रामेछाप र सोलुखम्बु जिल्लाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधिन लिखु जल विद्युत आयोजनाले त्यस भेगको वातावरणीय तथा सामाजिक जोखिमलाई बढाएको छ। रामेछापको उमाकुण्ड र सोलुखम्बुको लिखुपिके गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासिन्दाको भनाईमा आयोजनाले स्थानीयबासिन्दाको मानवस्वास्थ्यमा गम्भीर हानी पुर्याएको, जैविक विविधतामा ह्रास ल्याएको, जलचरको विनास भएको, पानीका स्रोतहरु सुकेको र उपलव्ध खानेपानी समेत प्रदुषित भएको छ। तथापि सो जलविद्युत आयोजना निर्माण गरिरहेको एमडी दुगड ग्रुपका अधिकारीहरुले भने वातावरणीय विनासलाई न्युनिकरण गर्ने प्रयास भइरहेको दावी गरेको छ।
बन्यजन्तु विस्थापित
एमभी दुगड ग्रुपले पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइडोपावर एशोसिएट्स प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालि नामको तीनवटा सहायक कम्पनी मार्फत १५७ मेघावाटको …
