Home » Archives for March 2022 » Page 10
Monthly Archives

२०७८ फाल्गुन २१, शनिबार १३:०३

प्रजातन्त्रमा एकातिर मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुन्छ भने अर्कातिर भ्रष्ट प्रवृति, कानुन मिच्ने, निर्धालाई दुःख दिने प्रवृत्ति पनि उत्तिकै प्रवल हुन्छ, जो विधिको शासनका लागि ठूलो चुनौती बन्न पुग्दछ।

राज्यव्यवस्था अन्तर्गत सुशासन र कुशासन सँधैं चर्चा भइरहने शब्दावली हुन्। कुशासनका लागि फितला नियम–कानुन, ढङ्गहीन र गलत कार्यशैली, साधनहरूको दुरुपयोग, काममा लापरबाही आदि धेरै पक्षरू जिम्मेवार रहेता पनि त्यसमा भ्रष्टाचार र आर्थिक हिनामिनाको प्रतिशत निकै बढी हुने गर्दछ। कसै–कसैले भ्रष्टाचार नै कुशासन हो भन्ने ठान्दछन्, तर यो सोचाई त्यति युक्तिसंगत होइन। अधिनायकवादी सत्तामा राजनेता त्यागी र गुणी भएमा राज्यव्यवस्था सोही अनुरूप भएका दृष्टान्त निकै छन्। तर, शक्तिको दुरुपयोग भएमा वा …

0 comment
0 FacebookTwitterEmail

विश्व क्रिकेट इतिहासकै सर्वाधिक लोकप्रिय लेगस्पीनर शेन वार्न अब हामीमाझ छैनन्। गत विहीवारको रात ५२ वर्षीय वार्नको थाइल्याण्डस्थित आफ्नै निवासमा हुदयघातका कारण निधन भएको उनको व्यवस्थापकीय टोलीले जानकारी गराएपछि विश्व क्रिकेट जगत् शोकमा डुबेको छ।

विश्व क्रिकेट जगतमा एउटा लेगस्पीनरका रूपमा शेन वार्नको नाम अग्रस्थानमा आउँछ। सन् ७० र ८० को दशकमा विश्व क्रिकेटमा वेष्टइन्डिजका तीव्र गतिका बलरहरूको दवदवा कायम भएको समयमा वार्नले टेस्ट क्रिकेटमा स्पीन बलिङलाई आक्रमणको प्रमुख हतियारका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए। वेष्टइन्डिजले जस्तै ९० को दशकमा विश्व क्रिकेटमा एकछत्र राज गरेको अष्ट्रेलियन क्रिकेट टोलीको स्पीन आक्रमणको जिम्मेवारी वार्नकै काँधमा थियो।

सन् १९९३ को एसेज …

0 comment
0 FacebookTwitterEmail

जडीबुटी जथाभावी संकलनले सुदुर पश्चिमका पवित्र पाटनमा वनविनाश, फोहोरमात्र भएन जडीबुटी सकिएर आम्दानीको बाटो नै बन्द भयो। अब कमाईका लागि भारततिर काम खोज्न जाने बाहेकको विकल्प छैन।   

बझाङको तल्कोट–४ मल्लो स्याँडाकी जुना बुढा गएको जेठ पहिलो साता साइपालको माजावन पाटनमा यार्सा खोज्दै थिइन्। साथमा थिए, ११ वर्षका छोरा र ८ वर्षकी छोरी। ६५ वर्षीया बुढा समुद्र सतहबाट ५ हजार १०० मिटर उँचाइको यो ठाउँमा चार दिनको पैदल यात्रापछि आइपुगेकी हुन्। ४ जेठ, २०७८ मा ८ दिन भैसक्दा पनि जुनाले यार्सा भेटाएकी थिइनन्। उनको चासो पनि यार्सामा भन्दा नाबालक छोराछोरीको सुरक्षामा देखिन्थ्यो। तीन वर्ष अघि मात्रै उनकी जेठी छोरी १२ वर्षीया …

0 comment
0 FacebookTwitterEmail

धेरै वादविवाद, विरोध–अवरोध र होहल्लासँगै नेपालको संसदबाट एमसीसी सम्झौता पास गरियो। यो सम्पूर्ण प्रकरणमा धेरै अस्वाभाविक कुराहरू देख्न पाइयो। सर्वप्रथम त प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउनका लागि जुन अडान लिए त्यो नै अस्वाभाविक थियो। जसरी सत्ता गठवन्धनका अन्य दलहरूलाई करकापमा पारेर यो सम्झौता पास गरियो, त्यसबाट उत्पन्न परिस्थिति र भविष्यमा त्यसले पार्न सक्ने प्रभावलाई हेर्दा एमसीसीले नेपालको राजनीतिमा मात्र होइन नेपालको राष्ट्रिय जीवन शैलीमा नै खलबली पैदा गरिदिएको मान्न सकिन्छ। तर यी कुराहरूलाई मनन गरेर समस्या समाधान गर्ने कुरामा वर्तमान सरकारले एकदमै उदासीन देखिएको छ,  यस्तो लाग्छ, यो विषयमाथि न सरकारले ध्यान देखाएको छ,  न समस्या समाधान गर्न सक्षम …

0 comment
0 FacebookTwitterEmail

झण्डै २७ अर्व रुपियाँको हिनामिना गर्न लागिएको तर ‘७० करोड काण्ड’ भनेर कुख्यात यो कमिशन काण्डमा अख्तियारको पनि मिलोमतो रहेको मानियो। जुनबेला यो अडियो सार्वजनिक भयो, मन्त्री बाँस्कोटाले राजीनामा दिए। त्यसै हप्ता मन्त्री बाँस्कोटालाई भ्रष्टाचारको कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परे। त्यसमा बाँस्कोटासँगै प्रधानमन्त्री, सञ्चार मन्त्रालयका सचिव र सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक माथि पनि छानविन हुनुपर्ने माग भएको थियो। तर दुर्भाग्यको कुरा– अख्तियारले कुनै किसिमको अनुसन्धान नै गरेन।

मन्त्री बाँस्कोटाको त्यो कमिसनको बार्गेनिङ भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरूप भ्रष्टाचार रहेको …

0 comment
0 FacebookTwitterEmail

जसरी चन्द्र र सूर्य सबैको लागि एउटै छ, त्यसैगरी सौन्दर्य पनि सबैको लागि एकैनाशको हुँदो हो त संसारमा सुन्दरताको परिभाषा पनि एउटै हुने थियो होला अनि सबैजना उत्तिकै सुन्दर देखिने थिए होलान्। तर त्यस्तो एउटै नियम र विशेषता सौन्दर्यतामा लागू हुँदैन। नत्र किन कसैलाई बिछट्टै सुन्दर लागेको व्यक्ति कसैलाई पटक्कै मन नपरेको? अनि अरूलाई मन परेको मान्छे किन आफूलाई सुन्दर नलागेको होला ? सुन्दरता व्यक्तिको दृष्टिकोणमा, कसैप्रति उसको झुकाव वा लगावमा, प्रेममा अनि तिरस्कारमा, फरक–फरक व्यक्तिको फरक–फरक परिस्थिति, धारण र भावनामा भर पर्ने रहेछ, होइन त?

सुन्दरता भन्ने शब्द आउने बित्तिकै जोकोहीको मनभित्र पनि सबैभन्दा पहिले एउटा नारीको पूर्ण चित्र …

0 comment
0 FacebookTwitterEmail

भोलि फागुन २० गते, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शीर्षस्थ नेता कृष्णप्रसाद भट्टराईको १२ औं स्मृति दिवस। नेपाली राजनीतिमा त्याग, सदाचार र निष्ठाका लागि विख्यात कृष्णप्रसाद भट्टराईलाई सन्त नेताका रूपमा पनि लिइन्छ।

नेपाली कांग्रेसका संस्थापक संगठन महामन्त्री भट्टराई सत्ताइस वर्षको उमेरमा सल्लाहकार परिषद्का सभाध्यक्ष र विक्रम सम्वत् २०१५ मा ३४ वर्षको उमेरमा जनताद्वारा चुनिएको नेपालको पहिलो संसदको पहिलो सभामुख चुनिनुभएको थियो। त्यस्तै २०४६ को ऐतिहासिक जनआन्दोलन पछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएको थियो भने २०५६ मा उहाँ निर्वाचित सरकारको प्रधानमन्त्री बन्नुभएको थियो।

नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०१७ को शाही कू पछाडि लगातार ११ वर्ष जेल जीवन बिताउनु भएका भट्टराई अंहिसा, शान्ति …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय महिला आयोगले पाँच महिना अघि राष्ट्रपति समक्ष आयोगको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक प्रतिवेदन पेश गर्‍यो। प्रतिवेदन ग्रहण गर्दै त्यतिवबला राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माणमा आयोगले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभएको थियो।

राष्ट्रपति भण्डारीले आयोगलाई अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक–अधिकारको संरक्षण र संवद्र्धन गर्न तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभएको थियो।

आयोगले पनि राष्ट्रपतिको निर्देशन अनुरूप थप क्रियाशील रहने प्रतिवद्धता जनाएको थियो। …

0 comment
0 FacebookTwitterEmail

आज, मार्च ३ तारिख, विश्व वन्यजन्तु दिवस। सन् १९७३ मा संकटासन्न वन्यजन्तु तथा वनस्पतिको व्यापारसम्बन्धी महासन्धीमा हस्ताक्षर भएको सम्झनामा सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो। वन्यजन्तु संरक्षणमा नेपालले अन्तर्राष्ट्रिय प्रशंसा कमाएको छ। तर यो संरक्षणमा हामीले चुकाउनु परेको मूल्य के हो? एउटा उदाहरण चितवन राष्ट्रिय निकुञ्ज हुन सक्छ।पत्रकार पिटर गीलको अनुभव।

जनवरी २०२१ को घमाइलो दिउँसो एउटा भाले गैँडा चितवन राष्ट्रिय निकुञ्जनजिकै बछौली गाउँको एउटा खेती गरिएको जग्गामा बिस्तारै हिँड्न थाल्यो। ऊ आलु लगाइएको भागलाई जानाजान छोडेर फापर भएको गह्रातिर लाग्यो। चम्किला गुलाबी फूलहरूको स्वाद लिएपछि ऊ सिँचाइका लागि बनाइएको कुलोमा बिस्तारै बहदै गरेको चिसो पानीमा …

0 comment
0 FacebookTwitterEmail

बाँकेको राप्ती सोनारी क्षेत्रमा मान्छे मार्न पल्किएको पाटेबाघलाई संरक्षणकर्मीहरूले फागुन १८ गते नियन्त्रणमा लिएर  चितन राष्ट्रिय निकुञ्जको होल्डिङ सेन्टरमा पठाइएकान्

डिभिजन न कार्यालय,  बाँके निकुञ्ज  र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, पशु चिकित्सक सहित सुरक्षाकर्मीहरूको टोलीले नियन्त्रणमा लिएको बाघलाई चितन पुर्‍याइएको

राष्ट्रिय प्रकृति संरक्षण कोष , बाँके निकुञ्ज डिभिजन न लगायत सुरक्षाकर्मीहरूको टोलीले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर स्थित जंगल क्षेत्रमा बेहोश बनाउने गोली हानेर नियन्त्रणमा लिएको हो । फागुन ७ गते  फत्तेपुरको जंगल क्षेत्रमा न पैदावार लिन गएका ६० र्षीय 

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved