा देखाएर पटक पटक बलात्कार गरेका उजुरीमा भनिएको छ।

पीडित बालिका कलेजले नै सञ्चालन गरेको होस्टलमा बसेर अध्ययन गर्दै थिइन्। तर, …

चितवनको ‘एक हाइप्रोफाइल’ बलात्कार मुद्दा: प्रहरीलाई जानकारी नै नदिई जिल्ला न्यायाधिवक्तामार्फत बकपत्र
0 comment
0 FacebookTwitterEmail

चितवन। चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षको हुनुहुन्थ्यो। त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ। कृष्ण अहिले ५० वर्षको हुनुभयो तर कृष्णलाई लाग्छ घटनाको घाउ अझै आलै छ। पीडा जस्तो थियो त्यस्तै छ।
कृष्ण भन्नुहुन्छ– ‘१७ वर्ष भयो घटना सम्झिँदा पनि गाह्रो हुन्छ, छोडौं कसरी छोडौं ? निरन्तर लाग्दा त न्याय पाइएको छैन, छाड्दा आस पनि मर्छ।’

२०६२ साल जेठको २३ गते माडीको बाँदरमुढेमा तत्कालीन विद्राही नेकपा माओवादीले यात्रुबाहक बसमा विद्युतीय बम विष्फोट गराएको थियो। विद्युतीय बम विस्फोटबाट ४२ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए। घाइते ३ जनाको उपचारका क्रममा ज्यान …

बाँदरमुढे घटना– १७ वर्ष पूरा, हामीले न्याय कहिले पाउने: घाइते
0 comment
0 FacebookTwitterEmail

‘लोग्ने हो अलिअलि त कुटिहाल्छन् नि’, २० वर्षकी सन्जु भन्नुहुन्छ, ‘म सुत्केरी छु। चार वर्षको छोरी र मलाई पकाउने चामल पनि छैन। लोग्नेलाई जेल पठाएर मलाई कसले खुवाउँछ ?’

सन्जु माझीको काखमा एक महिनाको छोरा दूध चुसिरहेको छ। सुत्केरी सन्जुले हिजोमात्रै श्रीमानको कुटाइ खाइन्। रक्सी खाएर सुत्केरी श्रीमतीलाई कुटेको देखेपछि इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली आएर सन्जुको श्रीमान जितनलाई लिएर गए।

सन्जु र यहाँका महिलाका लागि श्रीमानको कुटाइ सामान्य जस्तै हो। अनि सामान्य नै त्यही कुटाइको दाग हरेकजसो महिलाको शरीरमा देखिनु।

यो गीता माझीको बस्ती हो। उनै गीता, निर्दयी लोग्ने रामचन्द्रको निर्मम कुटेपछि उपचारको क्रममा ज्यान गएकी गीताको बस्ती।…

स्व. गीता माझीको गाउँका घरघरमा गीताकै पीडा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved