Home » Archives for January 2022 » Page 2
Monthly Archives

२०७८ माघ १३, बिहीबार १०:२२

सन् १९११ मे १३ का दिन करिब साढे छ बजे नेपालका तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले काठमाडौं सहरको केन्द्र टुँडीखेलस्थित स्विच खोलेर नेपालको पहिलो तथा दक्षिण एसियाको दोस्रो जलविद्युतको उद्घाटन गरे । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाका नाममा स्थापित चन्द्र ज्योति हाइड्रोपावर स्टेसनको क्षमता ५०० किलोवाट थियो । यसलाई बनाउन चार वर्ष र करिब १० लाख दिनको काम लागेको थियो । निरङ्कुश राणाशासकका दरबारमा बिजुली बाल्न बनाइएको यो पावर स्टेसनले काठमाडौंदेखि दक्षिण १२ किमि दूरीमा रहेका पानीका दुई स्रोत उपयोग गथ्र्यो ।

यो जलविद्युत् गृह अमेरिकास्थित एपल्टन, विस्कन्सिनको फक्स नदीमा सन् १८८२ मा बनाइएको संसारको पहिलो जलविद्युत् गृह (प्लान्ट)को ३० वर्षपछि र …

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अचानक भारी हिमपात हुन थालेको छ। यसो हुनाले दुर्लभ हिउँचितुवा आफ्नो वासस्थान रहेको उच्च हिमाली भूभागबाट तल सर्न बाध्य भएका छन्। तर त्यहाँ उनीहरूको जम्काभेट जलवायु परिवर्तनकै कारण माथिल्लो भूभागहरूमा बसाइ सर्दै गरेका चितुवाहरू जस्ता प्रजातिहरूसित हुनसक्ने देखिएको छ। संरक्षणविद्हरू यस्तो खालको प्रतिस्पर्धाले पहिले नै वासस्थान नास र चोरी सिकारीका कारण लोपोन्मुख अवस्थामा पुगिसकेका हिउँ चितुवाहरूमाथिको खतरा बढेर जानेसक्ने भएकाले आफुहरु चिन्तित रहेका बताएका छन्।

सिक्किम वन विभागका अधिकारीहरूले हिउँ चितुवा र चितुवाको तस्विर एउटै क्यामेरा ट्रापमा फेला पारेका छन्। सिक्किमबाट सयौँ किलोमिटर पर अर्को हिमाली राज्य उत्तराखण्डमा मानिसहरूले उनीहरू जाडोका कारण तल्लो भेगमा झर्दा …

0 comment
0 FacebookTwitterEmail

आइएनएस प्रतिनिधि

गोरखा-चालु आर्थिक बर्षको चार महिना बितिसक्दा गोरखाका स्थानीय तहको विकास बजेट खर्च दर ज्यादै न्यून छ। तलबभत्ता लगायतका सञ्चालन बजेट मनग्य खर्च गरेका कतिपय पालिकाको विकास निर्माणमा खर्च गर्नुपर्ने बजेट खर्चदर सुन्य रहेको पाइएको छ।

चुमनुब्री गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ३२ करोड ६० लाख रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गर्‍यो। तर मङ्सीर महिना बितिसक्दा विकास बजेटतर्फ कत्तिपनि खर्च नभएको गाउँपालिकाका प्रमुख भीमसेन श्रेष्ठले जानकारी दिए। सञ्चालन खर्चतर्फ भने १९.४८ प्रतिशत बजेट खर्च भइसकेको छ।

धार्चे गाउँपालिकाले चालु बर्षका लागि तय गरेको रु. ३१ करोड १६ लाख बराबरको बजेट तथा कार्यक्रममध्य पहिलो चार महिनामा जम्मा १९.४ प्रतिशत खर्च …

0 comment
0 FacebookTwitterEmail

 

गाउँपालिकाले आफ्नो सिमित बजेट र स्रोतसाधनबाट पनि कोरोना नियन्त्रणलगायतमा प्रभावकारी भुमिका निर्वाह गरेर जनताको मन जितेका छन्।

आइएनएस प्रतिनिधि

काठमाडौंकोरोना नियन्त्रणमा संघीय सरकारले नै प्रभावकारी बन्न नसकिरहेको बेला विकट क्षेत्रमा स्थानीय सरकारको भुमिका भने प्रभावकारी देखिएको छ। कोरोना रोकथाममा गाउँका स्थानीय सरकारले चालेका कदम सहरका सरकारको भन्दा जिम्मेवारपूर्ण छ। संघीय प्रणाली जनताप्रति जवाफदेही भएर काम गर्ने हो भने आमजनताले प्रभावकारी सेवा पाउन सक्छन् भन्ने उदाहरण बनेका छन्, ललितपुरका तीन दुर्गम गाउँपालिका।

उपत्यका जोडिएको जिल्ला ललितपुरको ग्रामिण क्षेत्रमा पर्ने बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाले सिमित बजेट र स्रोतसाधनमा कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गरे। …

0 comment
0 FacebookTwitterEmail

सिन्धुपाल्चोकमा सञ्चालित  सबैजसो क्रसर कानुन विपरित वन क्षेत्रको एक किलोमिटर क्षेत्र भित्रै सञ्चालन भएको स्पष्ट देख्न सकिन्छ ।  चुल्ठे मुन्द्रे र हुनेखानेहरूको  चलेका क्रसरबाट स्थानीय बासिन्दा मात्र होइन  जनप्रतिनिधि नै त्रसित छन्।

दुर्गा आचार्य/चौतरा

भूकम्प पछिको पुर्ननिर्माणलाई सघाउ पुर्‍याउने बहानामा स्थानीय तहको इजाजतका आधारमा स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्न दिने नीति कार्यान्वयनमा ल्याएसँगै बगरमा बोलवालाको बेथिति बढेको छ ।

वैधानिक रुपमा दर्ता भएर सञ्चालनमा रहेका क्रसर उद्योग मात्र हैन स्थानीय तहबाट अनुमति लिएर उत्खनन् गर्ने ठेकेदार समेतले नीति बिपरित मनलाग्दो हिसाबमा नदि दोहन गरिरहेका छन् ।  बिभिन्न सरकारी कार्यालयको सिफारिसपछि राज्यले क्रसर उद्योग सञ्चालनका लागि अनुमति दिने नीति अनुरुप …

0 comment
0 FacebookTwitterEmail

रूपन्देहीको सम्मरीमाई–७ बेतकुइयाँकी जगमती पासी (६२)  २०७८  मंसीर ७ को झिसमिसे साँझमा आँगनमा तरकारी केलाउँदै थिइन्। त्यहीबेला हूलै बाँधेर आएको छिमेकी रामजनम यादवको परिवारले उनलाई बोक्सी भन्दै तथानाम गाली गर्न थाल्यो। जगमतीकै कारण रामजनमका दुईवर्षे छोराले खाना खान छोडेको, बान्ता गरेको र बेलाबेला तर्सिएको भन्दै उनीहरूले टुनामुना फर्काउन धम्की दिए। एक्ली जगमतीले उनीहरूसँग सवालजवाफ गर्न सकिनन्। आक्रमणमा परिएला जस्तो भएपछि उनी घरभित्र पसिन् र ढोका ढप्काइन्। छिमेकीले जगमतीको आँगनमा कालो लुगा, तील, मास, चामल छरेर फर्किए।

त्यसदिन डरले घरभित्रै थुनिएकी जगमती अर्को दिन टोल–छिमेक गुहार्न पुगिन् तर, गाउँले सबै तर्किए। त्यसपछि गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक प्रियंका सिंहसँग न्यायको …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं— भर्खरै सम्पन्न हिन्दूहरुको चाड बडादशैंका अवसरमा भुटानका पुर्व प्रधानमन्त्री छिरिङ तोग्बेले नेपालीभाषीलाई शुभकामना दिएको र भुटानका राजारानीका कारण देश “सुखीखुशी” भएको भावमा भिडियो मन्तव्य दिएपछि त्यही मुलुकबाट लखेटिएर बाहिरी विश्वमा पुगेका नेपालीभाषी भुटानीहरु(ल्होत्साम्पा) आश्चर्यमा डुबे। यो आश्चर्यको खबरअघि, गत अप्रिल महिनामा जापान सरकारले भुटानका पुर्व गृहमन्त्री दागो छिरिङलाई “अर्डर अफ द राइजिङ सन” नामको बिशिष्ट राष्ट्रिय सम्मान दिने निर्णय गरेपछि यसप्रति संसारभर रहेका ल्होत्साम्पाले चर्को स्वरमा बिरोध मात्रै जनाएनन्, यही कारण यो सम्मान अहिले “स्थगन”मा परेको छ।

उल्लेखित पुर्व प्रधानमन्त्री तोग्बे भुटान लोकतान्त्रिक युगमा प्रवेश गरेपछिका तेस्रो निर्वाचित प्रधानमन्त्री(२०१३–२०१८) थिए जो ९० को दशकमा दक्षिणी भुटानमा १ लाखभन्दा बढी …

0 comment
0 FacebookTwitterEmail

गएको असार महीनाको पहिलो साँझ मेलम्ची खोलामा बाढी आउँदा मेलम्ची बजार क्षेत्रको आकाश उघ्रिएकै थियो। वर्षाको छेकछन्द नभएको बेला बाढी आएपछि स्थानीय बासिन्दाले हिमाली क्षेत्रमा ताल विस्फोट भएको अनुमान गरे। “घाम लागिरहेका बेला खोलामा एक्कासी ठूलै बाढी देखेपछि हिमालमा ताल फुटेको अनुमान गर्‍यौं”, मेलम्ची बजारका स्थानीय हस्त पण्डित भन्छन्। त्यो बाढीले ठूलो मानवीय र भौतिक क्षति गर्‍यो। बाढीबारे अध्ययन गर्न २ असारमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहितको टोली हेलिकप्टरबाट मेलम्चीको शिरतर्फ लाग्यो। उनीहरूले भ्रेमाथाङमा पहिरो गएको र ठूलो मात्रामा गेग्रान थुप्रिएको देखे, तस्वीरहरू खिचे। ती तस्वीर विश्लेषण गरी भूगर्भविद् र मौसमविद्ले हिमाली क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण पहिरो …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको धान खेतमा गोडमेल चल्दै गर्दा केही व्यक्ति आएर जग्गा नापजाँच गर्न थाले। छिमेकीको जग्गा नापजोख भइरहेको देखेका राधेश्याम गुप्ताले ग्लोबल आईएमई बैंकका कर्मचारीले जग्गा नापेको भन्नेसम्म थाहा पाए। आफ्नो जग्गा नापिएको सूचना गुप्ताबाट पाएका कोहार विभिन्न अड्डा धाएपछि बल्ल नापजोखको कारण थाहा भयो– उनको जग्गा त अर्कैको नाममा बिक्री भइसकेको रहेछ।

६७ वर्षीय कोहारको १० कट्ठा १७ धुर जग्गा १८ फागुन २०७७ मा भैरहवास्थित मालपोत कार्यालयबाट बिक्री भइसकेको देखिन्छ। साबिक मधुवनी गाविस–१० को नक्शा नम्बर ९ (क) को कित्ता नम्बर ५०७ को १ कट्ठा १६ धुर र ६ (क) को कित्ता नम्बर ४८८ को  …

0 comment
0 FacebookTwitterEmail
  • लक्ष्मी भण्डारी/आइएनएस संवाददाता 

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका –४ का हेमन्त शाही कक्षा सातको परिक्षा उर्तिण भएपछि निकै हौसिएका थिए । तर, कोरोना माहामारीको कारण भएको लकडाउनको कारण विद्यालय बन्द भएपछि आठ कक्षा प्रवेश गर्न नपाउँदा खिन्न थिए । जेठ महिना यता उनी दाजुहरुको साथमा घरमै ‘सिकाई कुना’ निर्माण गरेर पढ्ने गरेका छन् । हेमन्तका भाइबहिनीलाई पढाउन उनीहरु अध्ययनरत नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक मिनबहादुर बोहोरा घरमै आएर पढाउँछन् । हेमन्त आफ्नो दाजु र बहिनीको साथमा दैनिक कार्यतालिका बनाएर पढ्न थालेका छन् । उनको दाजु विवेक शाही १० कक्षामा पढ्छन् भने बहिनी हिमाली शाही तीन कक्षामा पढ्छन् । ‘घरमा पढाइकुना

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved