सन् १९९५ मा कंगोमा इबोला भाइरसको महमारी फैलियो । रोगको स्रोत थियो– संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी । इबोला संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी सफा गर्ने क्रममा मानिसमा फैलिएको भाइरसले कंगोमा करिब दुई सय ४५ जनाको ज्यान लियो ।
यही भाइरस सन् २००८ को फेब्रुअरीमा युगाण्डामा देखियो । जसमा झण्डै ५० जनाले ज्यान गुमाए । बाँदर तथा चिम्पाञ्जी कै कारण युगाण्डा हुँदै इबोलाको महामारी छोटो समयमै अफ्रिकी मुलुकहरू नाइजेरिया, गिनी, सेयरालियोन हुँदै लाइबेरियासम्म फैलियो । विश्व स्वास्थ्य संगठनका अनुसार, गिनी, सेयरालियोन र लाइबेरियामा इवोलाले एक सय भन्दा बढीको ज्यान लियो ।
यस्तै जंगली बाँदरबाट सर्न सक्ने घातक भाइरस अध्यनका क्रममा …
