Home » Archives for March 2022 » Page 11
Monthly Archives

२०७८ फाल्गुन १८, बुधबार १५:५७

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाहका बारेमा सञ्चार माध्यममा नै अदालत खडा गरेर दिनहुँ तमासाले हैरान छ दमौली।अनेकखालका अनलाइन मिडिया, यूट्युवर र विभिन्न सामाजिक सञ्जालका सञ्चालक तथा प्रयोगकर्ताले यो मिडिया ट्रायल चलाइरहेका छन् ।

नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। बलात्कारको आरोपमा तनहुँ प्रहरी कार्यालयमा आफूविरुद्ध जाहेरी दर्ता भएपछि भाग्दै हिँडेका पल शाह पाँच दिनपछि गत आइतबार प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीको सम्पर्कमा आएपछि उनलाई हिरासतमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पल शाह तनहुँ प्रहरीको हिरासतमा रहेसँगै …

0 comment
0 FacebookTwitterEmail

हामी एकपटक लेलेपबाट विशाल तमोर नदीको किनारै–किनार हुँदै लुङ्थुङ्तर्फ उकालो लागेका थियौँ। लुङ्थुङ्देखि उत्तरतिर प्रायः शेर्पा जातिका मानिसहरूको मात्रै बसोवास रहेको पाइन्छ। लुङ्थुङ्बाट उकालो लागेपछि तमोर नदीले दिशा फेर्दोरहेछ।
यात्राका क्रममा ठाउँ–ठाउँमा सुन्दर र मनमोहक छङ्छङे झर्नाहरू भेटिन्छन्। आँखै अगाडिबाट झरिरहेको छङ्छङे झर्नाको आकर्षण अनि चारैतिर गुञ्जिरहेको झ्याउँकिरीको संगीतले वातावरणलाई साह्रै मनमोहक र आनन्दमय बनाइदिएको थियो। बाटोमा भारीका भारी सामान बोकेर उकाली र ओराली गरिरहेका चौँरीका बथान र तिनको गलामा झुण्ड्याइएको घण्टीबाट निस्केको ‘टङ् टङ्…टङ् टङ्’को आवाजले थकान महसुस हुन दिँदैन।


कहिले तमोरलाई छोडेर डाँडा–काँडा उक्लँदै अनि फेरि घुमेर त्यसैको किनारामा मिसिँदै, तमोरसँग लुकामारी खेल्दै हामीले देउरालीमा पाइला टेक्यौँ। त्यहाँ …

0 comment
0 FacebookTwitterEmail

बाघको श्रृंखलावद्ध आक्रमणका कारण बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा त्रास बढ्दै गएको छ ।
पछिल्लो ६ महिनामा बाँकेमा ५ र बर्दियामा ४ गरी ९ जनाले बाघको आक्रमणमा ज्यान गुमाइसकेका छन् । यो अवधिमा दर्जनौं व्यक्तिको बाघसँग जम्काभेट भइसकेको र त्यसक्रममा केही गम्भीर घाइते समेत भएका छन् र केही आफ्नो ज्यान जोगाउन सफल पनि भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा पर्ने कम्दी जैविक मार्ग अन्तर्गत पर्ने राप्तीसोनारी वडा नम्वर ३ र ६ मा पाटे बाघको चहलपहल बढेको स्थानीय बताउँछन् । त्यहाँ उनीहरूले बाघ ओहोर–दोहोर गरेको देखिरहने र सधैँ बाघसँग जम्काभेट भएर ज्यानै जाला भन्ने त्रासमा बस्नु्परेको स्थानीयको …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि परियोजना अघि बढाउन बाटो खुलेको छ तर निर्माणमा जानु अघिको तयारीका काम भने अझै धेरै बाँकी नै छ।

नेपाल र अमेरिकाबीच सम्झौता भएको झण्डै साढे चार वर्षपछि बल्ल संसदबाट अनुमोदन भएको सो सम्झौताका लागि करिब दुई वर्ष अघि नै संसदबाट टेबुल भएको थियो। तर राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा थप प्रक्रिया अघि बढ्न सकेको थिएन। आइतबार संसदबाट अनुमोदन भएपछि नेपालले हालसम्म प्राप्त गरेको अनुदान–सहयोगमध्ये सबैभन्दा ठूलो आकारको सो परियोजनाको काम अघि बढाउनका लागि बाटो खुलेको हो। यद्यपि यो परियोजना सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति र विश्वव्यापी बोलपत्र …

0 comment
0 FacebookTwitterEmail

गत साता ओमानमा सम्पन्न टी२० विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह को सेमिफाइनल खेलमा युएईको हातबाट नमीठो पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना पुनः एकपटक चकनाचूर भएको छ।समूह चरणका सबै खेलमा प्रभावशाली जित हात पार्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएसँगै नेपाली समर्थकको नेपालले अवश्य विश्वकप खेल्नेछ भन्ने विश्वासलाई थप बल मिलेको थियो, नेपाली टोली माथिको भरोसा अझ मजबूत बनेको थियो।फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनौट हुने स्थितिमा नेपाल आफ्नो लक्ष्य भन्दा मात्र एक खेल टाढा थियो।नेपाली माटोलाई चिनेका र कुनै समय नेपाली क्रिकेटलाई एउटा नयाँ उचाइमा पुर्‍याउन सफल प्रशिक्षक पुदुवु दासानायकेको पुनरागमनले …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved