यो सरकारका अर्थमन्त्रीले पनि अत्यधिक कर लगाएको वस्तुमा पर्यो त्यही विजुली गाडी। पाँच दलीय सरकारको यो बजेटमा विगतका सरकारको भन्दा अलिक फरक र हुनै नहुने के भयो भने त्यस्ता सम्बन्धित व्यापारिक घरानाका प्रतिनिधिहरू नै करका दरहरू हेरफेर गर्ने ठाउँमा रातविरात प्रवेश गर्न पाए। साथै उनीहरूले मनमौजी यस्ता दरहरू आफ्नो कारोबारको वस्तुबाट हुने नाफाघाटासँग भिडाएर हिसाब गरी–गरी बजेट बनाइरहे। यता बजेटचाहिँ अर्थमन्त्री शर्माको नाममै आयो।
देशमा लामो समयदेखि चल्दै आएको माफियाराजको अन्त्य गर्ने मानिएको नेकपाको दुई तिहाइको सरकारले चारवटा बजेट ल्यायो तर यी चारवटै बजेटमा करका दरहरू उच्चदरमा परिवर्तन भइरहे। यस्तो हेरफेर वर्षमा दुई पटक समेत भयो।
२०७७ सालको बजेट त्यो …
