Home » Archives for June 2022 » Page 5
Monthly Archives

२०७९ असार ७, मंगलवार १४:१९

गोरखा जिल्लाको बारपाक सुलिकोट-१ मा शौचालय निर्माण गर्न खटिएका श्रमिक र सरसामान उपलब्ध गराउने पसलवालाहरू पैसा नपाएकाले आक्रोशित भएका छन् । उक्त शौचालय निर्माण गर्न संघीय खानेपानी मन्त्रालयको ग्रामीण खानेपानी तथा कोष विकास समितिले इगल कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सनलाई १५ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।

२०७२ सालमा आएको महाभूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक थियो । विनाशकारी भूकम्पले बारपाकलाई थिलथिलो बनाएको थियो । त्यहाँको जनजीवन अस्तव्यस्त भएको थियो । मानिसको मनसँगै जमिन पनि चिराचिरा परेर फाट्यो । निकै पछिसम्म गएको पराकम्पले गर्दा त्यहाँ जानसक्ने अवस्था रहेन तर आफ्नो थातथलो चटक्कै बिर्सन कसलाई मन लाग्थ्यो– स्थानीय नागरिक विस्तारै त्यहाँ गएर बस्ने प्रबन्ध …

बारपाकमा चर्पी बन्यो, मजदुरले पैसा पाएनन्, दिइएको ठेकेदारको दावी
0 comment
0 FacebookTwitterEmail

वर्षभर खेतबारीमा बाढीको पानी हुने हुँदा कोशीको भारततिरको भागमा स्थानीय  मानिसहरूले गहुँ र धान खेती छोडेर मखना खेती गर्न थालेका छन्।

“मेरो एक ठाउँमा ३ बिघा खेती जग्गा छ, जुन सडकभन्दा ८–१० मिटर गहिरो छ। २०२१ अघि धानको सिजनमा धान र गहुँको सिजनमा गहुँ र मुग खेती गर्थे, तर पानी परेपछि सबै बर्बाद भयो। त्यसपछि गाउँका कृषक सल्लाहकार बेचन मण्डलले मखाना खेतीमा अनुदान आइरहेको बताउनुभयो, मैले त्यो कुरा बुझेँ र आफ्नै खेतीसँगै छेउछाउको ४ बिघा जमिन प्रति बिघा ७२०० रुपैयाँ दरमा भाडामा लिएँ। गत फागुनबाट मखना खेती सुरु गरेको हो।२०२१ मा ८ बिघा खेतबाट करिब ३ लाख रुपैयाँ खुद आम्दानी …

विपद्‌मा अवसर: कोशीको बाढी क्षेत्रमा यसरी बढ्दैछ आम्दानी
0 comment
0 FacebookTwitterEmail

स्थिर सडक तर व्यस्त जीवनमा अभ्यस्त हामी नेपालीहरू। तस्बिर: सुशिल कुमार साह

स्थिर सडक  व्यस्त जीवनस्थिर सडक  व्यस्त जीवन
0 comment
0 FacebookTwitterEmail

सडक कुनै पनि मुलुकको पूर्वाधार तथा आर्थिक उन्नतिको पहिलो शर्त हो। सडकमा कुद्ने सवारीको चाप विकासोन्मुख मुलुकको अर्थतन्त्रको आकार निर्धारण गर्ने प्रमुख मानक हो तर नेपालका सन्दर्भमा न आर्थिक उन्नतिको आधार सडक गतिलो बनेका छन् न त जीर्ण सडकमा गुड्ने सवारी साधनको चापले मुलुकको अर्थतन्त्रको चित्रण गर्ने अवस्था छ।
नेपालमा सडक पूर्वाधार निश्चित ठेकदारका लागि कमाउने भाँडो बनेको छ भने राजनीतिक दलका निम्ति सडक विस्तार अथवा विकास भोट आकर्षित गर्ने औजार मात्रै बनेको छ। राज्यको भूमिका कतै पनि जवाफदेही बन्न सकेको छैन। त्यसैको नतिजा हो– संघीय राजधानी काठमाडौ भित्रै सुरु भएका तर वर्षौंसम्म पार नलागेका काठमाडौ उपत्यका सडक विस्तार योजना …

उपत्यका सडक विस्तार योजना: अर्बौं बजेटमा पप्पु र शैलुङको खेलोफड्को
0 comment
0 FacebookTwitterEmail

भौतिक विकासलाई मात्र ‘विकास’ मान्ने पञ्चायतकालीन नेपाली मानसिकताको एउटा उदाहरण हो दमौली। अहिले दमौलीमा चिल्ला सडक छ, भव्य महलहरू छन् तर  संस्कृति र सभ्यता मासिएको कहाँ गयो अनि डमौलीका रैथानेहरू जरो उखालिएर कहाँ पुगे कसैलाई थाहा छैन।

चन्द्रबहादुर दरै उमेरले सात दशक कट्नुभयो। तनहुँको व्यास नगरपालिका–१ भादगाउँका बासिन्दा चन्द्रबहादुरका लागि दमौलीलाई डमौली हो । वि.सं. २००८ सालमा जन्मेर यही डमौलीमा हुर्किनुभएको चन्द्र बहादुर दरै यो दमौली भन्दा त्यो डमौली नै रमाइलो लाग्छ।

तनहुँको सदरमुकाम दमौलीलाई अघिल्लो पुस्ताले डमौली भनेर चिन्छन् । त्यही डमौलीमा दरै, बोटे समुदायको बाहुल्यता थियो । तनहुँ मगर समुदायको पनि बाक्लो बस्ती भएको जिल्ला हो । …

डमौली ‘दमौली’ बन्यो, तर नासियो डमौलीको सभ्यता !
0 comment
0 FacebookTwitterEmail

जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट झरिन्।

टिसर्ट र जिन्स पाइन्टमा झरेकी महिलाको कपाल जिङ्ग्रिङ्ग थियो। ज्यान सुकेर मुठ्ठी भरको भएको। ति मानिसहरू झट्ट भीमकुमारीले चिन्न सकिनन् । तर, उनीहरू आफ्नै घरतिर आइरहेका थिए। भीमकुमारीले अड्कल गर्दै गर्दा, भाउजू सम्बोधन गरिन्, तिनै महिलाले।

परिवारको सदस्य एकै सम्बोधनले ठम्याइन्छ। भीमकुमारीले भनिन्, कान्छी हो ? अँ भाउजू। दबेको स्वरमा यति निकाल्दै गर्दा उनी घिस्रिँदै आँगनछेउ आइपुगेकी थिइन्।

उनीसँगै ४५ हाराहारी उमेरको देखिने पुरुष थियो। …

साढे दुई महिना बन्धक बनाएर बलात्कृत महिलाको यसरी भयो मृत्यु
0 comment
0 FacebookTwitterEmail

आज जुन २० अर्थात् विश्व शरणार्थी दिवस। संयुक्त राष्ट्रको एक प्रतिवेदनले गत वर्ष १० करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको उल्लेख गरेको छ। शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्च आयोग (युएनएचसीआर) को सन् १९५१ मा स्थापना भएयता युक्रेनमा सबैभन्दा धेरै र छिटो बढिरहेको शरणार्थी समस्या भएको जनाइएको छ।

युएनएचसीआरले यसलाई दोस्रो विश्वयुद्धपछि अभिलेखवद्ध सबैभन्दा धेरै विस्थापित भएको घटना भएको बताएको छ । अफ्रिकाको सहेल क्षेत्रबाट इयु आउने शरणार्थीहरू बढ्न सक्ने पनि ग्लोबल ट्रेन्ड्स रिपोर्टले जनाएको छ।

युएनएचसीआरले इयु सहेल क्षेत्रबाट भागेका शरणार्थीहरूको बारेमा चिन्तित हुनुपर्छ भनेको छ ।

युएनएचसीआरका अनुसार गत वर्ष विश्वभरि १० करोड मानिस आफ्नो घर छोड्न …

0 comment
0 FacebookTwitterEmail

त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन शृङ्खलामा जोडिएको अर्को ठूलो शैक्षिक तथा राजनीतिक गिरोह, जसले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको १ सय १२ रोपनी जग्गा वर्षौंदेखि दबाब र प्रभावमा कब्जा गरिरहेको छ। यो राजनीतिक आडमा सार्वजनिक सम्पत्ति जति लुटे पनि हुन्छ भन्ने गतिलो उदाहरण हो।
त्रिवि परिसरको मुख्यद्वार अगाडि मूल सडकमा रहेको अर्बौं मूल्यको जमिन तथा पूर्वाधार, ल्याबरोटरी स्कुलले २०५७ सालयता आफूखुशी भोगचलन गरिरहेको छ। त्रिवि प्रशासन महाशाखाका प्रमुख, राजकुमार श्रेष्ठले ल्याबरोटरी स्कुललाई जग्गा खाली गरिदिन पटक–पटक पत्राचार गरेको तर उच्चमाविले कुनै हालतमा ठाउँ नछाड्ने अडान लिएर त्रिवि परिसरभित्रै थप नयाँ संरचना बनाइरहेको बताउनुभयो। अहिले उक्त स्कुलले भोगचलन गरिरहेको १२ …

विश्वविद्यालयको जमिनमा शैक्षिक माफियाको दादागिरी– ती को हुन् ?
0 comment
0 FacebookTwitterEmail

कसरी हुन्छ माफियाको प्रवेश: नमुनामा दुई बजेट

पाँचदलको गठबन्धनमा बनेको सरकारमा माओवादीको कोटाबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा माथि चालु वर्षको बजेटमा करका दर हेरफेर गर्दा व्यापक घोटाला गरेको आरोप लागेको छ । यस्तो काम बजेट आउने दिन राती मन्त्रीकक्षमा अनधिकृत व्यक्तिको उपस्थिति र उनकै सुझावमा हेरफेर गरिएको भन्ने विवरण आयो जो बजेट निर्माणका सन्दर्भमा चाहिँ नयाँ हो तर करका दर हेरफेरमा अर्थमन्त्री कुनै न कुनै व्यावसायिक समूहको लाभहानीको लोभमा पर्ने गरेको उदाहरण विगत देखिकै छन् ।
चालुवर्षको बजेटमा जस्तो आरोप लाग्यो मन्त्रीले त्यसको तर्कसंगत जवाफ दिन सकेनन् तर पनि संसद्‌मा माग भएको संसदीय छानबिन समिति गठन नभई बजेट पारित भयो …

देश माफियाको चंगुलमा, मुक्ति पाउन कठिन १
0 comment
0 FacebookTwitterEmail

मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर। तर कोरोना महामारीका बेलामा आफूलाई संकट आएपछि काठमाडौँ उपत्यकामा धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिए र बनाइदिए छाडा कुकुर।

कोभिड महामारी अगाडिको एक तथ्याङ्कका अनुसार काठमाडौँ उपत्यकाका सडकहरूमा एक लाखभन्दा बढी छाडा कुकुर भौतारिरहेका छन्। कोरोनाको समयमा रोग सङ्क्रमणको त्रास, कुकुरको उपचार र खानेकुराको अभाव, अकस्मात् शहर नै छाडेर बाहिरिनु पर्ने दबाब जस्ता अनेकन कारणले मानिसहरूले आफूले पालेका कुकुरलाई सडक छाडिदिए। यतिबेला कति कुकुर सडकमा भौँतारिएका छन् कसैलाई पनि थाहा छैन। तर कुकुरको व्यवस्थापन हरेक स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर …

मानिसको सबैभन्दा पुरानो साथीको दुर्दशा 
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved